एमालेका २० नेतालाई कारबाही गर्न सिफारिस
सल्यान। नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ ।
एमाले सल्यानले पूर्व जिविस सभापति तथा एमाले प्रदेश नं ६ का प्रदेश सदस्य उदयबहादुर बोहरा, शान्ता हमाल, सहरी विकास विभाग सदस्य इन्द्रकुमार शर्मा र विज्ञान प्रविधि विभाग सदस्य यौवनप्रकाश श्रेष्ठलाई साधारण सदस्यता नरहने गरी कारबाहीका लागि पार्टी केन्द्रीय कार्यालय र...
