काठमाडौं । आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई सुरु भएको छ । तर, बहस नसकिएपछि हेर्दाहर्दैमा राखिएको छ ।

बिहीबार ७ जना न्यायाधीशको वृहत पूर्ण इजलासमा बहस शुरु भएकोमा हेर्दा हेर्दैको अवस्थामा राखिएको हो । नवराज सिलवालको मुद्धाको सुनुवाई अब असार १ गते हुनेछ ।

Advertisement

बिहीबार बरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए । वृहत पूर्ण इजलासमा न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी छन् ।

सरकारले प्रकाश अर्याललाई आईजीपी बनाएपछि डीआईजी सिलवाल अदालत गएका थिए । तर, अन्तरिम आदेश दिन मानेन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!