बेसीसहर (लमजुङ) । जिल्लाको सदरमुकाम बँेसीसहर अव सिसी क्यामेराको निगरानीमा हुनेभएको छ । बजारको चोकचोकमा सिसी क्यामेरा जडान गरेपछि शान्ति सुरक्षामा सुधार आउने स्थानीयवासीले विश्वास गरेका छन् ।

Advertisement

लमजुङ उद्योग वाणिज्य सङ्घ बँेसीसहर इकाइको सक्रियतामा सीसी क्यामरा जडान गरिएको हो ।

जिल्ला न्यायाधीश अर्जुन अधिकारीले आज सिसी क्यामेराको उद्घाटन गर्नुभएको हो ।

बँेसीसहरको २३ वटा चोकमा जडान गरिएको सिसी क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालयबाट भएको छ । बजार क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन तथा अन्य अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सहयोग पुग्ने प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताउनुभयो ।

पाँचसय मिटर दुरीसम्मको क्रियाकलाप राम्रोसँग रेकर्ड गर्नसक्ने अत्याधुनिक क्यामेरा जडान गरिएको उद्योग वाणिज्य सङ्घ बेँसीसहर इकाइका अध्यक्ष कृष्णजङ गुरुङले बताउनुभयो ।

इकाइले प्रथम बँेसीसहर महोत्सव सञ्चालन गरी सिसी क्यामरा जडान खर्च सङ्कलन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!