धनकुटाको चौबिसे गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले बिजयी

धनकुटाको चौबिसे गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले बिजयी

धनकुटा, १७ असार । धनकुटाको चौबिसे गाउँपालिकामा कांग्रेस र संघीय समाजवादी वीचको गठबन्धनलाई हराउँदै नेकपा एमाले बिजयी भएको छ । एमालेका खजिन्द्र राईले ३ हजार ७ सय ८२ मत प्राप्त गर्दै अध्यक्षमा बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस–संघीय गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार हर्क चेम्जोङ्गले ३ हजार २ सय ७९ मत प्राप्त गरेका छन । एमालेका राईले गठबन्धनका उम्मेदवार चेम्जोङ्गलाई  ५ सय ३ मत...
पाँचथरको कुम्मायक गाउँपालिकामा एमाले विजयी

पाँचथरको कुम्मायक गाउँपालिकामा एमाले विजयी

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका जयवहादुर चेम्जोङ ३२२६ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका बमप्रसाद लावतीले २००३ मत पाएका छन् । उपाध्यक्षमा एमालेकै सीता आचार्य ३२८५ मतका साथ बिजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी राप्रपाका हितवहादुर अगुवाले ११३९ मत प्राप्त गरेका छन् । यसअघि एमालले हिलिहाङ गाउँपालिका जितेको छ ।
‘हाउ फन्नी’ निर्देशक निलुको निधन

‘हाउ फन्नी’ निर्देशक निलुको निधन

चलचित्र ‘हाउ फन्नी’की निर्देशक निलु डोमाको निधन भएको छ । आज बिहान उनको काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो । काठमाण्डौको बालुवाटारमा रहेको आफ्नै निवासमा उनलाई हृदयघात भएको वुझिएको छ । हृदयघात भएपछि उनलाई टिचिङ अस्पताल लगिएको थियो । गतबर्ष चलचित्र ‘हाउ फन्नी’ निर्देशन गरेकी निलु नयाँ चलचित्रको तयारीमा थिइन् ।
आफैले बोकेको हतियारबाट निरीक्षकले गरे आत्महत्या

आफैले बोकेको हतियारबाट निरीक्षकले गरे आत्महत्या

लहान  । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफंैले बोकेको हतियारबाट आत्महत्या गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यिुटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोबद्र्धन खत्रीले गएराति आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेले जानकारी दिनुभयो । उदयुपुरको त्रियुगा नगर...
तेह्रथुमको मेन्छेयायेम गाउँपालिकामा एमाले विजयी

तेह्रथुमको मेन्छेयायेम गाउँपालिकामा एमाले विजयी

तेह्रथुम । तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा एमाले बिजयी भएको छ । अध्यक्षमा एमालेका यादववहादुर खापुङ १६८३ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउवहावदुर लिम्बुले १४९६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने कांग्रेसकी गीतादेवी तिम्सिना १४८६ मत प्राप्त गरि बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी एमालेकी दिलकुमारी शंकरले १४२० मत प्राप्त गरी ६६ मतको अन्तरमा पराज...
भोजपुर नगरपालिकामा काँग्रेस विजयी

भोजपुर नगरपालिकामा काँग्रेस विजयी

भोजपुर । भोजपुर नगरपालिकामा नेपाली काँग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी हुनुभएको छ । गए राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का गणेश श्रेष्ठले चार हजार ३४ मत ल्याउनुभएको छ । त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी हुनुभएको छ । चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी हुनुभ...
दार्चुलाको नौगाढ गाउँपालिकामा एमालेका प्रेमसिंह धामीको जित

दार्चुलाको नौगाढ गाउँपालिकामा एमालेका प्रेमसिंह धामीको जित

काठमाडौं । दार्चुलाको नौगाढ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । विहान १० बजे मतगणना सम्पन्न भएको नौगाढ गाउँपालिमामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह धामीले २२८९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगतसिँह ठगुन्नाले १८१६ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्ष पदमा पनि नेकपा एमालेका गौरी ठगुन्नाले २३०६ मत प्राप्त गदै विजयी भइन् । उनका प्रतिष्पर्धी ...
धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एमाले विजयी 

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एमाले विजयी 

धनकुटा, १७ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ । एमालेका शेर बहादुर लिम्बु ३ हजार ३ सय ४९ मतसहित गाउँपालिकाको अध्यक्षमा बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका बिष्णु बहादुर लिम्बुले १ हजार ५ सय ३१ मत प्राप्त गरेका छन । १ हजार ८ सय १८ मतले अध्यक्षमा एमालेका लिम्बु बिजयी भएका हुन । उपाध्यक्षमा ३ हजार २ सय ८९ मतसहित एमालेकी भीमकला श्रेष्ठ बिजयी ...
बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेस विजयी

बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेस विजयी

बाजुरा । बाजुराको त्रिबेणी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका रामसिंह रावलले ३३६५ मतका साथ मेयरमा विजयी भएका छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकै राधिका सुनार विजयी भएकी छन् । उनले ३३९२ मत ल्याइन । मेयर रावलका प्रतिद्वन्द्वी एमालेका जंग बुढाले २१९४ मत प्राप्त गरेका छन् भने उपमेयरका प्रतिस्पर्धी एमालेकी पार्वती विष्टले २१६४ मत प्राप्त गरिन् ।
सोलुखुम्बुको सोताङ र दूधकोशी गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बुको सोताङ र दूधकोशी गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ र दूधकोशी गाउँपालिकामा एमालेले बिजय हासिल गरेको छ । शनिवार विहान सार्वजनिक नतिजा अनुसार सोलुखुम्बुको सोताङ्ग गाउँपालिकामा एमालेका बीरबहादुर राई १ हजार ३ मतले विजयी भएका छन् । उपाध्यक्षमा पपिन एमालेकै लक्ष्मी बस्नेत १ हजार ६७३ मतले विजयी भएकी छिन् । पछिल्लो मतगणनामा पुरै उलि्टएको सोताङ्गको नतिजाअनुसार स्वतन्त्र तर्फका उम्मेद्धार दिपक खड्काले दोश्रो मत ८ सय ७१ ल्य...
विजय उत्सवमा सहभागी हुन केपी ओली गुल्मीको रेसुङ्गा आउने

विजय उत्सवमा सहभागी हुन केपी ओली गुल्मीको रेसुङ्गा आउने

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेता गुल्मी आउँने भएका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भए अनुसार अध्यक्ष ओली पहिलो बिजयी सभालाई सम्बोधन गर्न गुल्मी आउने भएका हुन् । ओलीसहित एमाले सचिव प्रदिप ज्ञवाली र एमाले सचिव एवम गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्ट शनिबार दिउँसो तम्घास आउने कार्य...
दोस्रो चरणमा पहिलो दलित प्रमुख, प्युठानको सरुमारानीमा एमालेका झगवहादुर

दोस्रो चरणमा पहिलो दलित प्रमुख, प्युठानको सरुमारानीमा एमालेका झगवहादुर

प्युठान । प्युठानको सरुमारानी गाउँपालिकामा एमालेले बिजय हासिल लगरेको छ । गाउँपालिकमा अध्यक्षमा एमालेका झगवहादुर विश्वकर्मा ३६७७ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका दोरवहादुर दर्लामीले २२४१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै मीना सोमई ३६८० मत प्राप्त गरि बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी तुलसा विष्टले १६११ मत प्राप्त गरेकी छन् ...
मोरङमा चट्याङ  एक महिलाको मृत्यु

मोरङमा चट्याङ एक महिलाको मृत्यु

मोरङ  । पथरीशनिश्चरे नगरपालिका–२ मा शुक्रबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी ३० वर्षीया अमृता बाँस्कोटा छिन् । आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।
डोटीका ९ स्थानीय तहका ५१ वडाको परिणाम सार्वजनिक

डोटीका ९ स्थानीय तहका ५१ वडाको परिणाम सार्वजनिक

डोटी । डोटी जिल्लाका ९ स्थानीय तहमा रहेका जम्मा ६५ वडाहरुमध्ये हालसम्म ५१ को परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले २५ वडामा बिजयी प्राप्त गरेर पहिलोस्थानमा रहेको छ । एमालेले २३ वडाहरुमा जितेको छ । माओवादी केन्द्रले ३ वडाहरु जित हात पारेको छ । कांग्रेसले के आई सिंहमा एकलौटी जित हात पारेको छ । ७ वडा रहेको यस गाउँपालिकामा सदस्यहरु सहित ७ वटै वडाहरु कांग्रेसको पोल्टामा...
धनकुटाको पाख्रीवास नगरमा एमालेको प्यानलनै विजयी

धनकुटाको पाख्रीवास नगरमा एमालेको प्यानलनै विजयी

धनकुटा, १७ असार । धनकुटाको पाख्रीवास नगरमा एमालेको प्यानलनै बिजयी भएको छ । एमालेको बिर्षबहादुर राई ४ हजार ४ सय ३९ मतसहित पाख्रीवासको मेयरमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसकी इन्दिरा थापाले १ हजार ६ सय २८ मत प्राप्त गरेकी छन । यता उप–मेयरमा एमालेकी देवकला तिम्सिनाले ४ हजार ४ सय २६ मत पाएकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी काग्रेसका ज्ञानबहादुर गुरुङ्गले १ हजार ८ सय ३३...
२०७४ असार १७ गते शनिबारको राशिफल

२०७४ असार १७ गते शनिबारको राशिफल

मेष– व्यर्थको खर्च हुनेछ खर्च घटाउने प्रयास गर्नु होला । स्वास्थ्यमा थप बाधा हुन सक्छ । वृष– कमाउने कुरामा दिन बलियो छ, साथीभाइसंग भेटघाट हुने दिन रहेको छ । मिथुन– अनौठो तरिकाले कमाइ हुनेछ । नयाँ रोजगारीको अवसर मिल्नेछ । मनमा खुशी बड्नेछ । कर्कट– बिहान काम बन्नेछ बेलुका सामान्य तनाब होला, यात्राको पनि योग रहेको छ । सिंह– स्वास्थ्यमा गडबडीकोे सम्भावना छ । बिनाकारण अनेक चुनौती सामना गर्न...
दार्चुलाको अपिहिमाल गाउँपालिकामा एमाले विजयी

दार्चुलाको अपिहिमाल गाउँपालिकामा एमाले विजयी

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार धर्मानन्द मन्यालले १ हजार २ सय ४९ ल्याउँदै जित हात पारेका हुन् । यस्तै, उपाध्यक्ष पदमा पनि एमालेकै उर्मिला बोहोरा १ हजार ३ सय ३६ मतसहित विजयी भइन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भगत ठेकरेले ९ सय ८८ मत ल्याएका छन् भने उपाध्यक्ष पदकी प्रत्यासी नेपाली कांग्...
बझाङको बित्थडचिर गाउँपालिकामा एमाले विजयी

बझाङको बित्थडचिर गाउँपालिकामा एमाले विजयी

बझाङ । बझाङको बित्थडचिर गाउँपालिकामा नेकपा एमालेले विजय हात पारेको छ । अध्यक्षमा एमालेका प्रेमबहादुर बोहोरा २ हजार ७ सय ११ मतका साथ विजयी भएका छन् । बोहोराका निकटतम प्रतिस्पर्धी कांग्रेसका धनबहादुर खड्काले २ हजार २ सय ५२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै जानकी बोहोरा २ हजार ८ सय २५ मत सहित विजयी भएकी छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी कमला जोशीले २ हजार ३ सय ३० मत प्राप्त गरेक...
उदयपुरको ताप्ली गाउँपालिकामा एमाले विजयी

उदयपुरको ताप्ली गाउँपालिकामा एमाले विजयी

उदयपुर। उदयपुरको ताप्लिपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका उद्धवसिंह थापा विजयी भएका छन् । प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारलाई २३ मतको झिनो अन्तरले पछि पार्दै थापा विजयी भएका हुन् । विजयी थापाले १ हजार २ सय ९१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार पदमबहादुर तामाङले १ हजार २ सय ६८ मत प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेकै कमलामा...
डोटीको केआई सिंह गाउँपालिका: कांग्रेसको प्यानलै विजयी

डोटीको केआई सिंह गाउँपालिका: कांग्रेसको प्यानलै विजयी

डोटी । डोटीको केआई सिंह गाउँपालिकामा नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको छ । ७ वडा रहेको यस गाउँपालिकामा ३७ पदका लागि भएको निर्वाचनमा सबै पदमा नेपाली कांग्रेस विजयी भएको हो । अध्यक्षमा नेपाली कांग्रेसका लोकेन्द्र शाहीले प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मत अन्तरले विजयी हासिल गरेका छन । शाहीले ३ हजार १ सय ८८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज जोशीले १ हजार ६ ...
धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा एमाले विजयी

धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा एमाले विजयी

धनकुटा, १६ असार । धनकुटाको खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मनोज राई विजयी भएका छन । उनले ४ हजार ५४ मत प्राप्त गरेका छन । यता निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका भरतसिंह राईले १ हजार ५ सय ७९ मत पाएका छन । एमालेका राई २ हजार ४ सय ७५ मतान्तरले बिजयी भएका हुन । उपाध्यक्षमा पनि एमालेकी रत्नश्वरी राई बिजयी भएकी छन । उनले ३ हजार ९ सय १६ मत पाएकी छन भने उनका निक...
नवलपरासीको सुस्ता गाउँपालिकामा एमाले विजयी

नवलपरासीको सुस्ता गाउँपालिकामा एमाले विजयी

 नवलपरासी । नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । सुस्ताको अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेले २ हजार ९ सय ६३ मत प्राप्त गरी जित हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हसबुद्धिन शेखले २ हजार ३ सय ५६ मत प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थरुनीले २ हजार ९ सय ४० मत प्राप्त गरी विजय हासिल गरेकी छन् । निकटतम प्रतिद्वन्द...
प्रधानमन्त्री देउवाको गृहजिल्लामा माओवादीको जित

प्रधानमन्त्री देउवाको गृहजिल्लामा माओवादीको जित

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा माओवादी केन्द्र विजयी भएको छ । डडेलधुराको अजयमेरु गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका युवा नेता उमेश भट्ट ‘विकास’ निर्वाचित भएका हुन् । यसअघि डडेलधुराको अमरगढी नगरपालिका प्रमुखमा एमालेका विपिन ओझा विजयी भएका थिए । डडेलधुराको आलिताल गाउँपालिकामा कांग्रेसका बिरबहादुर गुरुङ अध्यक्षमा र ज्वाला बोगटी उपाध्यक्षमा विजयी भएका छ...
दार्चुलाको लेकम गाउँपालिकामा एमाले विजयी

दार्चुलाको लेकम गाउँपालिकामा एमाले विजयी

 दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । अध्यक्षमा एमालेका परमानन्द जोशी २ हजार २ सय ३५ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तम नाथले २ हजार १ सय ३५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै माधवी जोशी २ हजार २ सय ३० मतका साथ विजयी भएकी छन् । उपाध्यक्षमा निकटतम प्रतिस्पर्धी कांग्रेसकी जानकी ओझाले २ हजा १ सय ५० मत ...
तमोरमा बगेर म्यादी प्रहरी बेपत्ता

तमोरमा बगेर म्यादी प्रहरी बेपत्ता

धनकुटा । धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोर नदीमा बगेर बेपत्ता भएका छन् । दिउँसोको गर्मी छल्न तमोर नदीमा नुहाउन गएका म्यादी प्रहरी सचिन लिम्बू बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । चौबीसे गाउँपालिकाको मौनाबुधक घर भएका लिम्बू खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकाको त्रिवेणी प्रहरी चौकी अन्तर्गतको मतदान स्थलको सुरक्षाको लागि खटिएका थिए । बेपत्ता लिम्बू...
बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेस विजयी

बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेस विजयी

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका जितेर कांग्रेसले दोस्रो चरणको चुनावमा नगरपालिकातर्फ विजयी सुरुवात गरेको छ । कांग्रेसका पदमबहादर बडुवाल २ हजार ९ सय ४० मत प्राप्त गरी मेयरमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी गगनबहादुर रावलले बडुवालभन्दा ३८ मत कम अर्थात् २ हजार ९ सय २ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि कांग्रेसकै कविता विष्ट २ हजार ९ सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्...
मदन भण्डारी जन्मिएको गाउँपालिकामा एमालेको जित

मदन भण्डारी जन्मिएको गाउँपालिकामा एमालेको जित

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका राजन थक्लुङ १ हजार ८ सय १५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि एमालेकै कैसिला थुक्लुङ निर्वाचित १ हजार ९ सय मत प्राप्त गरि बिजयी भएकी छन् । अध्यक्षमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर लिम्बुले १ हजार २ सय १९ मत प्राप्त गरे भने उपाध्यक्षमा कांग्रेसकी सुजता लिम्बु...
धनकुटामा नयाँ शक्तिले खोल्यो खाता, धनपा ३ बाट घिमिरे विजयी

धनकुटामा नयाँ शक्तिले खोल्यो खाता, धनपा ३ बाट घिमिरे विजयी

धनकुटा, १६ असार । धनकुटामा नयाँ शक्ति पार्टीले बिजयको खाता खोजेको छ । धनकुटा नगरपालिका–३ बाट नयाँ शक्तिका विकास घिमिरे बिजयी भएका छन । घिमिरेले २९६  मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मुकुन्द भण्डारीले २ सय ६५ मत पाएका छन । धनकुटा नगरपालिका वडा नम्बर २ बाट यसअघि एमालेले बिजय प्राप्त गरिसकेको छ । अन्य वडाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिए ।
लागुऔषधसहित तीनजना पक्राउ

लागुऔषधसहित तीनजना पक्राउ

काठमाडौँ  । उपत्यका भित्रिने प्रमुख नाका थानकोटबाट लागुऔषधसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा पर्सा जगरनाथपुर– ३ विजवनीयाका रामेश्वर साह, पर्सा सुवर्णपुर– ४ का रोज राना र सर्लाही हरिओन – ९ का प्रदीप यादव रहेका छन् । महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले लागुऔषध लिएर काठमाडौँ आउँदै गरेको अवस्थामा छुटाछुट्टै बसबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले साह र रानालाई वीरगन्...
छथर जोरपाटी १ मा एमाले प्यानल बिजयी, २ मा एक मतले माओवादीको जित

छथर जोरपाटी १ मा एमाले प्यानल बिजयी, २ मा एक मतले माओवादीको जित

धनकुटा, १६ असार ।  धनकुटाको छथर जोरपाटी गाउँपालिका १ मा एमालेको प्यानलनै बिजयी भएको छ । एमालेका पुखमान आलेले ४ सय ४४ मत ल्याउँदै बिजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका गोबिन्द लिम्बुले २ सय ५० मत प्राप्त गरेका छन । यता छथर जोरपाटी गाउँपालिका २ को वडाध्यक्षमा माओवादी केन्द्रका कृष्ण कुमार मगर बिजयी भएका छन । उनले ४ सय ९९ मत प्राप्त गरेका छन भने निकटतम प्रतिद्धन्द्धी एमालेका इन्द्र सा...
धनकुटा २ मा एमालेको प्यानलनै बिजयी

धनकुटा २ मा एमालेको प्यानलनै बिजयी

धनकुटा, १६ असार । धनकुटा नगरपालिका–२ को वडाध्यक्षमा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ । एमालेका चन्द्रलाल तामाङ्गले ८ सय १६ मत प्राप्त गर्दै बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका राज कुमार राईले ३ सय १० मत प्राप्त गरेका छन ।
error: Content is protected !!