धनकुटामा कोरोना संक्रमितका आफन्तको ‘स्वाब’ संकलन, परीक्षणका लागि धरान लगिने

धनकुटामा कोरोना संक्रमितका आफन्तको ‘स्वाब’ संकलन, परीक्षणका लागि धरान लगिने

धनकुटा । भोजपुरको हतुवागढी गाउँपालिकाका कोरोना संक्रमित युवाको सम्पर्कमा पुगेका उनका आफन्तको धनकुटामा ‘स्वाब’ संकलन गरिएको छ । धनकुटाको सहिदभूमी गाउँपालिकामा रहेका संक्रमित युवाका दिदी र भिनाजुमा कोरोना संक्रमण परीक्षणका लागि आइतबार ‘स्वाब’ लिइएको हो । ‘स्वाब’ परीक्षणका लागि सोमबार धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाई...
बैशाख २५ सम्म लम्बियो लकडाउन

बैशाख २५ सम्म लम्बियो लकडाउन

काठमाडौं । बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याइने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप्ने निर्णय गरेको हो । बैशाख ११ गतेबाट सुरु भएको लकडाउन पटक–पटक म्याद थप्दै यसअघि बैशाख १५ गते (भोलि) सम्मका लागि तोकिएको थियो । पुनःलकडाउनको म्याद १० दिन बढाइएको हो । संक्रमितको संख्या बढ्दै गएकाले सरकारले लकडाउन खोल्न नमिल्ने निष्कर्षसहित लकडाउनको अवधि बढाएको हो । नेपालमा दोस्रो संक्रमित फेला परेपछि ...
झापाका अर्का व्यक्तिमा पनि देखियो कोरोना, संक्रमितको संख्या ५२ पुग्यो

झापाका अर्का व्यक्तिमा पनि देखियो कोरोना, संक्रमितको संख्या ५२ पुग्यो

बिराटनगर । झापाका अर्का व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगर स्थित कोशी अस्पतालमा आइतबार गरिएको पीसीआर परीक्षणका क्रममा झापाका ५० बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केहि दिन अघि झापाका एक व्यक्तिमा कोरोना भेटिएको थियो । बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उनको उपचार भइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेक...
भोजपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

भोजपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय भीरबाट लड्दा पौवादुम्मा–४ कात्तिकेका ५४ बर्षीय बलबहादुर कार्कीको मृत्यु भएको हो । खेतबाट पराल लिएर घर आउँने क्रममा कार्की भीरबाट खसेका हुन् । परालको भारी बिसाउँने क्रममा भीरबाट लड्दा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भीरबाट करिव ३५ मिटर तल झरेर बजारिदा उनको घटनास्थलमै मृत्यु भएको हो । हिजो घटना भ...
थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

बिराटनगर । आइतबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पर्सा र बीरगंजका दुई पुरुषमा संक्रमण देखिएको हो । उनीहरुलाई आईसोलेशनमा राखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । जसमध्ये १२ जना उपचारपछि निको भ...
काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई जिल्ला ल्याइने, अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने

काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई जिल्ला ल्याइने, अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने

धनकुटा । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका करिव ६ सय धनकुटेलीलाई जिल्ला ल्याइने भएको छ । जिल्लाका सात वटै पालिकासँग समन्वय गरी १४ दिन अनिवार्य क्वारेनटाइन बस्ने सर्तमा उनीहरुलाई धनकुटा ल्याउँन लागिएको हो । अब केहि दिनभित्रै उनीहरुलाई धनकुटा ल्याउने तयारी भइरहेको जिल्लाको प्रतिनिधित्व गर्ने संघीय सांसद राजेन्द्र राईले संगालोखबरलाई जानकारी दिए । ‘काठमाडौंमा अलपत्र परेका बिरामी, मजदुर, बिद्यार...
२०७७ वैशाख १४ गते आइतबार/आजको राशिफल

२०७७ वैशाख १४ गते आइतबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख १४ गते आइतवार ई. सं. २०२० अप्रिल २६, नेपाल सम्बत ११४० बछलाथ्व तृतीया, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख शुक्ल तृतीया तिथी, चन्द्रमा वृष राशिमा,रोहिणी नक्षत्र, शोभन योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः२९ बजे, सूर्यास्त साँझ ०६ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात...
लकडाउनमा पनि गाउँ–गाउँका बिरामीलाई अस्पताल पुर्याएर निःशुल्क उपचार गर्दै डा.शर्मा

लकडाउनमा पनि गाउँ–गाउँका बिरामीलाई अस्पताल पुर्याएर निःशुल्क उपचार गर्दै डा.शर्मा

मोरङ । नेपाली काँग्रेसका नेता डा.सुनिल शर्मा लकडाउनको समयमा पनि बिरामीको उद्धारमा सक्रिय छन् । काँग्रेस महासमिति सदस्य डा.शर्माले बिपन्न बिरामीको घर–घरमा पुगेर उनीहरुलाई अस्पताल लगि निःशुल्क उपचारको व्यवस्था मिलाउँने क्रमलाई जारी राखेका हुन् । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले मोरङको क्षेत्र नं.३ का गाउँ–गाउँमा पुगी गरिब, बिपन्न र उपचार गर्न नसकेर समस्यामा रहेका...
काठमाडौंमा लकडाउनले अलपत्र परेकालाई बोकेर उदयपुर आउँदै गरेको बस दुर्घटना

काठमाडौंमा लकडाउनले अलपत्र परेकालाई बोकेर उदयपुर आउँदै गरेको बस दुर्घटना

उदयपुर । लकडाउनका कारण काठमाण्डौंमा अलपत्र परेकाहरुलाई बोकेर उदयपुर आउँदै गरेको बस आज बिहान महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । बर्दिवास नगरपालिका–३ पाटुको घुम्तीमा बा.३ ख.४०३६ नम्बरको बस पल्दिँदा बसका सह–चालक दोलखाको तामाकोशीका २२ वर्षीय प्रदिप बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका ३५ जना यात्रु लिए...
२०७७ वैशाख १३ गते शनिबार/आजको राशिफल

२०७७ वैशाख १३ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख १३ गते शनिवार ई. सं. २०२० अप्रिल २५, नेपाल सम्बत ११४० बछलाथ्व द्धितीया, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख शुक्ल द्धितीया तिथी, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, शौभाग्य योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः३० बजे, सूर्यास्त साँझ ०६ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर ...
प्रदेश १ मा कोरोनाको फैलावट तीब्र, एक सातामै २९ जनामा भेटियो संक्रमण

प्रदेश १ मा कोरोनाको फैलावट तीब्र, एक सातामै २९ जनामा भेटियो संक्रमण

बिराटनगर । प्रदेश नं.१ मा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलन थालेको छ । एक साताको अवधिमै प्रदेश १ का उदयपुर, मोरङ, भोजपुर र झापामा २९ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । अहिले दैनिकजसो संक्रमित भेटिदा नियन्त्रणमा चुनौति बढ्न थालेको छ । प्रदेश १ मा १७ नेपाली र १२ भारतीय नागरिकमा संक्रमण देखिएको हो । भारतीय बाहेक उदयपुरका ११ जना, मोरङका चार जना, भोजपुर र झापाका एक/एक जनामा कोरोनाको संक...
झापाका बृद्धमा पनि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो

झापाका बृद्धमा पनि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो

झापा । झापाका एक बृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । झापाका ६२ बर्षीय बृद्धमा कोरोनाको संक्रमण पुष्टि भएको हो । वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी अहिले आइसोलेशनमा छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । हिजोमात्रै भोजपुरका एक पुरुषमा पनि संक्रमण दे...
नेकपा महालक्ष्मीद्वारा कोरोना प्रभावितका लागि सहयोग

नेकपा महालक्ष्मीद्वारा कोरोना प्रभावितका लागि सहयोग

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महालक्ष्मी नगर कमिटिले कोरोना प्रभावितहरुलाई सहयोगार्थ रकम उपलब्ध गराएको छ । महालक्ष्मी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी नेकपाले ५० हजार रकम उपलब्ध गराएको हो । नेकपामार्फत कोषमा रकम प्राप्त भएको महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जनाएका छन् । कोरोना प्रभावितलाई एकद्वार प्रणालीमार्फत राहत वितरणका लागि रकम...
मोरङमा बालिकामाथि सामुहिक बलात्कार आरोपमा चार पक्राउ

मोरङमा बालिकामाथि सामुहिक बलात्कार आरोपमा चार पक्राउ

मोरङ । मोरङको बुढिगंगा गाउँपालिकाकी एक बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना १६ बर्षीय बालक (बालकको नाम नखुलाइएको) सहित बुढिगंगा गाउँपालिका–६ का १९ बर्षीय सन्देश लिम्बु र २१ बर्षीय टंके भनिने कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गत माघ १५ गते राती बुढिगंगा गाउँपालिकाकी बालिकामाथि सामुहिक बलात्कार भएको थियो । घटना भ...
भोजपुरका कोरोना संक्रमितलाई बिराटनगर लगिदैं

भोजपुरका कोरोना संक्रमितलाई बिराटनगर लगिदैं

भोजपुर । भोजपुरका कोरोना संक्रमित व्यक्तिलाई उपचारका लागि बिराटनगर लगिने भएको छ । हतुवागढीका २६ वर्षीय कोरोना संक्रमित पुरुषलाई कोरोना बिशेष अस्पतालमा राखेर उपचार गर्न बिराटनगर पठाउँन लागिएको हो । उनलाई उपचारका लागि लैजान सदरमुकामबाट एम्बुलेन्स पठाइसकिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले संगालोखबरलाई जानकारी दिए । ‘आज साँझ सम्म बिराटनगर पुर्याउँनेगरी तयारी गरेका छौ ।’ प्रजिअ पुरील...
धनकुटामा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता : प्रेमिकालाई आत्महत्या गर्न बाध्य पारेको आरोप

धनकुटामा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता : प्रेमिकालाई आत्महत्या गर्न बाध्य पारेको आरोप

धनकुटा । धनकुटा नगरपालिका–२ भीरगाउँका प्रदीप तामाङले आफ्नै प्रेमिकालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनीबिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्ककी १८ बर्षीया बर्षा तामाङलाई मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा २४ बर्षीय प्रदीपबिरुद्ध जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो । बर्षाको परिवारले जिल्ला प्रहरी कार्या...
२०७७ वैशाख १२ गते शुक्रबार/आजको राशिफल

२०७७ वैशाख १२ गते शुक्रबार/आजको राशिफल

आजको राशिफल बि.सं.२०७७ साल वैशाख १२ गते शुक्रवार ई. सं. २०२० अप्रिल २४, नेपाल सम्बत ११४०बछलाथ्व पारू, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख शुक्ल प्रतिपदा तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, आयुष्मान योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः३१ बजे, सूर्यास्त साँझ ०६ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा र...
भोजपुरका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि

भोजपुरका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि

भोजपुर । भोजपुरका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भोजपुरको हतुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि संक्रमित थपिएको पुष्टि गरेको छ । गत मंगलबार आरडीटी परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनको स्वाब परीक्षणका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो । प्रतिष्ठानमा परीक्षणका क्रममा उनमा कोरोनाक...
उदयपुर र जनकपुरमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

उदयपुर र जनकपुरमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । उदयपुर र जनकपुरमा आज दुई जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा अब संक्रमितको संख्या ४७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदयपुरका ५५ बर्षीया महिला र जनकपुरका १४ बर्षीय बालकमा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । यता संक्रमण भई ...
माछा मार्न जाँदा तमोर नदीले बगाएर बेपत्ता

माछा मार्न जाँदा तमोर नदीले बगाएर बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङका एक युवालाई माछा मार्ने क्रममा तमोर नदीले बगाएको छ । ताप्लेजुङको त्रिवेणी गाउँपालिका–२ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई नदीले बगाएको हो । तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा काङबाङलाई नदीले बगाएको प्रहरीले जनाएको छ । स्थानीयबासी र प्रहरीले नदीमा उनको खोजी जारी राखेका छन् । तर, हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन

काठमाण्डौ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुर...
समाजवादी र राजपाबीच रातारात एकता, जनता समाजवादी पार्टी बनाउँने सहमति

समाजवादी र राजपाबीच रातारात एकता, जनता समाजवादी पार्टी बनाउँने सहमति

काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच गएराती एकता भएको छ । रातारात पार्टी एकता गरेर ‘जनता समाजवादी पार्टी’ बनाउँने सहमति भएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारी निवासमा बुधबार राती भएको बार्तामा दुवै पाटीका नेताहरु पार्टी एकता गरेर अघि बढ्न सहमत भएका हुन् । राती नै जारी गरिएको सहमति पत्रमा समानताको आधारमा पार्टी एकता हुने गरी दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरे...
२०७७ वैशाख ११ गते बिहिबार/आजको राशिफल

२०७७ वैशाख ११ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख ११ गते बिहिवार ई. सं. २०२० अप्रिल २३, नेपाल सम्बत ११४० चौलागा आमै , परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख कृष्ण औशी तिथी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, प्रिति योग, नाग करण । नेपालमा सूर्योदय बिहान ०५ः३२ बजे, सूर्यास्त साँझ ०६ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात...
खोलामा डुबेर उर्लाबारीका बालकको मृत्यु

खोलामा डुबेर उर्लाबारीका बालकको मृत्यु

मोरङ । मोरङको उर्लाबारीमा आज अपरान्ह खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय बक्रा खोलामा डुब्दा उर्लाबारी–१ का हस्तबहादुर राईका १४ बर्षीय छोरा सन्देश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । आज अपरान्ह ४ बजे आफ्नै घरदेखि करिब १ किलोमिटर टाढा रहेको बक्रा खोलामा डुबेका उनलाई तत्काल उद्धार गरेर उपचारका लागि उर्लावारी स्थित अरनिको अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा साढे ४ बजे उनको मृत्यु...
इलाम र उदयपुरमा चट्याङ लागेर पाँच जना घाइते, सात चौपाया मरे, घरमा पनि क्षति

इलाम र उदयपुरमा चट्याङ लागेर पाँच जना घाइते, सात चौपाया मरे, घरमा पनि क्षति

बिराटनगर । इलाम र उदयपुरमा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । सात चौपाया पनि मरेका छन् । उदयपुरको कटारी नगरपालिका–११ बेतीनीका ५५ बर्षीय चन्द्रबहादुर मगरको घरमा गएराती साँढे ११ बजे चट्याङ पर्दा चन्द्रबहादुरसहित उनकी श्रीमती ४८ बर्षीया मनकुमारी मगर, आमा ७० बर्षीया मनमाया मगर र छिमेकी सुमन मगर घाईते भएका छन् । चट्याङ लागेर मगरको गोठमा बाधिराखेको एउटा पाख्रा पनि मरेको छ । त्यस्तै कटारी–६ रिस्कु...
नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

बिराटनगर । बुधबार पनि कोरोना संक्रमित थपिएका छन् । धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा थप तीन पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । क्वारेनटाइनमा रहेका २४, ६० र ७२ बर्षीय पुरुषमा संक्रमण देखिएको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनीहरु पनि उदयपुरकै हुन् । योसँगै नेपालम...
कथा : निरंकुश मुखिया

कथा : निरंकुश मुखिया

एउटा गाउँमा चलाख मुखिया बस्दथ्यो । उ आफुलाई गाउँकै जान्ने बाठो अनि गाउकै राजा त्यति मात्रै कहाँ हो र उ आफुलाई अरुले भगवान झै ठानेर पुजा गरुन भन्ठान्थ्यो । मुखियाको यस्तो हर्कतले गाउँमा सबै वाक्क दिक्क भएका थिए, हरेक दिन चिया चौतारीहरुमा मुखियाकै बारेमा कुरा हुन्थ्यो, एक दिन मुखिया नभएको मौका पारेर घर सल्लाह भयो । गाउँमा मुखियाको स्वभाव ठिक नभएको गाउँमा दिन दिनै बिकृति बढ्दै गएको भनेर मुखिया फेर...
धनकुटामा श्रीमानको हत्या गर्ने महिलाबिरुद्ध मुद्दा दर्ता

धनकुटामा श्रीमानको हत्या गर्ने महिलाबिरुद्ध मुद्दा दर्ता

धनकुटा । धनकुटामा श्रीमानको हत्या गर्ने महिलाबिरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । जिल्लाको छथरजोरपाटी–४ पानीट्याङ्कीकी ३७ बर्षीया धनमाया लिम्बुबिरुद्ध प्रहरीले जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो । लिम्बुले गत आईतबार राती आफ्नै श्रीमान ४७ बर्षीय इन्द्रबहादुर लिम्बुको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माधक पदार्थ सेवन गरेका दुवैवीच सुँगुर बेचेको निहुँमा उत्पन्न वि...
२०७७ वैशाख १० गते बुधबार/आजको राशिफल

२०७७ वैशाख १० गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल वैशाख १० गते बुधवार ई. सं. २०२० अप्रिल २२, नेपाल सम्बत ११४० चौलागा चतुर्दशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख कृष्ण चतुर्दशी तिथी, चन्द्रमा मीन राशिमा रेवती नक्षत्र विषकम्भ योग, शकुनी करण । नेपालमा सूर्योदय बिहान ०५ः३३ बजे, सूर्यास्त साँझ ०६ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा...
उदयपुरमा एकै दिन ११ जनामा कोरोना संक्रमण भेटियो, जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय

उदयपुरमा एकै दिन ११ जनामा कोरोना संक्रमण भेटियो, जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय

बिराटनगर । उदयपुरको भुल्केमा मंगलबार एकै दिन ११ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तीन र धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा आठ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा दिउँसो एक जनामा संक्रमण भेटिएको थियो । पछि पुनः अर्का दुई जनामा पनि संक्रमण देखिएको हो । यता, कोशी अस्पताल...
उदयपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

उदयपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

बिराटनगर । उदयपुरका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएपछि वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुनःपरीक्षण गरिएको थियो । बीपीमा पीसीआर परीक्षण गर्दा पनि उनीहरुमा कोरोनाको संक्रमण देखिएको स्रोतले जनाएको छ । यसअघि आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उदयपुरका एक जनामा संक्रमण भेटिएकाले उदयपुरमा संक्रमितक...
error: Content is protected !!