धनकुटाका थप तीन जनामा कोरोना संक्रमण पुष्टि
धनकुटा । धनकुटाका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा दुई महिला र एक परुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुँनेमा धनकुटा नगरपालिका–३ का एक महिला, एक पुरुष र उच्च अदालत धनकुटामा कार्यरत भोजपुरका एक पुरुष कर्मचारी छन् । धनकुटा–३ का संक्रमित पुरुष केही दिन अघि कोरोना संक्रमण पश्चात मृत्यु भएकी बृद्धाका छोर...




























