संगालोखबर


विराटनगर । विराटनगर विमानस्थलबाट पछिल्लो ११ महिनामा ६ लाख ६९ हजार यात्रुले सेवा पाएका छन् । सन् २०२५ को जनवरी देखि नोभेम्बर सम्म विमानस्थलले ६ लाख ६९ हजार ४ सय ३४ यात्रुलाई सेवा दिएको हो ।

कोशी प्रदेशमा रहेका विमानस्थलहरू मध्ये विराटनगरबाट सबैभन्दा बढी यात्रुले सेवा लिएका हुन् । इलामस्थित सुकिलुम्बा विमानस्थलबाट सबैभन्दा कम ८३ जना यात्रुले सेवा लिएका छन् ।

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार झापाको भद्रपुर विमानस्थलबाट २ लाख ६ हजार २ सय ६०, भोजपुर विमानस्थलबाट २ हजार ८ सय ९८ र ताप्लेजुङ विमानस्थलबाट ४ सय ५ यात्रुले सेवा लिएका छन् ।

यस्तै खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलबाट ४ सय ९९ र ओखलढुंगाको रुम्जाटार विमानस्थलबाट ५ सय ८ जना यात्रुले सेवा लिएका नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!