बिराटनगर । आइतबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पर्सा र बीरगंजका दुई पुरुषमा संक्रमण देखिएको हो । उनीहरुलाई आईसोलेशनमा राखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । जसमध्ये १२ जना उपचारपछि निको भएर अस्पतालबाट घर फर्किसकेका छन् ।
वाँकी ३९ जनाको उपचार भईरहेको छ । जसमध्ये ३० जनाको बिराटनगरमा उपचार भईरहेको छ ।