धनकुटा नगरपालिकाले उठिवास हुन लागेका आठपहरियाहरूको ऋण तिरिदिने
धनकुटा । धनकुटा नगर क्षेत्रका अल्पसङ्ख्यक आठपहरियाहरूको ऋण धनकुटा नगरपालिकाले तिरिदिने भएको छ । ऋण तिर्न नसकेर उठिवास हुन लागेका उनीहरूको ऋण नगरपालिकाले तिरिदिन लागेको हो ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले समस्यामा परेका दुई सय ९८ परिवारको ऋण नगरपालिकाले तिर्ने जानकारी दिएका छन् ।
धनकुटामा आयोजित एकल जातीहरूको सांस्कृतिक पहिचान सम्बन्धी कार्यक्रममा बोल्दै मेयर तामाङले चालु आर्थिक वर्षमा ...






























