हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

Advertisement

दुर्घटनामा सङ्खुवासभा–३ बसोबास गर्ने २३ वर्षीय केशवबहादुर राई र भारतीय नागरिक ३० वर्षीय मोहम्मद साहउद्दिन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई घटनास्थलबाट उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक वसन्तकुमार लामाले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका १४ मध्ये चार जनाको अवस्था गम्भीर भएको प्रहरीले बताएको छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ८३ नम्बरको टिपर र काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ५ ख ६१२३ नम्बरको बस आज बिहान एकापसमा ठोक्किएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!