कैलाली । दोस्रोचरणको स्थानीय तह निर्वाचनको मिति पुनः सार्न सक्ने हल्लाले कैलालीका कतिपय ठाउँका स्थानीयमा चुनाव नै नहुने हो की भनेर शङ्का गर्न थालेका छन् ।

Advertisement

सरकारले दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको थियो । त्यसपछि गत सोमबार मात्रै सरकारले सो निर्वाचन असार ९ गते हुने मिति तोकिएको छ । अहिले आएर पुनः असार १४ गतेका लागि निर्वाचनको मिति सार्न सकिने हल्ला भएपछि निर्वाचन नै नहुने हो की भनेर यहाँका स्थानीयमा अन्यौलता छाएको हो ।

धनगढी उपमहानगरपालिका– २ का ७१ वर्षीय दलबहादुर साउदले पटक÷पटक स्थानीय तहको निर्वाचनको मिति सार्ने कार्यले निर्वाचन हुने कि नुहनेमा स्थानीयमा अन्यौलता छाएको बताउनुभयो ।

चुनाव प्रचारप्रसारका लागि जुटेका विभिन्न दलका नेता तथा कार्यकर्तामासमेत चुनाव कहिले हुने हो भने अन्यौलता देखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!