काठमाडौ। सार्वजनिक यातायातले सडकमा हिँड्ने यात्रुलाई ठक्कर दिँदा ब्याक गरेर मार्ने प्रवृत्तिलाई कानुन बनाई अन्त गरिनुपर्नेमा जोड दिइएको छ ।

Advertisement

सयपत्री नगर महिला विकास समितिले सहकारी विकास बोर्डका उपसचिव ऋषिराम पण्डितको १३ औँ पुण्य तिथिका अवसरमा आज टोखा नगरपालिकाको बानियाँटारमा आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चालकले सवारी ब्याक गरेर मार्ने प्रवृत्तिविरुद्ध कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सांसद रामचन्द्र पोखरेलले राष्ट्रका लागि योगदान गर्नसक्ने क्षमतावान प्रशासकको पासविक तरिकाले हत्या गरिएको धारणा राख्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, टोखा नगरपालिकाका नवनिर्वाचित प्रमुख प्रकाश अधिकारी, सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्मा, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष केशव पौडेल, स्व पण्डितका छिमेकी इन्जिनियर हरिदत्त पौडेलले सवारी ब्याक गरेर घाइते यात्रु मार्ने प्रवृत्तिको अन्त्यका लागि पहल गर्न माग गर्नुभयो ।

जेठ ६ गते बिहान बानियाँटारमा ट्रकले ठक्कर दिँदा पण्डितको घटनास्थलमा मृत्यु भएको थियो । स्व पण्डितकी आमा, श्रीमती र दुई छोरी हुनुहुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!