धरानमा ट्रकमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-८ तिनकुनेस्थित कोशी राजमार्गमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका-४ का २५ वर्षीय मन्जिल लिम्बु छन् । दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ...






























