संगालोखबर


धनकुटा । धनकुटामा सडेको अवस्थामा पुरुषको शव फेला परेको छ । सहिदभूमि गाउँपालिका-१ कर्कलेस्थित कालसिंह जंगलमा करिब ५५ वर्ष उमेरको पुरुषको शव फेला परेको हो ।

शनिबार फेला परेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । शव सडेको अवस्थामा भएकाले चिन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

Advertisement

‘शव हेर्दा तराईमूलको जस्तो देखिन्छ’, इन्स्पेक्टर किशोर तामाङले संगालोखबरसँग भने, ‘मानिस हराएको भनेर निवेदन आएको ठाउँमा पनि सोधिखोजी गर्दा यताको नभएको पाइएको छ ।’

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाइ छ । पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!