मोरङको सुनवर्षीमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मोरङको सुनवर्षीमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-३ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भूपेन्द्र कटुवालको मृत्यु भएको हो । उनी राष्ट्रिय युवा संघ नेपाल सुनवर्षी नगर कमिटीका सचिव रहेको जनाइएको छ । सुनवर्षीबाट खैरबारीतर्फ जाँदै गरेको प्र १-०२-००३ त ०७५२ नम्बरको ट्याक्टरले प्र १-०४-००१ प ४०११ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भए...
२८ किलो गाँजासहित धनकुटाका भुपाल पक्राउ

२८ किलो गाँजासहित धनकुटाका भुपाल पक्राउ

विराटनगर । धनकुटाको सँगुरीगढी गाउँपालिका-९ का ३४ वर्षीय भूपाल राई २८ किलो गाँजासहित पक्राउ परेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धरान-११ बाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी हाल धरानमा बस्दै आएका थिए । यस्तै विराटनगर-१५ बाट मोरङको बेलबारी नगरपालिका-४ का २१ वर्षीय एन्जल गुरुङ र १९ वर्षीय साहिल राईलाई ७ सय ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । य...
धनकुटाको महालक्ष्मीले दोस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

धनकुटाको महालक्ष्मीले दोस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा भएको १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महालक्ष्मी नगरपालिका प्रथम भएको छ । पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा सबैभन्दा बढी खेलमा विजयी भई महालक्ष्मी प्रथम भएको हो । १४ औं संस्करणमा पनि सर्वाधिक पदक जित्दै महालक्ष्मी प्रथम भएको थियो । महालक्ष्मीले सर्वाधिक ३१ स्वर्ण, २५ रजत र ८ कांस्य गरी जम्मा ६...
चुनकुमारी हत्या प्रकरण : सोधपुछका लागि केही मान्छे नियन्त्रणमा

चुनकुमारी हत्या प्रकरण : सोधपुछका लागि केही मान्छे नियन्त्रणमा

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या सामुदायिक वनमा मृत फेला परेकी महिलाको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले केही मान्छेलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चैत २५ गते जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी धनकुटाको महालक्ष्मी नगरपालिका-२ की ३३ वर्षीया चुनकुमारी बुढाथोकीको बिहीबार पहिचान खुलेको थियो ।  ‘अनुसन्धान जारी...
दुर्गा प्रसाईंलाई लगियो काठमाडौं

दुर्गा प्रसाईंलाई लगियो काठमाडौं

विराटनगर । दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं लगिएको छ । प्रहरीका अनुसार उनलाई बुद्ध एअरको विमानमार्फत काठमाडौं पठाइएको हो । प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । उनी भारतको आसाम राज्यमा बिहीबार फेला परेका थिए । प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैँले आत्मसमर्पण गरेको दाबी गरेको थियो । प्रसाईं चैत १५ गते...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?

विराटनगर । सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन प्रतितोला तीन हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला पाँच हजार सात सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँम...
नेकपा एस कोशीको अध्यक्षमा खड्का चयन

नेकपा एस कोशीको अध्यक्षमा खड्का चयन

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का चयन भएकी छन् । बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरूले बिहीबार खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् । प्रदेश कमिटीको सचिवमा खोटाङका जलेश्‍वर राई चयन भए भने उपसचिवमा भवानी शङ्कर चयन भएका छन् । प्रदेश कमिटीको उपाध्यक्ष र महिला उपसचिव चयन गर्न बाँकी छ । प्रदेश कमिटीको पहिलो बैठकले रिक्त पद मनोनयन गर्न...
२०८१ चैत्र २९ गते शुक्रबार/आजको राशिफल

२०८१ चैत्र २९ गते शुक्रबार/आजको राशिफल

बि.सं २०८१ चैत्र २९ गते शुक्रबार ई.सं २०२५ अप्रिल ११ नेपाल सम्वत् ११४५ चिल्लाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल चतुर्दशी, चन्द्रमा कन्या राशिमा, उत्तराफाल्गुनी नक्षत्र, ध्रुव योग, गर करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ४३ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर २६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर ...
मिर्चैया-कटारी-घुर्मी सडकमा निर्माणाधीन पक्की पुल भाँचियो

मिर्चैया-कटारी-घुर्मी सडकमा निर्माणाधीन पक्की पुल भाँचियो

विराटनगर । उदयपुरको कटारी नगरपालिका-२ स्थित सिमानपुर र कल्याणपुर जोड्ने ५० मिटर लामो पक्की पुलको बिच भाग भाँचिएको छ । बुधबार रातीको वर्षापछिको बाढीले मिर्चैया-कटारी-घुर्मी सडक योजना अन्तरगत निर्माणाधीन अवस्थाको पक्की पुल भाँचिएको हो । बेमौसमी वर्षा पछिको बाढीले अमाह खोलामा लगाइएको उक्त पुलमा क्षति पुगेको जनाइएको छ । बाढीका कारण पुलमुनि लगाइएको ह्‍युमपाइप थुनिएर ५० मिटर लामो पक्की पुलमा क्षति पु...
इटहरीबाट हराएका १४ वर्षीय बालक अझै भेटिएनन् 

इटहरीबाट हराएका १४ वर्षीय बालक अझै भेटिएनन् 

विराटनगर । सुनसरीको इटहरी-५ बालग्रामबाट १४ वर्षीय बालक बिपन खड्का बेपत्ता भएका छन् । इटहरीको बुल्म नेपाल बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत बालक चैत २२ गते घरबाट बेपत्ता भएका हुन् । बालककी आमा शर्मिला खड्काका अनुसार उक्त दिन बिपनको कक्षा ७ को अन्तिम परीक्षा थियो । ‘छोरालाई खाना खुवाएर म पनि काममा निक्लिए । उ पनि परीक्षा दिन जान तयारी गर्दै थियो’, उनले भनिन्, ‘काममा नै थिए । साढे ११ बजेतिर स्कु...
विराटनगरका युवराज ढकाल काठमाडौंमा मृत फेला

विराटनगरका युवराज ढकाल काठमाडौंमा मृत फेला

विराटनगर । विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल काठमाडौंमा मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–३१ शंखमूलमा ढकाल मृत फेला परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरामा मृत फेला परेका हुन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा र मोरङमा चट्याङले लागेर दुई जनाको मृत्यु  

झापा र मोरङमा चट्याङले लागेर दुई जनाको मृत्यु  

विराटनगर । कोशीका दुई जिल्लामा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । बुधबार झापा र मोरङका दुई स्थानमा चट्याङले लागेर उनीहरूको मृत्यु भएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ घर भइ झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ वर्षीया दुध कुमार लावतीको भान्सा कोठा छेउमा झरेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बुधबार दिउँसो साढे १२ बजे बर्षासँगै परेको चट्याङल...
धरानको जङ्गलमा मृत भेटिएकी महिला धनकुटाकी भएको पुष्टि

धरानको जङ्गलमा मृत भेटिएकी महिला धनकुटाकी भएको पुष्टि

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-६ पाँचकन्या सामुदायिक वनमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । चैत २५ गते दिउँसो १२ः३० बजे मृत फेला परेकी उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी प्रहरीका एसपी सुमन कुमार तिम्सिनाका अनुसार मृत फेला परेकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका-२ की ३३ वर्षीय चुनकुमारी बुढाथोकी हुन् । यद्यपी नागरिकताबाट नाम पहिचान गर्न बाँकी र...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, एकैदिन पाँच हजार सात सय बढ्यो

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, एकैदिन पाँच हजार सात सय बढ्यो

विराटनगर । सुनको मूल्यमा आज ऐतिहासिक नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन प्रतितोला पाँच हजार सात सय रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । आज सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत चैत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थ...
इलाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

इलाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । इलाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १०ः५० बजे मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-७ जिरोमा को १ त ७३४१ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक इलामकै अन्दाजी ४५ वर्षीय सुवास तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । धोवीधाराबाट जिरोतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनलाई उपचारका ...
घरमै लडेर घाइते भएकी महिलाको मृत्यु

घरमै लडेर घाइते भएकी महिलाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-७ पाखा टोलकी एक महिलाको लडेर मृत्यु भएको छ । गत चैत २२ गते आफ्नै घरको पेटीबाट चिप्लिएर लडेकी ५० वर्षीया कल्पना राईको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो । प्रहरीका अनुसार घरको पेटीबाट लडेर करिब ५० मिटर तल खसेकी उनको टाउको, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ध...
२०८१ चैत्र २८ गते बिहिबार/आजको राशिफल

२०८१ चैत्र २८ गते बिहिबार/आजको राशिफल

बि.सं २०८१ चैत्र २८ गते बिहिबार ई.सं २०२५ अप्रिल १० नेपाल सम्बत ११४५ चिल्लाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल त्रयोदशी, चन्द्रमा सिंह राशिमा, पूर्वफल्गुनी नक्षत्र, वृद्धि योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ४४ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर २५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस...
राजारानीमा सुरु भयो १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

राजारानीमा सुरु भयो १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा आजबाट १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । चौबिसे गाउँपालिकाको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समितिले स्थानीय पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना गरेको हो । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बेलुन उडाएर प्रतियोगिता उद्‌घाटन गरेका छन् । प्रतियोगिता उद्‌घाटन गर्दै स...
‘विराटनगरबाट मोटरसाइकल चोरी, भारतमा पुर्‍याएर सस्तोमा बिक्री’

‘विराटनगरबाट मोटरसाइकल चोरी, भारतमा पुर्‍याएर सस्तोमा बिक्री’

विराटनगर । चैत महिनामा मात्रै विराटनगरबाट ११ वटा मोटरसाइकल चोरी भएका छन् । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर-१७ का १७ वर्षीय सोयल आलम र सोही स्थानका २४ वर्षीय मो. नौसाद अन्सारी रहेका छन् । उनीहरूलाई आज जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसा...
कोशी प्रदेश पर्यटन वर्षको शुभारम्भ

कोशी प्रदेश पर्यटन वर्षको शुभारम्भ

विराटनगर । कोशी प्रदेश पर्यटन वर्ष २०८२ को शुभारम्भ गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमा सिंहले आज तेह्रथुमको लालिगुराँस नगरपालिका स्थित आरआर गार्डेनबाट पर्यटन वर्षको शुभारम्भ गरेका हुन् । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्द्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो । मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्य...
जनतामा निराशा छर्न अफवाह फैलाउने काम हुँदैछ : नेता राजेन्द्र राई

जनतामा निराशा छर्न अफवाह फैलाउने काम हुँदैछ : नेता राजेन्द्र राई

धनकुटा । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईले अहिले अफवाह फैलाएर जनतामा निराशा पैदा गर्ने काम भइरहेको बताएका छन् । नेकपा एमाले महालक्ष्मी नगरपालिका धनकुटाकाे दाेस्राे नगर अधिवेशनलाई संवाेधन गर्दै पूर्वमन्त्री राईले वास्तविकता लुकाएर गलत अफवाह फैलाउने कामले समस्या सृजना गरिरहेकाे बताएका हुन् । देशमा विकासले गति लिँदै गइरहेको उदाहरण दिदैँ नेता राईले भ्रम फैलाउनेहरुसँग...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । उनीहरूलाई मंगलबार झापा, मोरङ र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका-६ बाट भारत वेस्ट बंगाल दार्जिलिङका ४१ वर्षीय राजेन बर्मन १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।  अर्जुनधारा-४ का २८ वर्षीय भुवन न्यौपानेलाई घरबाटै १ ग्राम ९ सय ४० मिलिग्राम ब्राउन सुगरसहित प्...
सुनको मूल्य तोलामा दुई हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा दुई हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला चार सय रुपैयाँले घटेको सुनको मूल्य आज दुई हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ७३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबार स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला पाँच रुपै...
आजबाट कोशी पर्यटन वर्षको शुभारम्भ गरिँदै

आजबाट कोशी पर्यटन वर्षको शुभारम्भ गरिँदै

विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को शुभारम्भ आजबाट गर्दैछ ।  कोशी प्रदेशको पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजलेबाट पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो । मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष...
२०८१ चैत्र २७ गते बुधबार/आजको राशिफल

२०८१ चैत्र २७ गते बुधबार/आजको राशिफल

बि.सं २०८१ चैत्र २७ गते बुधबार ई.सं २०२५ अप्रिल ९ नेपाल सम्वत् ११४५ चिल्लाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल द्वादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, गण्ड योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ४५ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर २५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल व...
धनकुटाको सुरुङ्गीबाट धरानसम्म नियमित बस सेवा सुरु

धनकुटाको सुरुङ्गीबाट धरानसम्म नियमित बस सेवा सुरु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ सुरुङ्गीमा नियमित बस सेवा सुरु भएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले बस सेवाको उद्‌घाटन गरेका हुन् । धरानबाट नियमित कुरुले, मानेडाँडा हुँदै बस सुरुङ्गी पुग्नेछ भने सुरुङ्गीबाट धरान जानेछ । ‘यसअघि परीक्षणको रूपमा बस सञ्चालन भएको भएपनि औपचारिक रूपमा सञ्चालनमा आएको थिएन’, वडा नम्बर ४ का वडाध्यक्ष लोकेन्द्र थापा मगरले...
भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ

भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ परेका छन् । प्रहरीले आज बिहान चेकजाँचको क्रममा उनीहरूलाई फरक-फरक सवारीसाधनबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-७ की ४९ वर्षीया सीता कार्की र ४२ वर्षीया इन्दिरा राई रहेका छन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार कार्कीलाई बिहान करिब १०ः५० बजे अखुवाबाट धरानतर्फ जाँ...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । उनीहरूलाई सोमबार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको गौरादह नगरपालिका-४ का २३ वर्षीय उमेश गिरीलाई उनकै घरबाट दुई ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीसँगै ब्राउन सुगर बेच्ने गौरादह-२ का २४ वर्षीय मनोज भारतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । ला...
मुढेबासको मगर संग्रहालय ओझेलमा

मुढेबासको मगर संग्रहालय ओझेलमा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२, मुढेबासस्थित डाँडागाउँमा रहेको मगर जातिको परम्परा, संस्कृति र इतिहास समेटिएको संग्रहालय प्रचार र पूर्वाधारको अभावले ओझेलमा परेको छ । करिब एक सयभन्दा बढी पुराना र लोपोन्मुख सामग्रीहरू सङ्कलन गरिए पनि यहाँको मौलिक धरोहर हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या न्यून छ । चार वर्षअघि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ बजेटमा सुरु...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला चार सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला एक लाख ७३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ७३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । महासङ्घका अनुसार आज चाँदी एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प...
धरानको जंगलमा महिलाको शव फेला

धरानको जंगलमा महिलाको शव फेला

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-६ पाँचकन्या सामुदायिक बनमा महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार महिलाको पहिचान खुल्न बाँकी छ । सोमबार दिउँसो करिब १२ः३० बजे प्रहरीले महिलाको शव फेला पारेको हो । महिलाको पहिचानका लागि हुलियासहित कोशीका सबै प्रहरी युनिटबाट समन्वय भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । प्रहरीले म...
error: Content is protected !!