विराटनगरबाट १८ किलो गाँजासहित एक जना पक्राउ
विराटनगर । विराटनगर-५ स्थित रिङ रोडबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिका-३ का २२ वर्षीय मुकेशकुमार चौधरी छन् ।
विशेष सूचनाका आधारमा दुहबीबाट खटिएको प्रहरी टोलीलाई बुधबार राति ११ बजे पक्राउ गरेको हो । प्रहरीलाई देख्नेबित्तिकै उनले झोला फ्याँकेर भागेका थिए । झोलाभित्र १८ किलो पाँच सय ८० ग्राम गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडा...





























