- संगालोखबर सम्वाददाता

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ मा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । इस्माबाट तम्घास आउँदै गरेको लु.१ ज.११६६ नम्बरको जीप दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको छ । ९ जना सवार जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!