दमौली । ‘मिस तनहुँ’ सिजन २ को अडिसन शनिबार दमौलीमा सम्पन्न भएको छ । डाफे मल्टिमिडियाको आयोजना रहेको मिस तनहुँमा भाग लिन जिल्लाका विभिन्न ठाँउबाट प्रतियोगीहरु आएका थिए ।

अडिसनबाट ८ प्रतियोगी अन्तिम चरणका लागि छनौटमा परेको डाफे मल्टिमिडियाकी सन्जु घलेले जानकारी दिइन् । विभिन्न चरण मार्फत अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागी हुन पाउनेछन् ।

Advertisement

जिल्लामा छरिएर रहेका युवतीहरुको आन्तरिक प्रतिभालाई उजागार गरि आत्मनिर्भर बनाउन ‘मिस तनहुँ’ सुरु भएको हो । १६ देखि ३० वर्ष उमेर समुहका अविवाहित युवतीले भाग लिन पाउने  प्रतियोगीतामा प्रतियोगी एक महिने बन्द प्रशिक्षणसहित फाइनलमा उत्रिने छन् ।

युवा पत्रकार पवन पौडेल, मिस कलेजकी विजेता केशिका श्रेष्ठ, इभेन्ट आयोजक तथा मोडेल सन्जु घलेले छनोट गरेका थिए ।

मिस तनहुँ २०१७ को बिजेताले यामाहाको स्कुटर, ताज, प्रमाणपत्र, मायाको चिनो, मोडलिङ कन्ट्याक र म्युजिक भिडियो अफर समेत जित्न सक्नेछिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!