Advertisement

काठमाडौ । कम्बोडियामा हुने संसदीय निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा नेपाली काँग्रेस नेत्री तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला कम्बोडिया प्रस्थान गर्नुभएको छ ।

कम्बोडियाको परराष्ट्र मन्त्रालयको निमन्त्रणामा यही जुन २ देखि ५ तारिखसम्म हुन लागेको संसदीय निर्वाचनमा भाग लिन उहाँ आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

नेत्री कोइराला एसियाली राजनीतिक दलहरुको सम्मेलन (आइक्याप)को सदस्यका रुपमा त्यसतर्फ जानुभएको हो ।

नेत्री कोइराला कम्बोडियामा रहँदा त्यहाँका प्रधानमन्त्री सम्देक तथा विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!