धनकुटामा हिड्दा हिड्दै बेहोस भएर बृद्धको मृत्यु

धनकुटामा हिड्दा हिड्दै बेहोस भएर बृद्धको मृत्यु

धनकुटा । धनकुटामा हिड्दा हिड्दै बेहोस भएर एक बृद्धको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–५ लेगुवाका ७१ बर्षीय रनबहादुर राईको मंगलबार दिउँसो सहिदभूमी–१ स्थित त्रिवेणीमा मृत्यु भएको हो । मोरङको सुन्दरहरैंचा–४ स्थित छोरीको घरमा गएर छोरी ज्वाईसहित तीन जना फर्कदै गर्दा बाटोमै राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । सुन्दरहरैं...
एउटै खुकुरीको मूल्य ६० हजार !

एउटै खुकुरीको मूल्य ६० हजार !

बेलबारी । एउटै खुकुरीको मूल्य ६० हजार पर्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सुन्दा अचम्म लागेपनि, यो सत्य हो । मोरङको बेलबारीमा खुकुरी उद्योग खोलेर बसेका एक उद्यमीले तयार गरेको खुकुरीको मूल्य ६० हजार तोकेका छन् । विश्वकर्मा कृषि औजार उद्योगका संचालक शेरबहादुर विश्वकर्माले नेपालको नक्सासहितको खुकुरीको मूल्य ६० हजार राखेका हुन् । उनले बनाएका खुकुरी २५ सयदेखि ६० हजारसम्मका छन् । ३० दिन मेहनत गरे...
सुनसरीमा प्रहरीको नाममा ठगी, रकम असुली गर्ने एक जना पक्राउ

सुनसरीमा प्रहरीको नाममा ठगी, रकम असुली गर्ने एक जना पक्राउ

सुनसरी । सुनसरीको हरिनगरमा प्रहरीको नाममा एक युवाले स्थानीय व्यापारीबाट रकम असुली गरेको पाईएको छ । सादा पोशाकको प्रहरी हुँ भन्दै हरिनगर गाउँपालिका–५ का २३ बर्षीय असरार अहमद मियाले रकम असुली गरेको पाईएको हो । मियाले हरिनगर गाउँपालिका–२ का व्यापारीहरुलाई डर त्रास देखाई गैरकानूनी रुपमा रकम असुली गरेका हुन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी भुटाहाबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण बाँकेकी एक महिलाको मृत्यु भएको पुष्टि भएको छ । बाँकेको बैजनाथपुरकी ४६ बर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा आज मृत्युको पुष्टि गरेको हो । नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत उनको गत सोमबार मृत्यु भएको हो । स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले...
कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो, थप ५८६ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो, थप ५८६ जनामा संक्रमण पुष्टि

काठमाडौं । बुधबार थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदयपुरका ४ जना, सिरहाका १ जना, मोरङका ९ जना र झापाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १ हजार १ सय ६७ जना निको भएर डिस्चार्ज भएका छन् ।
प्रदेश १ को बजेट आएपछि जनतासमक्ष मुख देखाउँन लाज भयो : सांसद राई (भिडियोसहित)

प्रदेश १ को बजेट आएपछि जनतासमक्ष मुख देखाउँन लाज भयो : सांसद राई (भिडियोसहित)

बिराटनगर । प्रदेश सांसद सुयर्माराज राईले प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेपछि लाजले जनतासमक्ष मुख देखाएर हिड्न गाह्रो भएको बताएका छन् । बजेटका बिषयमा छलफलका लागि बुधबार आयोजित प्रदेश सभाको बैठकमा बोल्दै सांसद राईले महत्वकांक्षी बजेट प्रदेश सरकारले सार्वजनिक गरेकाले सांसदका हिसावले मुख देखाउँन लाज भएको बताएका हुन् । ‘बजेट अत्यन्तै महत्वकांक्षी आएको छ । जनताको...
धनपालथानबाट सुर्तिजन्य पदार्थ बरामद

धनपालथानबाट सुर्तिजन्य पदार्थ बरामद

मोरङ । मोरङको धनपालथान गाउँपालिका–१ बाट आज ९० हजार भन्दा बढीको अबैध सुर्तिजन्य पदार्थ बरामद भएको छ । सिमा प्रहरी चौकी पोखरीयाबाट गस्तिमा खटिएको प्रहरी टोलीले बिहान करिव ६ बजे सुर्तिजन्य पदार्थ बरामद गरेको हो । सुर्तिजन्य पदार्थ ओसारपसारमा संलग्न स्थानीय २० बर्षीय अमर शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुर्तिजन्य पदार्थसहित शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।शाहलाई पक्राउ गरी उनको कारोबार...
धनकुटा नगरले व्यवसायीलाई कर, भाडा, सरसफाई शुल्क र ठेक्का रकममा छुट दिने

धनकुटा नगरले व्यवसायीलाई कर, भाडा, सरसफाई शुल्क र ठेक्का रकममा छुट दिने

धनकुटा । धनकुटा नगरपालिकाले उद्यमी, व्यवसायीहरुलाई कर, भाडा, सरसफाई शुल्क र ठेक्का रकममा छुट दिने भएको छ । लकडाउनले पारेको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले उद्योग, व्यापार, व्यवसाय र यातायात क्षेत्रसम्बद्ध उद्यमी, व्यावसायीलाई सहुलियत दिने निर्णय गरेको हो । व्यवसाय कर, बहाल कर, भाडा, ठेक्का शुल्क, सरसफाई शुल्क र सवारी पार्किङ ठेक्का शुल्कमा छुट दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अ...
२०७७ असार ३ गते बुधबार/आजको राशिफल

२०७७ असार ३ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल असार ३ गते बुधबार ई. सं. २०२० जुन १७, नेपाल सम्बत ११४० तछलागा एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार कृष्ण एकादशी, चन्द्रमा मेष राशिमा, अश्रिनी नक्षत्र, अतिगंढ योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः९ बजे, सूर्यास्त साँझ ७ :२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै द...
साँगुरीगढीको तीन ठाउँमा पहिरो, भेडेटार–राजारानी सडक अवरुद्ध

साँगुरीगढीको तीन ठाउँमा पहिरो, भेडेटार–राजारानी सडक अवरुद्ध

धनकुटा । बर्षासँगै खसेको पहिरोका कारण धनकुटाको भेडेटार–राजारानी सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि परेको अबिरल बर्षासँगै तीन ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान ६ बजेदेखि अवरुद्ध भएको सडक साँझसम्म पनि खुल्न सकेको छैन । साँगुरीगढी–५ स्थित कुईभिर, दानसिन भीर र लुम्फाजुङमा पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि मालबाहक सवारी साधन बाटोमै रोकिएका छन् । जेसिवी प्रयोग गरेर सडक खुलाउँने प्रयास भ...
नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो

काठमाडौं । मंगलबार अपरान्हसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । हालसम्म ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिगत २४ घण्टाको अवधिमा ३८० जना संक्रमित थपिएका छन् । झापाका १ जना, पाँचथरका १ जना, मोरङका १ जना र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ७३ जिल्लामा संक्रमण फैलिएको छ ।
गाउँपालिका अध्यक्ष शेर्पाको निधन

गाउँपालिका अध्यक्ष शेर्पाको निधन

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान निधन भएको छ । क्यान्सरपीडित ३९ बर्षीय अध्यक्ष शेर्पाको बिहान करिव साँढे ८ बजे निधन भएको हो । खुम्बु पासाङल्हामु गाउँपालिका उपाध्यक्ष टसील्हामु शेपाले मृत्युको पुष्टि गरेकी छन् । संगालोखबरसँग उनले भनिन्–‘११ महिना अघिदेखि उहाँलाई आन्द्राको क्यान्सर भएको थियो । घरमै आराम गरेर बसीरहेका बेला आज बिहान उहाँको ...
प्रदेश १ का पाँचसहित ३६ जना एसपी फेरिए

प्रदेश १ का पाँचसहित ३६ जना एसपी फेरिए

बिराटनगर । प्रदेश नं.१ का पाँचसहित ३६ जना प्रहरी उपरीक्षक (एसपी) फेरिएका छन् । मोरङ, सुनसरी, धनकुटा, ईलाम, उदयपुर लगायत जिल्लाका एसपी परिवर्तन भएका हुन् । प्रहरी महानिरीक्षकको निर्णय अनुसार असार महिनाको तलब भत्तासमेत सरुवा भएको स्थानबाटै पाउने गरी एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । धनकुटाका एसपी सुदर्शन प्रसाद कोईरालाको मकवानपुर स्थित बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा...
२०७७ असार २ गते मंगलबार/आजको राशिफल

२०७७ असार २ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल असार २ गते मंगलबार ई. सं. २०२० जुन १६, नेपाल सम्बत ११४० तछलागा दशमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार कृष्ण दशमी, चन्द्रमा मेष राशिमा, अश्रिनी नक्षत्र, शोभान योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः८ बजे, सूर्यास्त साँझ ७ ः १ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको या...
हिलेमा लकडाउन अवधिको भाडा छुट गर्ने ४७ घरधनीलाई सम्मान

हिलेमा लकडाउन अवधिको भाडा छुट गर्ने ४७ घरधनीलाई सम्मान

धनकुटा । लकडाउनको अवधिमा भाडा छुट गर्ने हिलेका घरधनीहरुलाई सोमबार सम्मान गरिएको छ । बहालमा बस्नेहरुलाई संकटका बेला भाडा छुट गरेर सहयोग पुर्याएको भन्दै धनकुटा उद्योग बाणिज्य संघले हिलेका ४७ जना घरधनीहरुलाई सम्मान गरेको हो । घर भाडा छुट गर्नेहरुलाई सम्मान गर्ने अभियान अनरुप हिले बजारका घर धनीहरुलाई पनि सम्मान गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए । घर धनीहरुलाई उद्योग...
प्रदेश १ सरकारद्वारा ४० अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)

प्रदेश १ सरकारद्वारा ४० अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)

विराटनगर । १ नं. प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ४० अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेश सभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् । बजेटमा पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४५ हजार र चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार बिनियोजन गरिएको छ । बजेटमा पुँजीगततर्फ ५३.७१ प्रतिशत र चालु...
थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो

थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं । सोमबार थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०/१० जनाको रिपोर्ट पोजेटिभ आएको छ । धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५/५ जना धनुष...
धनकुटामा प्रादेशिक शिक्षण अस्पताल बनाउँँने बिषय बजेटमा समेटियो

धनकुटामा प्रादेशिक शिक्षण अस्पताल बनाउँँने बिषय बजेटमा समेटियो

विराटनगर । धनकुटामा प्रदेशिक शिक्षण अस्पताल बनाउँने बिषय आगामी आर्थिक बर्षको बजेटमा समेटिएको छ । १ नं.प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षण अस्पतालको बिषयलाई समेटेको हो । बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिक्षण अस्पतालका लागि बजेट बिनियोजन गरेको जानकारी दिएका छन् । ‘धनकुटामा प्रादेशिक शिक्षण अस्पताल स्थापनार्थ बिस्तृत सम्भाव्यता अध्ययन...
प्रदेश नं.१ को बजेट सार्वजनिक हुँदै (लाईभ)

प्रदेश नं.१ को बजेट सार्वजनिक हुँदै (लाईभ)

विराटनगर । १ नं.प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दैछ । प्रदेश सभाको छैठौं तथा बजेट अधिवेशनको बाह्रौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट सार्वजनिक गर्दैछन् । हेर्नुहोस् लाईभ भिडियो...
सुन्दरहरैंचामा माछा पोखरीमा डुबेर युवकको मृत्यु

सुन्दरहरैंचामा माछा पोखरीमा डुबेर युवकको मृत्यु

मोरङ । माछा पोखरीमा डुबेर मोरङको सुन्दरहरैंचाका एक युवकको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका–१० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीय २० बर्षीय आकाश राईको मृत्यु भएको हो । आईतवार राती सवा ८ बजे साथीहरुसँग नुहाउन पोखरीमा पसेका राई डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि बिपद व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र प्रहरीको टोली घटनास्थल गएको थियो । पोखरीभित्र खोजि गर्ने क्र...
लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले भोक्राहा नरसिंह गाउँपालिका–४ र बर्जु गाउँपालिका–३ बाट एक/एक जनालाई पक्राउ गरेको हो । भोक्राहा नरसिंह गाउँपालिका–८ का शिवशंकर मेहेता अबैध लागुऔषध डाईलेक्स डी.सी.२१ बोतल, स्पास्मोप्रोक्सिभन १४१ क्याप्सुल र नाईट्रोसन ३७ ट्याबलेटसहित पक्राउ परेका हुन् । त्यस्तैगरी बिराटनगर महानगरपालिका–१६ का सन्तोष मण्...
मदिरा खुवाई बेहोस पारेर बालिकालाई बलात्कार

मदिरा खुवाई बेहोस पारेर बालिकालाई बलात्कार

सप्तरी । श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तिलाठी कोइलाडी–७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा गत असार १८ गते १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपितलाई पक्राउ ग...
भोजपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

भोजपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । षडानन्द नगरपालिका–३ मा चट्याङ लाग्दा ट्याम्केमैयुम गाउँपालिका–१ की १० बर्षीया रितिका राउतको मृत्यु भएको हो । मावली घरमा बस्दै आएकी  राउतको चट्याङ लागेर मृत्यु भएको हो । घर छेउको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर घाईते भएकी बालिकालाई उपचारका लागि खार्ताम्छा उप–स्वास्थ्य चौकी लगिएको थियो । उपचारकै क्रममा आईतबार साँझ पौने ६ बजे उनको मृ...
आज प्रदेश १ को बजेट सार्वजनिक गरिदै

आज प्रदेश १ को बजेट सार्वजनिक गरिदै

विराटनगर । १ नं.प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट आज सार्वजनिक गर्दैछ । प्रदेश सभाको छैठौं तथा बजेट अधिवेशनको बाह्रौं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्री आङ्बोले आगामी आर्थिक बर्षको राजश्व र आय, व्ययको बार्षिक अनुमान प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले ज...
८३ दिनदेखि बन्द रहेका सरकारी कार्यालय आजबाट खुल्ला, दुई सिफ्टमा सञ्चालन गरिने

८३ दिनदेखि बन्द रहेका सरकारी कार्यालय आजबाट खुल्ला, दुई सिफ्टमा सञ्चालन गरिने

काठमाडौं । लकडाउनका कारण बन्द रहेका सरकारी कार्यालयहरु आजबाट खुल्ने भएका छन् । बन्द रहेको ८३ दिनपछि देशभरका सरकारी कार्यालयहरु खुल्न लागेका हुन् । लकडाउनको समयमा मन्त्रालय र केही अत्यावश्यकीय सेवा प्रवाह गर्ने कार्यालय बाहेक देशभरका सरकारी कार्यालय बन्द थिए । जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने र असार १ गतेदेखि देशभरका सरकारी कार्यालयको सेवा सञ्चालन गर्ने निर्णय गरेकाले क...
२०७७ असार १ गते सोमवार/आजको राशिफल

२०७७ असार १ गते सोमवार/आजको राशिफल

वि.सं. २०७७ असार १। सोमवार। इ.स. २०२० जुन १५। ने.सं. ११४० तछलागा। आषाढ कृष्णपक्ष। दशमी, २९:३७ उप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा समेत खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। नजिकका टाढिए पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। केही पाउन केही वस्तु गुमाउनुपर्ला। खर्च लागे पनि समाजसेवा...
नेपालमा कोरोनाबाट मृत्यु हुँनेको संख्या १९ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुँनेको संख्या १९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या १९ पुगेको छ । गुल्मीका ३६ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार पुुष्टि गरेको हो । जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनको आईसोलेशनमा उपचार भईरहेको थियो । क्यान्सर रोगसमेत भएका उनको शनिवार मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्...
मोरङका २५ सहित थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि

मोरङका २५ सहित थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आईतबार थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका २५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सुनसरीका १ जना, झापाका १ जना र सप्तरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तैगरी पर्साका १७ जना, बाराका ९ जना, सर्लाहीका ६ जना, रौतहटका ७६ जना, नवलपरासी पूर्वका ४ जना, बझाङका ५ जना, डडेलधुराका २४ जना, डोटीका ३ जना, कैलालीका १२ जना, ...
बलिउड अभिनेता सुशान्त मृत फेला

बलिउड अभिनेता सुशान्त मृत फेला

काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुत आज मृत फेला परेका छन् । मुम्बईको बान्द्रास्थित आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा ३४ बर्षीय राजपुतको शव फेला परेको हो । उनले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए । उनले पछिल्लो पटक ‘के...
पाँचथरमा लडेर एक जनाको मृत्यु

पाँचथरमा लडेर एक जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिममा हिड्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । लडेर घाईते भएका फिदिम नगरपालिका–१ का ३७ बर्षीय चन्द्रकुमार आङवोको उपचारका क्रममा मृत्यु भएको हो । शनिवार साँझ करिव ६ बजे हिड्दै गर्दा लडेर आङवो घाईते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो । उपचारकै क्रममा गएराती करिव १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पर्वतमा पहिरोले पुर्दा पाँच जनाको मृत्यु, चार जना बेपत्ता

पर्वतमा पहिरोले पुर्दा पाँच जनाको मृत्यु, चार जना बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोले पुर्दा पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता छन् । गएराती साँढे ९ बजे बर्षासँगै गएको पहिरोले उनीहरुलाई पुरेको हो । पहिरोले पुर्दा ६२ वर्षीय तुलबहादुर थापा, उनकी ५२ वर्षीया श्रीमती र १० वर्षीया नातिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । थप दुई जनाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएर मृत्यु भएका पाँच जनाको शव ...
error: Content is protected !!