विराटनगर महानगरद्वारा खसी-बाख्रा र सुँगुरलाई निःशुल्क खोप
विराटनगर । विराटनगर महानगरपालिकाले पीपीआर/स्वाइन फिभरविरुद्धको निःशुल्क खोप शुभारम्भ गरेको छ । महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा शुक्रबारदेखि खसी, बाख्रा र सुँगुर-बँगुरमा लाग्ने पीपीआर/स्वाइन फिभर विरुद्धको निःशुल्क खोप शुभारम्भ गरिएको हो ।
विराटनगर-४ इक्राहीस्थित पूजा कृषि फर्मबाट खोप अभियान सुरु गरिएको शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए । आर्थिक विकास समितिका संयोजक श्याम...






























