संगालोखबर संवाददाता

काठमाडौं । गीतकार अम्बिका गुरुङद्वारा रचित ‘हा“स भने…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका जुना प्रसाईंको स्वरको उक्त गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत छ ।

Advertisement

गीतकार गुरुङका एकल शब्दहरुको एल्बम ‘भावसागर’ मा समावेश उक्त गीतको म्युजिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्ट एलएलसीले आफ्नो आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

आमा र छोराबीचका ममतामयी प्रेममा आधारित उक्त म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । भिडियोमा अभिनेत्री अनु शाहले आमाको भूमिका निर्वाह गरेकी छिन् ।

बाल कलाकार कुशाग्र भट्टराई तथा कलाकार भरतले उनका छोराको भूमिका निर्वाह गरेका छन् । गीतकार गुरुङले आफू र आफ्नो छोराका बाल्यकालको स्मरणमा यो गीत रचना गरेको उल्लेख गरेकी छिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement