झापाबाट लागुऔषधसहित दुई जना पक्राउ

झापाबाट लागुऔषधसहित दुई जना पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिका–६ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी–४ का २६ बर्षीय श्याम मर्डी र ३५ बर्षीय गंगाराम कायस्थ्य छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो करिव २ बजे उनीहरुलाई पक्राउ गरेको हो । मे.५ प.५०३२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्दा २३ ग्राम लागुऔषध ब्राउनसुगर ...
आठपहरिया जातिको वाडाङ्मेट चाड सुरु

आठपहरिया जातिको वाडाङ्मेट चाड सुरु

धनकुटा । आठपहरिया जातिको महान चाड वाडाङ्मेट सोमबारबाट सुरु भएको छ । धनकुटा नगरपालिका क्षेत्रमा मूख्य बसोबास रहेका आठपहरिया जातिले मूख्य पर्वको रुपमा वाडाङ्मेट मनाउँने गर्छन् । मंसिरे चाडको रुपमा पनि लिईने यो पर्व कार्तिक शुक्ल पूर्णिमादेखि १५ दिनसम्म धुमधाम मनाउँने गरिन्छ । पुत्र लाभ भएको परिवारमा बराहमाङ र मार्गाहामाङलाई साक्षी राखेर दिर्घायूको कामना गर्दै जन्मोत्सवलाई हर्ष बढाई गरी मनाउने चलन...
२०७७ मंसिर १५ गते सोमबार/आजको राशिफल

२०७७ मंसिर १५ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल मंसिर १५ गते सोमबार ई. सं. २०२० नोभेम्वर ३० नेपाल सम्बत ११४१ कछलाथ्व पुन्हि, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल पूर्णिमा, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शिव योग १०ः५६ सम्म त्यसपछि सिद्ध योग, बव करण ३ः१६ मिनेटसम्म त्यसपछि कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः३७ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्...
धनकुटा नगरक्षेत्रमा सोमबार सार्वजनिक विदा

धनकुटा नगरक्षेत्रमा सोमबार सार्वजनिक विदा

धनकुटा । धनकुटा नगरपालिकाले सोमबार नगरक्षेत्रमा सार्वजनिक विदा दिएको छ । धनकुटामा बसोबास गर्ने आठपहरिया जातिको वाडङ्मेट चाडको अवसरमा एक दिन विदा दिईएको धनकुटा नगरपालिकाले जनाएको छ । नगरपालिकाले विदा दिएपनि प्रदेश र संघीय कार्यालय भने खुल्नेछन् । नगरपालिका अन्तर्गतका कार्यालय, स्वास्थ्य सस्था र शिक्षण सस्था विदा हुँने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए । उनका अनुसा...
प्रदेश १ का थप १६४ जनामा कोरोना संक्रमण, ४२१ डिस्चार्ज

प्रदेश १ का थप १६४ जनामा कोरोना संक्रमण, ४२१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आईतबार १६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३/३ तथा पाँचथर र ताप्लेजुङमा २/२ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५३, सुन्दरहरैंचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरेमा २/२, ग्रामथान, रतुवामाई, बुढीगंगा र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण द...
सुनसरीमा हत्या भएको १३ बर्षपछि पक्राउ

सुनसरीमा हत्या भएको १३ बर्षपछि पक्राउ

सुनसरी । हत्या गरेर फरार भएको १३ बर्षपछि सुनसरीका एक जना पक्राउ परेका छन् । जिल्ला अदालत सुनसरीको ०७१ साउन २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गर्दै २० बर्ष कैद सजाय तोकिएका ३२ बर्षीय कृष्ण कुमार धामीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका धामी लगायत उनका साथीले ०६४ बैशाख २८ गते साथीको बिवाहमा जन्ती गएका बेला तत्कालिन एकम्बा गाबिस–४ का सुनेर कुमार ठाकुरलाई छुरा प्रहार गरी भागेक...
परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु

परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु

डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासि बेहोस भएर उनी ढलेक...
सुन्दरहरैंचामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुन्दरहरैंचामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैंचामा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । विहान करिव ८ बजे सुन्दरहरैंचा–८ सलकपुरस्थित राजमार्गमा प्रदेश नं. १–०१–००१ ख.३४१० नम्बरको बसले को.२१ प.५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुँनेमा सुन्दरहरैंचा–७ का ४० बर्षीय बिजेस लिम्बु छन् । बसको ठक्करबाट गंभीर घाईते भएका लिम्बूको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा सवा ...
मोरङ र झापामा दुर्घटना हुँदा तीन जनाको मृत्यु

मोरङ र झापामा दुर्घटना हुँदा तीन जनाको मृत्यु

बिराटनगर । मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराती करिव ९ बजे मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा को.२ त.३१९६ नम्बरको ट्याक्टरले को.३८ प.१६६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सुन्दरहररैंचा–५ का ४२ बर्षीय मकेश्वर चौधरीको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट घाईते भएका चौधरीकोे उपचारका क्रममा करिव १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्या...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य घटेको छ । पछिल्लो केही दिनयता निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आईतबार पनि प्रतितोला ६ सय रुपैयाँका दरले घटेको हो । शुक्रबार तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्...
सौराहामा पर्यटक भित्र्याउन ‘घुमौँ सौराहा’ अभियान

सौराहामा पर्यटक भित्र्याउन ‘घुमौँ सौराहा’ अभियान

चितवन । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो । यसका लागि व्यवसायी अन्तिम तयारीमा जुटेका छन् । नेपालको सातवटै प्रदेशमा पुगेर ‘सौराहा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्ने योजना बनाइएको छ । पर्यटन दिवसको दिनदेखि लामो ...
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ढकालले ५२२ मत ल्याएका छन् भने प्रधानको पक्षमा ३७५ मत खसेको छ । २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ र प्रधानले ३९ मत पाएका छन् । ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ ढकालल...
प्रदेश १ का थप १७० जनामा कोरोना संक्रमण, ८४ डिस्चार्ज

प्रदेश १ का थप १७० जनामा कोरोना संक्रमण, ८४ डिस्चार्ज

विराटनगर । प्रदेश १ का थप १७० जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीका ५३, झापाका ४९, मोरङका ३६, इलामका १७, पाँचथरका ६, धनकुटाका ४, उदयपुरका २, ताप्लेजुङ, तेह्रथुम र भोजपुरका १/१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २/२ तथा भोक्राहानरसिंहमा १ जना संक्रमित भएका छन् । झापाको दमकमा २२, विर्ता...
प्रचण्डको आरोपमा ओलीले यस्तो दिए लिखित जवाफ (पूर्ण पाठसहित)

प्रचण्डको आरोपमा ओलीले यस्तो दिए लिखित जवाफ (पूर्ण पाठसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेश गरेका छन् । अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ को सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गरेका थिए । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि खाममा राखेर दिइएको छ । उक्त प्रस्ताव अध्ययनपछि मंसिर १६ गते दिउँसो एक बजे पुनः स...
उद्योग बाणिज्य महासंघको मतदान सुरु

उद्योग बाणिज्य महासंघको मतदान सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति निर्माणका लागि शनिवार बिहानबाट मतदान सुरु भएको छ । महासंघको ५४ औं वार्षिक साधारणसभाबाट नयाँ समिति निर्माणका लागि तीन छुट्टाछुट्टै मतदान केन्द्रबाट मतदान थालिएको हो । एशोसिएटतर्फको मतदान केन्द्र कार्की व्याङ्केट बबरमहलमा बिहान ९ बजेबाट मतदान सुरु भएको छ । वस्तुगततर्फ महासंघको केन्द्रीय कार्यालय टेकुमा १० बजे र जिल्ला नगरतर्फ नेपाल प्रज्ञा ...
नेपाल-भारत सीमा विवादको समाधान उच्च तहबाटै खोजिने

नेपाल-भारत सीमा विवादको समाधान उच्च तहबाटै खोजिने

काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको दुई दिने नेपाल भ्रमणसँगै नेपाल—भारतबीचको उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला भएको छ । नेपाल—भारत सीमा विवादका कारण करिब ७ महिनादेखि जारी संवादहीनताको अन्त्यसँगै अब दुई देशबीच समस्या समाधान गर्ने विषयले सकारात्मक मोड लिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीस्तरको भ्रमणको बाटो खुल्ने गरी अबको दुई सातापछि परराष्ट्र मन्त्रीस्तरको बैठक दिल्लीमा हुने नि...
२०७७ मंसिर १३ गते शनिबार/आजको राशिफल

२०७७ मंसिर १३ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल मंसिर १३ गते शनिबार ई. सं. २०२० नोभेम्वर २८ नेपाल सम्बत ११४१ कछलाथ्व त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल त्रयोदशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, वरियन योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः३५ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै...
ताप्लेजुङको पाथीभरा मन्दिरमा तीर्थयात्रीको मृत्यु

ताप्लेजुङको पाथीभरा मन्दिरमा तीर्थयात्रीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्न आएकी एक तीर्थयात्री महिलाको शुक्रबार मृत्यु भएको छ । मन्दिरमा बेहोस भएर विराटनगर महानगरपालिका–६ की ३० बर्षीया सावित्री खड्का चापागाईंको मृत्यु भएको हो । मन्दिरमै अचेत भएर ढलेपछि पाथीभराका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मीले उनलाई स्टेचरमा बोकेर काफ्लेपाटीसम्म ल्याएका थिए । त्यहाँबाट गाडीमा जिल्ला अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको माथिल्लो फ...
प्रदेश १ मा २११ कोरोना संक्रमित थपिए, १८८ डिस्चार्ज

प्रदेश १ मा २११ कोरोना संक्रमित थपिए, १८८ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार २११ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २ तथा उदयपुर र धनकुटामा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०/१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बाह्रदशी, अर्जुनधारा, झापा गाउँपालिकामा २/२, हल्दिबारी, ग...
धनकुटाको सहिदभूमिले पहिलो पटक पायो एम्बुलेन्स, थापाद्वारा हस्तान्तरण

धनकुटाको सहिदभूमिले पहिलो पटक पायो एम्बुलेन्स, थापाद्वारा हस्तान्तरण

काठमाडौं । धनकुटाको सहिदभूमिका लागि सूर्य बहादुर थापा प्रतिष्ठानले एम्बुलेन्स हस्तान्तरण गरेको छ । काठमाडौंको मालिगाउँमा शुक्रबार कार्यक्रम आयोजना गरी प्रतिष्ठानले एम्बुलेन्स हस्तान्तरण गरेको हो । भारत सरकारबाट प्राप्त उक्त एम्बुलेन्स प्रतिष्ठानका अध्यक्ष एवं पूर्व मन्त्री सुनिल बहादुर थापाले सहिदभूमि–१ का वडाध्यक्ष असोक राईलाई हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै था...
देशभरका मुख्य राजमार्गमा तीन हजार किलोमिटर सडक मर्मत गरिने

देशभरका मुख्य राजमार्गमा तीन हजार किलोमिटर सडक मर्मत गरिने

काठमाडौं । सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किलोमिटर सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न लागिएको हो । आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको  विभागले जनाएको छ । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार पूरै बिग्रिएर प...
ताप्लेजुङको फुङ्लिङ बजार पुनः बन्द हुने

ताप्लेजुङको फुङ्लिङ बजार पुनः बन्द हुने

फुङलिङ । प्रत्येक शुक्रबार बन्द हुँदै आएको फुङ्लिङ बजार आजदेखि सोही बारमा पुनः बन्द हुने भएको छ । फुङलिङ नगरापालिकामा पर्ने सो बजार चाडबाडलाई ध्यानमा राखी गत असोज १६ गते शुक्रबारदेखि खुला भएको थियो । बजार फेरि साप्ताहिकरुपमा बन्द हुनेछ । दशैँ–तिहार–छठलगायत चाडपर्वलाई ध्यानमा राखी ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले साप्ताहिक बजार खुलाएको थियो । “अब फेरि बजार पसल प्रत्येक साताको शुक्रबार एक दिन बन्द...
उर्लाबारीमा जुवातास खेल्ने सात जना पक्राउ

उर्लाबारीमा जुवातास खेल्ने सात जना पक्राउ

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–९ बाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार साँझ ६ बजे स्थानीय एक घरमा जुवा तास खेलिरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लाबारी–८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, ...
भतिजको कुटाइबाट काकाको मृत्यु

भतिजको कुटाइबाट काकाको मृत्यु

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–१ मा गएराति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएर स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात ...
गुल्मीमा जीप पल्टिँदा पाँच जनाको मृत्यु

गुल्मीमा जीप पल्टिँदा पाँच जनाको मृत्यु

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ मा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । इस्माबाट तम्घास आउँदै गरेको लु.१ ज.११६६ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको घटनास्थलमै ...
चितवनमा कारागारबाटै थुनुवा फरार

चितवनमा कारागारबाटै थुनुवा फरार

चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबरजस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

काठमाडौं । नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले आपसी सहमतिमै दुई देशबीच देखिएको समस्या हल हुने बताएका छन् । विदेश सचिवस्तरीय बैठक सकेर बाहिरिने क्रममा भारतीय विदेश सचिव शृंगलाले छलफल एकदमै राम्रो भएको र दुई...
प्रदेश १ मा थपिए १९७ कोरोना संक्रमित, २०२ डिस्चार्ज

प्रदेश १ मा थपिए १९७ कोरोना संक्रमित, २०२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहिबार १९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३/३ तथा संखुवासभामा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २/२, रंगेली, पथरीशनिश्चरे, लेटाङ, ग्रामथान, कानेपोखरी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण ...
देशभरका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाईदै

देशभरका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाईदै

काठमाडौं । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो । गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशैंका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले बताए । यसअघि कोरोना भाइरसका कारणल...
उदयपुरमा बम बिस्फोट गराएको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

उदयपुरमा बम बिस्फोट गराएको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम बिस्फोट गराएको आरोपमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली–५ रुपटारका गौरबहादुर देवकोटा र ताप्ली–१ ओख्लेका रितु विक छन् । गत शनिवार ताम्ली गाउँपालिका कार्यालयमा बम बिस्फोट भएको थियो । बिस्फोटबाट कार्यालयको ढोका, टेबल, कुर्सी, प्रिन्टर र भवनमा क्षति पुग...
नेपालमै पहिलो पटक झापामा भेटियो ‘हरित परेवा’

नेपालमै पहिलो पटक झापामा भेटियो ‘हरित परेवा’

झापा । चरा खोजकर्ता देवेन्द्र खरेलले  मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो । नेपालमै पहिलो पटक सो प्रजातिको चरा भेटिएको उनको जिकिर छ । चराका बारेमा पुस्तक लेख्दै आएका डा.हेमसागर बरालले उक्त चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिसकेका छन्...
error: Content is protected !!