काठमाडौं । कोरोना संक्रमणका कारण बाँकेकी एक महिलाको मृत्यु भएको पुष्टि भएको छ । बाँकेको बैजनाथपुरकी ४६ बर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा आज मृत्युको पुष्टि गरेको हो ।
नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत उनको गत सोमबार मृत्यु भएको हो । स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी मृगौला रोगबाट पीडित थिईन् ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या २० पुगेको छ । हालसम्म ७ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार मात्रै ५ सय ८६ जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये १ हजार १ सय ६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।