लेउतीको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध
धनकुटा । लेउती खोलामा आएको बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित फेदीमा सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आज बिहान करिब ५ः३० बजे बाढीले सडक बगाउँदा कोशी राजमार्गको धरान-धनकुटा सडक खण्ड अवरुद्ध भएको हो ।
बाढीले करिब १०० मिटर पक्की सडक कटान गरेर बगाएको धनकुटाका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए । ‘बाढीले सडकमा ठूलो क्षति पुयाएको छ । अहिले तत्काल...




























