कविता: बन्दाबन्दी
पलाएका आशा दिनदिन सबै जेलिन पुगे
रमाएका गल्ली पलपल गरी टाढिन पुगे
दुख्यो पोल्यो छाती कटकट गरी यो तन पनि
दबाई के होला भनिकन सखारै खोजे पनि
न मिल्ने भो सुक्खै न त प्रिय हुने जीवन अहो !
न आसैमा बाँच्ने न त अवनिमा सार्थक भयो
कसोरी के गर्ने छटपट भई पिल्सन पुगी
झरे अश्रू थोपा तपतप गरी जीवन लुकी ।
पुरा बन्दाबन्दी जगतभर आजै छुटि गए
कि बाल्ने हो ज्योती कि त मधुरमा चेतन बढे ।
सुनौलो क्री...




























