सोलुखुम्बुमा आगलागीमा परेर एक जनाको मृत्यु

सोलुखुम्बुमा आगलागीमा परेर एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-२ थुम्लिङमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । बलबहादुर नेवारको गोठमा गएराति १२ बजे भएको आगलागीमा परेर दूधकोशी गाउँपालिका-१ का अन्दाजी ४० वर्षीय नवराज खालिङको मृत्यु भएको हो । बेवारिसे अवस्थामा बस्दै आएका उनको आगलागीमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । ‘उनैले चुरोट...
२०८१ पुष २५ गते बिहीबार/आजको राशिफल

२०८१ पुष २५ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ पुष २५ गते बिहीबार ई.सं.२०२५ जनवरी ०९ नेपाल सम्वत् ११४५ पोहेलाथ्व दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल दशमी, चन्द्रमा मेष  राशिमा, भरणी नक्षत्र, साध्य योग गर करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ०५ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरे...
कोशी प्रदेशका पहाडी जिल्लामा हिमपात, चिसोले जनजीवन प्रभावित

कोशी प्रदेशका पहाडी जिल्लामा हिमपात, चिसोले जनजीवन प्रभावित

विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लाहरुको उत्तरी भेगमा हिमपात भएको छ । संखुवासभा, ताप्लेजुङ र तेह्रथुमको उत्तरी भेगमा हिमपात भएपछि सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । संखुवासभाको चैनपुर नगरपालिका-१ गुफापोखरी आसपास क्षेत्रमा मङ्गलबार रातीदेखि हिमपात सुरु भएको हो । गुफापोखरीसँगै किमाथाङ्का, मकालु, मङ्गलबारे लगायत क्षेत्रमा हिमपात भएको छ । यता, ताप्लेजुङको पाथीभरा मन्दिरसहित आसपास क्षेत्रमा पनि...
सुनवर्षी बंगाली टोलका लक्ष्मी पासवान भन्छन् : बस्ने ठाउँ छैन, यो जाडोमा कहाँ जानु ? 

सुनवर्षी बंगाली टोलका लक्ष्मी पासवान भन्छन् : बस्ने ठाउँ छैन, यो जाडोमा कहाँ जानु ? 

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-५ टकुवा स्थित बंगाली टोलका लक्ष्मी पासवान पाँच दशकपछि कै धेरै पीडामा छन् । अन्य समयमा पनि पीडा नभएको हैन । दैनिक ज्याला मजदुरी गर्दै जिविकोपार्जन गर्नुपर्ने टड्कारो एकातिर छँदैछ । अर्कोतर्फ बस्दै आएको घर पनि अदालतको आदेशपछि भत्कियो । उनको घर ऐलानी जग्गामा थियो । बंगाली पासवान, लक्ष्मीका बुबा हुन् । उनकै नामबाट टोलको नाम समेत रह्यो । तर अहिले सोही टोलबाट उठिब...
बिस्कुटको प्याकेटमा लागूऔषध लुकाएर ल्याउँदै गर्दा दुई जना पक्राउ

बिस्कुटको प्याकेटमा लागूऔषध लुकाएर ल्याउँदै गर्दा दुई जना पक्राउ

झापा । बिस्कुटको प्याकेटभित्र लागूऔषध ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार राति आठ बजे मेची पुलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा काँकरभिट्टातर्फ आउँदै गरेका पाँचथर मिक्लाजुङ-४ रवि का ३१ वर्षीय दिलप्रसाद राई र मिक्लाजुङ-५ घर भइ दमक-२ बस्ने २९ वर्षीया स्मारिका नेम्बाङ पक्राउ परेका हुन् । उनीहरूले पतञ्जलि दूध लेखिएको ...
तेह्रथुमको उच्च क्षेत्रमा हिमपात

तेह्रथुमको उच्च क्षेत्रमा हिमपात

तेह्रथुम । तेह्रथुमको पर्यटकीय क्षेत्रहरू मंगलबारे, गुफा पोखरी लगायतका क्षेत्रमा हिमपात भएको छ । मंगलबार बेलुका हिमपात भएसँगै चिसो ह्वात्तै बढेको छ । गतवर्ष जस्तो बाक्लो हिउँ नपरे पनि चिसो बढेको स्थानीय इन्द्र पोखरेलले बताए । उनका अनुसार हिउँ पग्लिन थालेको छ । पाँचथरको फालेलुङ गाउँपालिकाको उच्च क्षेत्रमा पनि हिमपात भएको छ । हिमपात छिमेकी राष्ट्र भारतसँग जोडिएको सिमाना लगायतका क्षेत्रमा भएको हो ...
दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । लगातार दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार र मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । शुक्रबार एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आइत...
उदयपुरमा ट्रकले ठक्कर दिँदा साइकलयात्री गम्भीर घाइते

उदयपुरमा ट्रकले ठक्कर दिँदा साइकलयात्री गम्भीर घाइते

उदयपुर । उदयपुरमा ट्रकले ठक्कर दिँदा साइकलयात्री गम्भीर घाइते भएका छन् । त्रियुगा नगरपालिका-११ बीपी चोकमा प्र १-०२-००२ ख ०५८५ नम्बरको ट्रकले सोही स्थानका ५६ वर्षीय हर्कबहादुर बिकलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पतालमा सामान्य उपचार गराइ थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ । ट्रक चालक त्रियुगा-८ का ४२ वर्षीय राजदेव चौधरीलाई जिल...
२०८१ पुष २४ गते बुधबार/आजको राशिफल

२०८१ पुष २४ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ पुष २४ गते बुधबार ई.सं.२०२५ जनवरी ०८ नेपाल सम्वत् ११४५ पोहेलाथ्व नवमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल नवमी, चन्द्रमा मेष  राशिमा, अश्विनी नक्षत्र, सिद्ध योग कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ०५ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनस...
‘सडक निर्माण गुणस्तरहीन भएको विषयमा आवाज उठाउँदा थुनिनुपर्‍यो’

‘सडक निर्माण गुणस्तरहीन भएको विषयमा आवाज उठाउँदा थुनिनुपर्‍यो’

विराटनगर । मोरङको रङ्गेली नगरपालिका-६ पिपल चोकका गणेश सहनीले आफूमाथि अन्याय भएको बताएका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले  बाटो बनाएको विषयलाई लिएर आवाज उठाउँदा आफूमाथि अन्याय भएको बताएका हुन् । रंगेली-६ पिपल चोकदेखि गोढी टोल र साहु टोल हुँदै हुलाकी राजमार्गसम्मको बाटो बन्ने विषयमा आवाज उठाउँदा अन्याय भएको भन्दै उनले न्यायको माग गरेका छन् । नगरपालिकाका सिभिल इन्जिनियरले बाटोको विषय...
निर्माण व्यवसायी सङ्गठन कोशीको अध्यक्षमा छिरिङ

निर्माण व्यवसायी सङ्गठन कोशीको अध्यक्षमा छिरिङ

धनकुटा । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन कोशी प्रदेशको अध्यक्षमा छिरिङ लामा चयन भएका छन् । सोमबार भएको सङ्गठनको प्रथम अधिवेशनले लामालाई अध्यक्षमा चयन गरेको हो । लामाको नेतृत्वमा ३० सदस्यीय कार्यसमितिमा चयन भएको छ । सङ्गठनको उपाध्यक्षमा  सिताराम तामाङ, रविन तामाङ, मनोज राई र उमेशचन्द्र राई चयन भएका छन् । त्यसैगरी महासचिवमा सन्जोग राई र कोषाध्यक्षमा विन्देश चौधरी चयन भएका छन् । नवनिर्वाच...
विराटनगरमा माघ ११ बाट विराट एक्स्पो

विराटनगरमा माघ ११ बाट विराट एक्स्पो

विराटनगर । विराटनगरमा माघ ११ गतेबाट विराट एक्स्पो सुरु हुने भएको छ । आयोजक उद्योग सङ्गठन मोरङले सोमबार पत्रकार सम्मेलन गरेर एक्स्पोको तयारी भइरहेको जानकारी दिएको हो । विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा हुने एक्स्पो १० दिन अर्थात माघ २० गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा औद्योगिक तथा कृषि उत्पादन, अटोमोबाइल्स, सूचना तथा डिजिटल प्रविधि लगायतका २६८ स्टल रहने एक्स्पो व्यवस्थापन समिति संयोजक भोलेश...
मोरङको सीडीओ भट्टराईको सरुवा, इन्द्रदेव यादव आउने

मोरङको सीडीओ भट्टराईको सरुवा, इन्द्रदेव यादव आउने

विराटनगर । मोरङको सीडीओ प्रेम प्रसाद भट्टराईको सरुवा भएको छ । उनलाई गृह मन्त्रालय तानिएको छ । गृह मन्त्रालयले मोरङको सीडीओमा इन्द्रदेव यादवलाई पठाउने भएको छ । यसैगरी सुनसरीका सीडीओ रामचन्द्र तिवारीको गृह मन्त्रालय सरुवा भएको छ । झापाका सीडीओ बन्धुप्रसाद बास्तोलाको गृह मन्त्रालय र सर्लाहीका भिडिओ गोपालकुमार अधिकारीको झापा सरुवा भएको छ । काठमाडौंका सीडीओ जयनारायण आचार्यको गृह मन्त्रालयमा र कैलाल...
भेडेटारबाट १६ किलो गाँजासहित पति-पत्नी पक्राउ

भेडेटारबाट १६ किलो गाँजासहित पति-पत्नी पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट १६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो । सहिदभूमि गाउँपालिका-७ घर भएका ३९ वर्षीय निकेन्द्र राई र उनकी पत्नी ३० वर्षीया निशा राईलाई गाँजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । को ३३ प ९३०७ नम्बरको म...
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प जाँदा नेपालमा ठूलो धक्का महसुस

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प जाँदा नेपालमा ठूलो धक्का महसुस

विराटनगर । नेपाल-चीन सीमा क्षेत्रस्थित तिब्बतको दिंगे कान्टीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको ठूलो धक्का नेपालमा महसुस भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५०  मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । पूर्वी नेपालमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । चीनसँग सीमा जोडिएको पूर्वी नेपालको उत्तरी क्षेत्र सोलुखुम्बु,  संखु...
काठमाडौंमा भूकम्पले हल्लाएपछि घरबाहिर निस्किए सर्वसाधारण

काठमाडौंमा भूकम्पले हल्लाएपछि घरबाहिर निस्किए सर्वसाधारण

काठमाडौँ । भूकम्पको धक्का महसुस भएपछि काठमाडौंमा सर्वसाधारण घरबाहिर निस्किएका छन् । आज बिहान करिब ६ः५१ बजे भूकम्पको धक्का महसुस भएको हो । पूर्वी नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दु र म्याग्निच्युड पत्ता लाग्न बाँकी छ । पूर्वी नेपालमा भूकम्पको धक्का तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प जाँदा नेपालमा ठूलो धक्का महसुस
पूर्वी नेपालमा भूकम्पको धक्का

पूर्वी नेपालमा भूकम्पको धक्का

विराटनगर । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । मोरङ, सुनसरी, धनकुटा लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले हल्लाएपछि कतिपय मानिसहरू घरबाहिर निस्किएका छन् । भूकम्पको केन्द्रबिन्दु र म्याग्निच्युड पत्ता लाग्न बाँकी छ । तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प जाँदा नेपालमा ठूलो धक्का महसुस
२०८१ पुष २३ गते मंगलबार/आजको राशिफल

२०८१ पुष २३ गते मंगलबार/आजको राशिफल

बि.सं.२०८१ पुष २३ गते मंगलबार ई.सं.२०२५ जनवरी ०७ नेपाल सम्वत् ११४५ पोहेलाथ्व अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल अष्टमी, चन्द्रमा मीन  राशिमा, रेवती नक्षत्र, शिव योग बव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ०५ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण  खाएर जुनसुकै दिशाको...
पैसा दोब्बर बनाइदिने बहानामा ठगी गरेपछि…

पैसा दोब्बर बनाइदिने बहानामा ठगी गरेपछि…

सप्तरी । पैसा दोब्बर बनाइदिने भन्दै ठगी गरिरहेको आरोपमा पक्राउ परेका एक जनालाई सप्तरी प्रहरीले आज सार्वजनिक गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ का ४४ वर्षीय हनुमानी भन्ने रामबहादुर रजकलाई प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । रजक माथि ठगी  तथा आपराधिक विश्वासघात कसुरमा मुद्दा चलाइएको सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका सम्बन्धमा थ...
विराटनगरबाट औषधीसहित दुई जना पक्राउ 

विराटनगरबाट औषधीसहित दुई जना पक्राउ 

विराटनगर । विराटनगर-१० संसारी माइस्थानबाट औषधीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जोगबनीबाट आएको बीआर ३८ ए एल ४६३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा बिल बिनाको औषधी फेला पारेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । विराटनगर-१४ का किसन चौधरी र भारतको अररिया जिल्लाका २२ वर्षीय प्रविन कुमार सहानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दि...
पाँच महिनामा सर्पको टोकाइबाट ७० जनाको मृत्यु

पाँच महिनामा सर्पको टोकाइबाट ७० जनाको मृत्यु

विराटनगर । पछिल्लो पाँच महिनामा जङ्गली जीवजन्तुको आक्रमणमा परेर ८३ जनाले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म देशैभर बाघ, हात्ती, गैँडा र सर्पको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका हुन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी सर्पको आक्रमणबाट ७० जनाले ज्यान गुमाएका छन् । यस्तै हात्तीको आक्रमणबाट ६ जनाले ज्यान गुमाउँदा गैँडाको आक्रमणबाट चार र बाघको आक्रमणबाट...
धनकुटाका उद्यमीको गुनासो : उत्पादनले उचित मूल्य र बजार पाउन सकेन

धनकुटाका उद्यमीको गुनासो : उत्पादनले उचित मूल्य र बजार पाउन सकेन

धनकुटा । धनकुटाका उद्यमीहरूले उत्पादन गरेका घरेलु वस्तुको उचित मूल्य र बजार नपाएको गुनासो गरेका छन् । आज घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले गरेको औद्योगिक लगानी र रोजगारी सिर्जना विषयक अन्तरक्रिया कार्यक्रममा उद्यमीहरूले यस्तो गुनासो गरेका हुन् । धनकुटा-७ का व्यवसायी सुनिलकुमार डङ्गोलले फर्निचर बनाउन राम्रो काठको अभाव रहेको बताए । उनले राम्रो काठको अभावमा राम्रो फर्निचर बेच्न नपाएको गुनासो...
वडाको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा 

वडाको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा 

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-२ स्थित बालपञ्च माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो । बालविकास देखी कक्षा ९ सम्मका विद्यार्थीहरूलाई ट्रयाक सुट वितरण गरिएको वडाध्यक्ष चुडामणि पुलामीले बताए । चिसो मौसममा पनि पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले एक सय ५० जना विद्यार्थीहरूलाई न...
विराटनगरको आन्तरिक आम्दानी २१ प्रतिशत मात्र

विराटनगरको आन्तरिक आम्दानी २१ प्रतिशत मात्र

विराटनगर । विराटनगर महानगरपालिकाको आन्तरिक आम्दानी लक्ष्यभन्दा कम सङ्कलन भएको छ । नगरसभाको पन्ध्रौँ अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको गरेको विवरण अनुसार चालू आर्थिक वर्षको पुस १५ गतेसम्ममा २३ करोड ३५ लाख ७९ हजार मात्रै आन्तरिक आम्दानी भएको हो । एक अर्ब १० करोड ७९ लाख १० हजार आन्तरिक आय अनुमान गरिएकोमा हालसम्म २१ दशमलव ०८ प्रतिशत मात्रै आम्दानी भएको छ । महानगरले चालु आर्थिक ...
धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध खैरो हेरोइनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट बसन्तपुरतर्फ जाँदै गरेको को २६ प ९२९० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । मोटरसाइकल चालक तेह्रथुमको लालिगुराँस नगरपालिका-२ बसन्तपुरका ३२ वर्षीय विकास श्रेष्ठ र मोटरसाइकल पछाडि सवार मेन्छयायेम गाउँपालिका-६ थाम्ब्रेनका २६ वर...
२०८१ पुष २२ गते सोमबार/आजको राशिफल

२०८१ पुष २२ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ पुष २२ गते सोमबार ई.सं.२०२५ जनवरी ०६ नेपाल सम्वत् ११४५ पोहेलाथ्व सप्तमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल सप्तमी, चन्द्रमा मीन  राशिमा, उत्तरभाद्र नक्षत्र, परिधि योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ०५ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हे...
नेपालमा खोरेत रोगबाट वार्षिक ६ अर्बको क्षति

नेपालमा खोरेत रोगबाट वार्षिक ६ अर्बको क्षति

धनकुटा । नेपालमा खोरेत रोगबाट वार्षिक ६ अर्ब बढीको क्षति हुने गरेको पाइएको छ । आज भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले आयोजना गरेको जिल्लास्तरीय खोरेत रोग नियन्त्रण रणनीति कार्यान्वयन सम्बन्धी सरोकारवालाहरूसँगको छलफलमा सो कुरा बताइएको हो । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत गङ्गाराम यादवले नेपालमा खोरेत रोगबाट वार्षिक ६ दशमलब ४४ अर्ब क्षति ...
आयातित पेय पदार्थलाई बिस्थापित गर्दै स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउने गाउँ

आयातित पेय पदार्थलाई बिस्थापित गर्दै स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउने गाउँ

विराटनगर । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका स्थानीयले आयातित पेय पदार्थ प्रयोगमा रोक लगाएका छन् । गाउँघरमा हुने धार्मिक तथा सामाजिक कार्यक्रम तथा अन्य समयमा पनि आयातित पेय पदार्थमा रोक लगाएका हुन् । वडाका चार वटा टोलमा अभियानले तीव्रता पाएको वडाध्यक्ष दिनेश कुमार राईले बताए । ‘सूर्योदय टोल विकास संस्थाले झण्डै दुई वर्ष अगाडि यो कार्यको  सुरुवात गरेको थियो’, वडाध्यक्ष राईले ...
केबलकार खारेजीको मागसहित मुक्कुम्लुङ संरक्षणकर्मीको आन्दोलन

केबलकार खारेजीको मागसहित मुक्कुम्लुङ संरक्षणकर्मीको आन्दोलन

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केबलकार खारेजीको माग गर्दै मुक्कुम्लुङ संरक्षणकर्ताहरूले आन्दोलन चर्काएका छन् । केबलकार खारेज हुनुपर्ने, तीनजना मुक्कुम्लुङ संरक्षणकर्मीहरूलाई रिहा गर्नुपर्ने, नाम्जाङ्गे (तल्लो फेदी) बाट सशस्त्र र जनपद प्रहरी फिर्ता हुनुपर्ने मागसहित विभिन्न संघ-संगठनहरूले आन्दोलन चर्काएका हुन् । नाम्जाङ्गेमा पक्राउ परेका जनम लिम्बू, सुशील लिम्बू र सन्जोग लिम्बूलाई रिहा तत्काल...
पाँचथरमा एक पुरुष मृत फेला

पाँचथरमा एक पुरुष मृत फेला

पाँचथर । पाँचथर सदरमुकाम फिदिममा एक पुरुष मृत फेला परेका छन् । फिदिम नगरपालिका-८ रानिटारका ६८ वर्षीय लक्षुमण मुखिया आज फिदिम स्थित बुद्धमार्गमा मृत भेटिएका हुन् । प्रहरीका अनुसार उनी फिदिम-१ बुद्धमार्गमा बस्दै आएको खुलेको छ । आज बिहान उनी घर अगाडिको सडकमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक बिनालाल साहले जानकारी दिए । उनको शव जिल्ला अस्पताल पाँचथरको शवगृहम...
उत्कृष्ट अङ्क ल्याउने पाँच विद्यार्थी सम्मानित 

उत्कृष्ट अङ्क ल्याउने पाँच विद्यार्थी सम्मानित 

रंगेली । मोरङको रंगेली नगरपालिका-७ स्थित सद्भाव बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । १५ औं वार्षिकोत्सवको अवसरमा रंगेलीका सामुदायिक तथा निजी विद्यालयबाट २०८० को एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई संस्थाले सम्मान गरेको हो । त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडामा अध्ययनरत समीक्षा खवास, महालक्ष्मी माध्यमिक विद्यालयका अक्षय उराउ, प्रगतिशील माध्यमि...
error: Content is protected !!