दाङ । यस वर्ष जिल्ला कृषि विकास कार्यालयले पाँचवटा जातको धानको बीउ सिफारिस गरेको छ ।

Advertisement

कार्यालयका अनुसार राम, सावा सब १, सुख्खा ३, सुख्खा ५ र सुख्खा ६ जातका धानको बीउ सिफारिस गरेको हो । कार्यालयको मसिना तथा बास्नादार धान उत्पादन कार्यक्रमअन्तर्गत ती बीउ किसानलाई ७५ प्रतिशत अनुदानमा बिक्री गरिने माटो विज्ञ दिगम्बर यादवले जानकारी दिनुभयो ।

किसानलाई पाँचवटै जातका बीउ सेवा केन्द्रबाट वितरण गरिनेछ । यस वर्ष कार्यालयले २५ मेट्रिक टनसम्म धानको बीउ बिक्री गर्ने लक्ष्य राखेको छ । करिब ६६ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये जिल्लामा ३८ हजार हेक्टरमा धानखेती गरिँदै आएको यादवले बताउनुभयो ।

कार्यालयले हाइब्रिड जातको धानको बीउ प्रयोग नगर्न किसानलाई आग्रह गरेको छ । यसको प्रयोगले उत्पादन बढे पनि मानिसको स्वास्थ्यमा असर पने र जमिनको उर्वरा शक्तिमा समेत ह्रास आउने कार्यालयले जनाएको छ ।

हाइब्रिड जातको धानको बीउमा रासायनिक मलको प्रयोग उन्नत जातको धानको बीउको तुलनामा बढी प्रयोग गर्नुपर्ने हुँदा जमिनको उर्वरा शक्ति घट्दै जान्छ । उन्नत जातको धानखेती गर्दा प्रतिकट्ठा जमिनमा साढे छ किलो युरिया, तीन किलो डिएपी, डेढ किलो पोटास तथा आधा किलो जिङ्क मिलाएर छर्नुपर्ने यादव बताउनुहुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!