गुल्मी । दोस्रो चरणमा हुने स्थानीय तह चुनावको लागि गुल्मीको प्रतिष्ठित बोर्डिङ्गका प्रीन्सिपल गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका छन् ।

Advertisement

सदरमुकाम तम्घासमा रहेको अर्जुन बोडिङ्ग स्कुलका प्रीन्सिपल दानबहादुर केसी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका हुन् ।

एमाले गुल्मीको बिभिन्न मातहतका कमिटीहरुमा जिम्मेवारी पूर्वक काम गरेका केसीलाई एमालेले उम्मेदवार बनाएको हो ।

झण्डै ३४ वर्षसम्म प्रीन्सिपलका रुपमा काम गरेका केसीलाई एमालेले मदाने गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको हो । उनी नेकपा एमालेको बुद्धिजिवी परिषदका केन्द्रीय सदस्य हुन ।

अध्यक्षका उम्मेदवार बनेका उनले शिक्षा, स्वास्थ्य,सडक खानेपानीमा लगायतमा सबैको पहुंच पुर्‍याउने आफ्नो पहलकदमी रहने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!