धनकुटामा सडेको अवस्थामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

धनकुटामा सडेको अवस्थामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

धनकुटा । धनकुटामा सडेको अवस्थामा पुरुषको शव फेला परेको छ । सहिदभूमि गाउँपालिका-१ कर्कलेस्थित कालसिंह जंगलमा करिब ५५ वर्ष उमेरको पुरुषको शव फेला परेको हो । शनिबार फेला परेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । शव सडेको अवस्थामा भएकाले चिन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । ‘शव हेर्दा तराईमूलको जस्तो देखिन्छ’, इन्स्पेक्टर किशोर तामाङले संगालोखबरसँग भने, ‘मानिस हराएको...
यस्तो छ भाइरल तस्बिरको कथा, जसले कृषकको मेहनत बोल्छ

यस्तो छ भाइरल तस्बिरको कथा, जसले कृषकको मेहनत बोल्छ

विराटनगर । अहिले एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जुन तस्बिरमा देख्न सकिन्छ– टेबल वरिपरि मान्छे र बीचमा पैसाको चाङ । झट्ट हेर्दा विश्वास नलाग्न पनि सक्छ । किनकी अहिले प्रविधिको दुरुपयोग गर्दै विभिन्न भ्रम छर्ने गरेको पनि पाइन्छ । तर यो तस्बिर भने वास्तविक हो । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलास्थित गोगनेका किसानले सामूहिक अलैँची खेतीबाट आम्दानी गरेको पैसा हो । यो तस्बिर ...
विराटनगरमा लेखा प्रणालीसम्बन्धी तालिम

विराटनगरमा लेखा प्रणालीसम्बन्धी तालिम

विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरूलाई लेखा प्रणालीसम्बन्धी तालिम दिएको छ ।सहकारीको लेखा प्रणालीलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यले महानगर क्षेत्रभित्र रहेका सहकारीका पदाधिकारीहरूलाई एकदिने तालिम दिइएको हो । महानगरका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । सहकारीलाई विधि विधानअनुसार सञ्चालन गर्न यस्ता तालिम...
नख्खु कारागारबाट भागेका कैदी बेलबारीबाट पक्राउ

नख्खु कारागारबाट भागेका कैदी बेलबारीबाट पक्राउ

विराटनगर । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मा छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले मोरङको बेलबारी नगरपालिका-४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्था उनलाई पक्राउ गरेको हो । उनी जबरजस्ती करणी मुद्दामा...
धनकुटामा अलैँची उत्पादन बढ्यो

धनकुटामा अलैँची उत्पादन बढ्यो

धनकुटा । धनकुटामा खोल्सीको कालो सुन अर्थात अलैँची उत्पादन बढेको छ । पछिल्लो समय कृषकले अन्य बाली मासेर करेसाबारीमा पनि अलैँची लगाउँन थालेपछी उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ६ दशमलव ५२ प्रतिशतले अलैँची उत्पादन बढेको छ । गत आर्थिक वर्षमा १ सय २७ हेक्टर क्षेत्रफलमा अलैँची खेती भएकोमा यो आर्थिक वर्षमा १ सय ३३ हेक्टर क्षेत्रफलमा अलैँची खे...
विराटनगर विमानस्थलबाट ११ महिनामा ६ लाख ६९ हजार यात्रुलाई सेवा

विराटनगर विमानस्थलबाट ११ महिनामा ६ लाख ६९ हजार यात्रुलाई सेवा

विराटनगर । विराटनगर विमानस्थलबाट पछिल्लो ११ महिनामा ६ लाख ६९ हजार यात्रुले सेवा पाएका छन् । सन् २०२५ को जनवरी देखि नोभेम्बर सम्म विमानस्थलले ६ लाख ६९ हजार ४ सय ३४ यात्रुलाई सेवा दिएको हो । कोशी प्रदेशमा रहेका विमानस्थलहरू मध्ये विराटनगरबाट सबैभन्दा बढी यात्रुले सेवा लिएका हुन् । इलामस्थित सुकिलुम्बा विमानस्थलबाट सबैभन्दा कम ८३ जना यात्रुले सेवा लिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसा...
मोरङको लोहन्द्रा खोलामा युवतीको शव फेला

मोरङको लोहन्द्रा खोलामा युवतीको शव फेला

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ चपरमाडीस्थित लोहन्द्रा खोलामा एक युवतीको शव फेला परेको छ । आइतबार राति १० बजे ग्रामथान-६ की २६ वर्षीय पूजा माझीको शव फेला परेको हो । उनको डुबेर मृत्यु भएको अवस्थामा राति १० बजेतिर शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ । घटनाका सम्बन्धम...
झापामा पानीको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु

झापामा पानीको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु

झापा । झापाको झापा गाउँपालिका-२ मा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुब्दा एक बालकको मृत्यु भएको छ । आइतबार दिउँसो करिब २ः३० बजे दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांश घरअगाडि खेल्ने क्रममा पानी भरिएको खाल्डोमा डुबेका थिए । गम्भीर घाइते उनलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । तर उनको उपचारकै क्रममा अपराह्‍न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएक...
सुनको मूल्य घट्यो, चाँदीको रेकर्ड कायमै 

सुनको मूल्य घट्यो, चाँदीको रेकर्ड कायमै 

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर प्रतितोला चार हज...
उपचारका लागि भोजपुरबाट आएकी सासुको ज्वाइँद्वारा हत्या, रक्सी नखान भनेकी थिइन्

उपचारका लागि भोजपुरबाट आएकी सासुको ज्वाइँद्वारा हत्या, रक्सी नखान भनेकी थिइन्

विराटनगर । सुनसरीको इटहरी-९ स्थित बीपी चोकमा ज्वाइँले सासुको विभत्स हत्या गरेका छन् । आइतबार साँझ ४० वर्षीय ज्वाइँ गणेश साह गुप्ताले ५६ वर्षीया सासु पबीमाया बयलकोटीको हत्या गरेका हुन् । हत्या आरोपमा गुप्तालाई राति नै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए । प्रहरीका अनुसार पबीमाया उपचारका लागि भोजपुरबाट इटहरी आएकी थिइन् । आज उनी घर फर्कने तयारीमा थिइन् । सो...
केराबारीमा गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन हवाई फायर, धनकुटाका दुई जना पक्राउ

केराबारीमा गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन हवाई फायर, धनकुटाका दुई जना पक्राउ

विराटनगर । मोरङको केराबारी गाउँपालिका-५ लाफा टोलबाट प्रहरीले गोली चलाएर गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । आइतबार राति ११ बजे हवाई फायर गरेर गाँजा बोकेको एम्बुलेससहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका-६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समै सवार साँगुरीगढी गाउँपालिका-२ का २० वर्षीय खगेन्द्र लिम्बू छन् । धनकुटाबाट ...
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

विराटनगर । आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । यस्तै देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । ...
शिक्षण अस्पताल सञ्चालनमा ढिलाइ हुँदा धनकुटावासीमा थपियो निराशा

शिक्षण अस्पताल सञ्चालनमा ढिलाइ हुँदा धनकुटावासीमा थपियो निराशा

विराटनगर । कोशी प्रदेश सरकारले शिक्षण अस्पतालको आश्वासन दिएपनि सञ्चालनमा ढिलाइ हुँदा धनकुटावासीमा निराशा बढ्न थालेको छ । पहाडी जिल्लाको धनकुटा अस्पताललाई शिक्षण अस्पताल बनाउने कोशी सरकारले घोषणा गरेर   प्रकृया सुरु भैसकेको सपना देखाएपनि अझै हस्पताल हस्तान्तरण नगर्दा धनकुटावासी निरास बनेका हुन् । संघियता कार्यान्वयनपछि तत्काल क्षेत्रिय सदरमुकाम सरेपछि बिरानो बन्न पुगेको धनकुटामा राजधानी माग्दै म...
विराट ट्रेड एक्स्पो : कोशीमा सम्भावना, समन्वय र ब्रान्डिङमा जोड

विराट ट्रेड एक्स्पो : कोशीमा सम्भावना, समन्वय र ब्रान्डिङमा जोड

विराटनगर । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आज पर्यटन उद्योग, अवसर र सम्भावनाबारे छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विचार विमर्श भएको हो । छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र चुनौतीबारे प्रस्तुति दिएका थिए । उनले कृषि, संस्कृति, पदयात...
धनकुटाको बाल पुनर्स्थापना केन्द्रका बालबालिकालाई शैक्षिक सामग्री वितरण

धनकुटाको बाल पुनर्स्थापना केन्द्रका बालबालिकालाई शैक्षिक सामग्री वितरण

धनकुटा । धनकुटा नगरपालिका-४ देब्रेवासमा मदन आश्रित प्रतिष्ठानद्वारा संचालित बाल पुनर्स्थापना केन्द्रका बालबालिकाहरूलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखाले शैक्षिक सामाग्री बितरण गरेको छ । शाखाको ३३ औं स्थापना दिवसको अवसरमा आज केन्द्रमा रहेका १३ जना  बालबालिकाहरूलाई शैक्षिक सामाग्री बितरण गरिएको हो । बालबालिकाको शैक्षिक उन्नयनमा सहयोग होस् भन्ने उद्देश्यले सामाग्री बितरण गरिएको  शाखाका अध्यक्ष वि...
विराटनगरबाट श्रोत नखुलेको ६ लाख रुपैयाँसहित अग्रवाल पक्राउ

विराटनगरबाट श्रोत नखुलेको ६ लाख रुपैयाँसहित अग्रवाल पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित रानीबाट श्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-६ का ४९ वर्षीय अरविन्द अग्रवाल छन् । आज बिहान करिब ११ः३० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०४-००१ च ०१६४ नम्बरको सेतो रङको कारमा हुण्डीको रकम कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएको हो । उनको कारबाट स्रोत नखुलेको १...
बालेन र रवि एकता : समर्थनसँगै विरोधको पहिरो, क-कसले के भने ?

बालेन र रवि एकता : समर्थनसँगै विरोधको पहिरो, क-कसले के भने ?

विराटनगर । जेनजी आन्दोलनपछि नयाँ पार्टी खोल्ने लहर नै चल्यो । २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका चर्चित अनुहारहरू पनि दल दर्ता तर्फ लागे । ति बाहेक अन्य चर्चामा आएका व्यक्तिहरूले पनि आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दल दर्ता गरे । नयाँ पार्टीहरू खुल्दै गर्दा धेरैले एक्लाएक्लै नभएर वैकल्पिकहरू एकजुट हुनुपर्ने धारणा राख्दै आएका छन् । धरान उपमहानगरप...
हर्क साम्पाङ भन्छन्– श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

हर्क साम्पाङ भन्छन्– श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

विराटनगर । श्रम संस्कृति पार्टीले कसैसँग एकता नगर्ने पार्टी अध्यक्ष हर्क साम्पाङले घोषणा गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै यस्तो घोषणा गरेका हुन् । उनले जसलाई जोसँग मिल्न मन लाग्छ मिल्दा हुने प्रतिक्रिया दिँदै श्रम संस्कृति पार्टी कोहीसँग नमिल्ने बताएका हुन् । ‘अहिले चुनावको माहोल छ । धेरैले धेरै खालका कुरा गरिरहेका छन्’, उ...
सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, लाग्यो २ लाख ७० हजारबाट उकालो

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, लाग्यो २ लाख ७० हजारबाट उकालो

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी एकैदिन दुई सय ७० रुपैय...
विकास पोद्दार स्मृति कोषबाट मोरङका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विकास पोद्दार स्मृति कोषबाट मोरङका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विराटनगर । मोरङको कटहरी गाउँपालिका-४ स्थित विकास पोद्दार स्मृति परिषद्को अक्षय कोषबाट दुई जना विद्यार्थीलाई नगद छात्रवृत्ति सहित सम्मान गरिएको छ । विराटनगरस्थित सेन्ट जोसेफ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत वरदान केसी र कटहरी गाउँपालिका-४ स्थित भगवती आधारभूत विद्यालयमा कक्षा-७ मा अध्ययनरत सुकुमारी किस्कुलाई छात्रवृत्ति प्रदान गरिएको हो । सेन्ट जोसेफका केसीलाई नगद २१ हजार र भगवती आधारभूत...
धनकुटाबाट गायकदेखि पत्रकारसम्म नेकपाका उम्मेदवार सिफारिस

धनकुटाबाट गायकदेखि पत्रकारसम्म नेकपाका उम्मेदवार सिफारिस

धनकुटा । धनकुटामा नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ११ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू सहभागी बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ६, समानुपातिकतर्फ ४ र राष्ट्रिय सभाका लागि १ जनाको नाम सिफारिस गरेको हो । प्रतिनिधि सभा प्रत्यक्षतर्फ धर्मराज पौडेल, शम्भु राई, टेकनाथ (टिएन) आचार्य, न...
मोरङको जहदामा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन हवाई फायर, दुई जना पक्राउ

मोरङको जहदामा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन हवाई फायर, दुई जना पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका-२ तारिगामा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । शनिबार राति करिब १०ः३० बजे गोली चलाएर ३ सय ३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा प्रहरीले गाँजा ओसार-पसार भइरहेको जानकारी पाएको थियो । भारतीय सिमाना नजिकै रहेको सो क्षेत्रमा प्रहरी पुग्दा टाउकोमा गाँजाको बोरा राखेर ओसार-पसार भइरहेको ...
प्याब्सन धनकुटाको लोकनृत्य प्रतियोगितामा शितलादेवी स्कुल प्रथम

प्याब्सन धनकुटाको लोकनृत्य प्रतियोगितामा शितलादेवी स्कुल प्रथम

धनकुटा । धनकुटाको पाख्रीबासमा आयोजित लोकनृत्य प्रतियोगितामा शितलादेवी माध्यमिक विद्यालय प्रथम भएको छ । प्याब्सन धनकुटाको आयोजनामा भएको प्रतियोगितामा पाख्रीबासको शितलादेवी मावि प्रथम भएको हो । यस्तै सयपत्री सेकेन्डरी बोर्डिङ स्कुल पाख्रीबास द्वितीय र मदरल्याण्ड सेकेन्डरी बोर्डिङ स्कुल हिले तथा तमोर भ्याली सेकेन्डरी बोर्डिङ स्कुल धनकुटा तृतीय भए । विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि पाख्रीबास ...
प्रतिबन्धित औषधिसहित धनकुटा र विराटनगरबाट ६ जना पक्राउ

प्रतिबन्धित औषधिसहित धनकुटा र विराटनगरबाट ६ जना पक्राउ

विराटनगर । प्रतिबन्धित औषधिसहित विराटनगर र धनकुटाबाट ६ जना पक्राउ परेका छन् । विराटनगर-१२ का दिनेश राईलाई प्रतिबन्धित औषधी इस्पासमो ७ र २ पिस नाइट्रोजन ट्याबलेट सहित प्रहरीले नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा उनलाई विराटनगर-२ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा-७ बाट सोही स्थानका विजय मल्लिक, रविन मल्लिक, धनकुटा-६...
धनकुटामा नेपाली कम्युनिष्ट पार्टीको एकता सभा स्थगित

धनकुटामा नेपाली कम्युनिष्ट पार्टीको एकता सभा स्थगित

धनकुटा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पुस १३ गते धनकुटामा गर्न लागेको एकता सन्देश सभा स्थगित भएको छ । आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट सहितको तयारीमा लाग्नुपर्ने भएपछि एकता सभा स्थगित भएको हो । कार्यक्रमलाई सम्बोधन गर्न भीम रावल आउन समय नमिलेपछि तत्कालका लागि एकता सभा रोकिएको जनाइएको छ । निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया लगायतका पार्टीका विभिन्न कारणले रावल उपस्थित नहुने भएपछ...
विराट ट्रेड एक्स्पो : साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म बहस

विराट ट्रेड एक्स्पो : साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म बहस

विराटनगर । विराट ट्रेड एक्स्पोमा आज सूचना प्रविधिका विविध आयामबारे केन्द्रित थिमेटिक सेसन सञ्चालन भएको छ । सूचना प्रविधिलाई मूल विषय बनाउँदै साइबर सेक्युरिटी, एआई फर आन्टरपेनसीप, डिजिटल मार्केटिङ र ई-कमर्स सम्बन्धी प्रस्तुति तथा छलफल गरिएको हो । साइबर सेक्युरिटी सत्रमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले प्रविधिको फाइदासँगै बढ्दो जोखिमबारे सचेत गराएका थिए । एआई र सूचना प्रवि...
विराटनगरको एभरेष्ट स्कुलले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

विराटनगरको एभरेष्ट स्कुलले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि एभरेष्ट माध्यमिक विद्यालयले जितेको छ । आज सहिद रंगशालामा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण, ९ रजत र ११ कास्यसहित एभरेष्टले ३१ पदकका साथ उपाधि जितेको हो । विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट विद्यालयको संयोजनमा सम्पन्न प्रतियोगिता ८ स्वर्ण, ११ रजत र ७ कास्य सहित २६ पदकका साथ आदर्श माध्यमिक विद्यालय द्...
शिक्षण सिकाइका चुनौतीहरू

शिक्षण सिकाइका चुनौतीहरू

शिक्षा मानव जीवनको अमूल्य सम्पत्ति हो । शिक्षा नै राष्ट्रको परिचय हो । शिक्षाले मानव जीवनमा सकारात्मक सोच्न बाध्य बनाउँछ । शिक्षा विश्व सम्पदा हो । एक्काइसौँ शताब्दीको शिक्षा गुणस्तरीय, प्रविधिमैत्री र व्यावहारिक सीपयुक्त आवश्यक ठानिन्छ । कक्षा कोठामा शिक्षण सिकाइका थुप्रै चुनौतीहरू देखिएका छन् । विशेषगरी ती चुनौतीहरूलाई चिर्दै अगाडि बढ्नु आवश्यक ठानिन्छ । विद्यालय शिक्षाको सबैभन्दा चुनौती भनेक...
धनकुटाका १५ युवालाई टुरिस्ट गाइड तालिम

धनकुटाका १५ युवालाई टुरिस्ट गाइड तालिम

धनकुटा । धनकुटा नगरपालिकाले १५ जना युवालाई स्थानीय टुरिस्ट गाइड तालिम दिएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा स्थानीय पर्यटन प्रबर्द्धन र रोजगारी सृजना गर्ने उद्देश्यले नगरपालिकाले टुरिस्ट गाइड तालिको दिएको हो । सात दिनसम्म संचालित तालिममा गाइडमा हुनुपर्ने आचरण, व्यवहारिक ज्ञान, शिष्टाचार, संवाद कला, सुरक्षा सचेतना र जिम्मेवारी लगायतका विषयमा सिकाइएको थियो । यस्तै सहभागी पर...
पूर्व शिक्षक रिजालद्वारा धनकुटा अस्पताललाई चकटी प्रदान

पूर्व शिक्षक रिजालद्वारा धनकुटा अस्पताललाई चकटी प्रदान

धनकुटा । धनकुटा नगरपालिका-४ देब्रेवासका जगदनाथ रिजालले जिल्ला अस्पताल धनकुटालाई बस्नका लागि चकटी सहयोग गरेका छन् । पूर्व शिक्षक तथा समाजसेवी समेत रहेका रिजालले ३० थानचकटी सहयोग गरेका हुन् । जाडोको समयमा अस्पतालमा आउने बिरामीहरूलाई कुर्सीमा बस्न सहज होस् भन्ने उद्देश्यले कुर्सीमा ओछ्‌याउने चकटी प्रदान गरेको उनले बताए । उक्त सामग्री अस्पतालका प्रमुख डा. सन्तोष राईलाई हस्तान्तरण गरिएको छ । आफू बि...
सेनाले सुनसरीको विजयपुरगढी देखी धनकुटाको पाख्रीबाससम्म पदयात्रा गर्ने

सेनाले सुनसरीको विजयपुरगढी देखी धनकुटाको पाख्रीबाससम्म पदयात्रा गर्ने

धनुकटा । नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्तीको अवसरमा दौड प्रतियोगिता र पदयात्रा गर्ने भएको छ । सेनाले सुनसरीको विजयपुरगढी देखी धनकुटाको साँगरीगढीसम्म दौड प्रतियोगिता तथा पदयात्रा गर्ने तयारी गरेको हो । सेनाले पुष २७ देखि ३० गतेसम्म सुनसरीको ऐतिहासिक स्थल विजयपुरगढी देखि धरानको फुस्रे हुँदै धनकुटाको साँगुरीगढी, बेलहरा उत्तरपानी हुँदै पाख्रीबाससम्म पदयात्रा गर्न लागेको छ ।...
error: Content is protected !!