धनकुटामा वृक्षारोपण तथा सरसफाइ गरेर मनाइयो विश्व वातावरण दिवस
धनकुटा । विश्व वातावरण दिवसको अवसरमा धनकुटाको पाख्रीबास नगरपालिका-४ स्थित सिमसार क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ गरिएको छ ।
आज वन डिभिजन कार्यालय धनकुटा र पाख्रीबास नगरपालिकाको संयुक्त आयोजनामा वृक्षारोपण तथा सरसफाइ गरिएको हो । सिमसार क्षेत्रमा विभिन्न प्रजातिका फलफूल तथा फूलका बिरुवा रोपिएको छ ।
सरसफाइसँगै गुराँस, दाँते ओखर, विरेन्द्र फूल, चाँप र गुलमोहर लगायतका बिरुवा रोपिएको हो ।
 ...






























