संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

३० प्रतिशत मत भार रहेको एशोसिएटमा ढकालले ५२२ मत ल्याएका छन् भने प्रधानको पक्षमा ३७५ मत खसेको छ । २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ र प्रधानले ३९ मत पाएका छन् । ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत ल्याएका छन् । ढकालले वस्तुगततर्फ १२.०४, उद्योग वाणिज्यतर्फ २४.७६, एसोसियटतर्फ १७.४६ प्रतिशत मत ल्याएका छन् । ढकाल कूल ५४.२६ प्रतिशत मतसहित बिजयी भएका हुन् भने प्रधानले ४५.७४ प्रतिशत मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्षमा बिजयी ढकाल आगामी कार्यकाल अर्थात महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । महासंघमा वरिष्ठ उपाध्यक्षले अर्को कार्यकाल स्वतः अध्यक्ष बन्ने प्रावधान छ । महासंघको अब एक कार्यकाल शेखर गोल्छा अध्यक्ष हुनेछन् । त्यसपछि ढकाल अध्यक्ष बन्नेछन् ।

महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फमा प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!