उदयपुरमा करेन्ट लागेर जंगली भालुको मृत्यु

उदयपुरमा करेन्ट लागेर जंगली भालुको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा करेन्ट लागेर जंगली भालुको मृत्यु भएको छ । मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारवाट करेन्ट लागेर भालु मरेको डिभिजन वन कार्यालय त्रिवेणीले जनाएको छ । विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा भालुलाई करेन्ट लागेको बताइएको छ । हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युतको तार चुरे जङगलका केही भाग र जमिनमास...
झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–५ मा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा झापा गाउँपालिका–३ का १९ बर्षीय सागर लिम्बू छन् । सोमबार दिउँसो करिब ३ बजे बा.२ ख.९२८४ नम्बरको टिपरले को.६ प.२०८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट लिम्बूको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ...
इलाममा खुकुरीले हानेर श्रीमतीको हत्या

इलाममा खुकुरीले हानेर श्रीमतीको हत्या

इलाम । इलामको देउमाई नगरपालिका–८ आमबोटेमा मंगलवार बिहान एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । बिहान करिब साढे ५ बजे घरायसी विवादका क्रममा आमबोटेका ३३ बर्षीय सुवास राईले खुकुरी प्रहार गरी २७ बर्षीया श्रीमती नम्रताको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुवासले नम्रताको घाँटीमा खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारवाट नम्रताको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि जितप...
धनकुटामा प्रचण्ड–नेपाल समूहका युवाद्वारा शक्ति प्रदर्शन

धनकुटामा प्रचण्ड–नेपाल समूहका युवाद्वारा शक्ति प्रदर्शन

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका युवाहरुले धनकुटामा सोमवार साँझ शक्ति प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघको अगुवाइमा संसद् विघटनको विरोध गर्दै बजारमा प्रदर्शन गरिएको हो । केही दिन अघि अनेरास्ववियूले आयोजना गरेको मसाल जुलुशमा केपी ओली समर्थक युवाहरुले हस्तक्षेप प्रयास गरेपछि आक्रोसित बनेका प्रचण्ड–नेपाल समूहका युवाहरुले शक्ति प्रदर्शन गरेका हुन् । सयौंको संख्य...
नेकपा विवादमा दुबै पक्षको जवाफ पर्खिंदै आयोग

नेकपा विवादमा दुबै पक्षको जवाफ पर्खिंदै आयोग

काठमाडौं । नेकपा विवादका विषयमा दुबै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगले काम अघि बढाउने भएकोे छ। आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षलाई पत्राचार गरिसकेको छ। प्रवक्ता राजकुमार श्रेष्ठले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिए। प्रवक्ता श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनअनुसार नै दुबै पक्षलाई पत्राचार गरिएको हो। दाहाल–नेपाल पक्षलाई ७ दिनभित्र जवाफ दिन भनिएको छ। ओली पक्षलाई...
सीमा क्षेत्रमा जबर्जस्ती पिलर गाड्ने एसएसबीलाई नेपालीले लखेटे

सीमा क्षेत्रमा जबर्जस्ती पिलर गाड्ने एसएसबीलाई नेपालीले लखेटे

इलाम । नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्याेदय नगरपालिकाको हिले भन्ज्याङमा आइतबार राति एसएसबीले पिलर गाडेको थाहा पाएपछि घटनास्थल पुगेर स्थानीयले पिलर गाड्न रोकेका हुन् । स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि आफूले गाडेको पिलर उखेलेर एसएसबी त्यहाँबाट भागेको छ । एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (ज...
२०७७ पुष २१ गते मंगलबारको राशिफल

२०७७ पुष २१ गते मंगलबारको राशिफल

बि.सं.२०७७ साल पुष २१ गते मंगलबार ई. सं. २०२१ जनवरी ५ नेपाल सम्बत ११४१ थिंलाथ्व सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण सप्तमी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र ६ः.३९ सम्म त्यसपछि हस्ता नक्षत्र, शोभान योग ८ः१३ सम्म त्यसपछि अतिगंड योग, विष्टि करण ५ः१९ सम्म त्यसपछि बालव करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ५ः२४ बजे हुनेछ । आज जन्म लिने बच...
उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षमा ढकाल निर्वाचित

उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ को अध्यक्षमा उद्योगी टिकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सोेमबार भएको तेस्रो साधारणसभाले विर्तामोडका व्यवसायी ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा भीमबहादुर पौडेल, एसोशिएटतर्फको उपाध्यक्षमा राजेन्द्र राउत र कोषाध्यक्षमा रमेश राठी निर्वाचित भएका छन् । यस्तै जिल्ला नगर स...
प्रदेश १ कोरोना अपडेटः संक्रमितको संख्या २९ हजार नाघ्यो, २८ हजार डिस्चार्ज

प्रदेश १ कोरोना अपडेटः संक्रमितको संख्या २९ हजार नाघ्यो, २८ हजार डिस्चार्ज

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । आज १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पाँचथरमा १४५, ताप्लेजुङमा १२०, तेह्रथुममा ११९, खोटाङमा ९६...
इटहरी अस्पतालमा सुरु भयो भिडियो एक्सरे सेवा

इटहरी अस्पतालमा सुरु भयो भिडियो एक्सरे सेवा

इटहरी । इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको छ । इटहरी अस्पतालले नीजि स्वास्थ्य संस्था भन्दा सस्तो मूल्यमा भिडियो एक्सरे सेवा सुरु गरेको हो । नीजि स्वास्थ्य संस्था भन्दा करिव आधा अर्थात ६ सय रुपैयाँमै भिडियो एक्सरे गर्न थालिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष भूपेन्द्र वरालले जानकारी दिए । अब, अस्पतालमा आएका विरामीलाई भिडियो एक्सरेका लागि अन्यत्र पठाउनुपर्ने वाध्यता हटेको बरालले बताए । ...
संसद् विघटन गर्नु अग्रगामी कदम: मन्त्री तुम्वाहाम्फे

संसद् विघटन गर्नु अग्रगामी कदम: मन्त्री तुम्वाहाम्फे

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फेले संसद् विघटन गरेर नयाँ जनादेश खोज्नु अग्रगामी कदम भएको टिप्पणी गरेकी छन् । विराटनगरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाम्फेले संसदमा ६४ प्रतिशत मतसहितका प्रधानमन्त्रीले आफूले काम गर्न नपाएको भन्दै ताजा जनादेशमा जान संसद विघटन गर्नु अग्रगामी कदम भएको टिप्पणी गरेकी हुन् । ‘दुईतिहाइको बहुमत पुग...
झापामा खोलाले बगाउँदा बृद्धाको मृत्यु

झापामा खोलाले बगाउँदा बृद्धाको मृत्यु

झापा । झापामा खोलाले बगाउँदा बृद्धाको मृत्यु भएको छ । स्थानीय भुतेनी खोलाले बगाएर हल्दीबारी गाउँपालिका–५ की ७२ बर्षिया हरिमाया बेगाको मृत्यु भएको हो । आईतबार राती करिव साढे ८ बजे खोला तर्ने क्रममा उनलाई बगाएको थियो । बगाएको स्थानभन्दा केही तल दहमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अब विद्यालय, जिमखाना र सिनेमा हल पनि खुल्ने

अब विद्यालय, जिमखाना र सिनेमा हल पनि खुल्ने

काठमाडौं । कोरोनाको महामारीका कारण ९ महिनायता बन्द रहेका विद्यालयहरुमा अब पठनपाठन सुचारु हुँने भएको छ । कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको आइतवारको बैठकले विद्यालय लगायत यसअघि बन्द गरिएका सबै क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो । यो निर्णयसँगै विद्यालयसहित जिमखाना र सिनेमा हल पनि खुल्ने भएका छन् । बन्द रहेका अन्य क्षेत्र पनि खुल्नेछन् । तर, कोरोनाको दोस्रो लहरको जोखिम देख...
२०७७ पुष २० गते सोमबारको राशिफल

२०७७ पुष २० गते सोमबारको राशिफल

बि.सं.२०७७ साल पुष २० गते सोमबार ई. सं. २०२१ जनवरी ४ नेपाल सम्बत ११४१ थिंलाथ्व पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण षष्ठी, चन्द्रमा सिंह राशिमा १ः२० सम्म त्यसपछि कन्या राशिमा, पूर्व फाल्गुनी नक्षत्र ७ः.३३ सम्म त्यसपछि उत्तरफाल्गुनी नक्षत्र, आयुष्मान योग ८ः१३ सम्म त्यसपछि शोभान योग, तैतल करण ७ः३२ सम्म त्यसपछि विष्टि करण । नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त...
मोरङमा सुकुम्वासी समस्याको दीर्घकालिन समाधान खोज्न बहस

मोरङमा सुकुम्वासी समस्याको दीर्घकालिन समाधान खोज्न बहस

विराटनगर । मोरङका स्थानीय तहका प्रमुखहरुले भूमिहीन सुकुम्बासीहरुको समस्या समाधानका विषयमा भूमि आयोगसँग छलफल गरेका छन् । आइतबार विराटनगरमा आयोजित अन्तरक्रियामा समस्याको दीर्घकालीन समाधानका विषयमा बहस भएको हो । मोरङका विभिन्न स्थानीय तहहरुमा हजारौंको संख्यामा रहेका भूमिहीन सुकुम्बासीहरुलाई सुरक्षित आवासको प्रबन्ध मिलाउन तथा जग्गाको लालपूर्जा वितरण गर्न भूमि आयोगले नितिगत सुधार गर्नुपर्ने स्थानीय ...
मुक्तिनाथ विकास बैंकले मनायो १५ औं वार्षिकोत्सव

मुक्तिनाथ विकास बैंकले मनायो १५ औं वार्षिकोत्सव

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न कार्यक्रम गरेर १५ औं वार्षिकोत्सव मनाएको छ । स्थापनाको १४ वर्ष पार गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रम गरेको हो । वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानका ६ वटा अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको छ । त्यस्तै, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग गर्नुका साथ...
काँग्रेसले सार्वजनिक गर्यो वडा तहसम्मका विरोध कार्यक्रम

काँग्रेसले सार्वजनिक गर्यो वडा तहसम्मका विरोध कार्यक्रम

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले वडा तहसम्म आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्म विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएक...
प्रदेश १ का ६९ स्थानीय तहमा अपाङ्गता रोकथाम कार्यक्रम

प्रदेश १ का ६९ स्थानीय तहमा अपाङ्गता रोकथाम कार्यक्रम

विराटनगर । प्रदेश १ सरकारले ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम शुरु गरेको छ । गत आर्थिक बर्षदेखि शुरु भएको कार्यक्रम चालु आर्थिक बर्षसम्म आईपुग्दा ६९ वटा स्थानीय तहमा पुयाइएको हो । चालु आर्थिक बर्षमा ३१ वटा स्थानीय तहमा कार्यक्रम शुरु गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमका लागि आइतवारदेखि विराटनगरमा तालिम पनि शुरु गरिएकोे ...
प्रदेश १ मा थपिए २४ कोरोना संक्रमित, १३३ डिस्चार्ज

प्रदेश १ मा थपिए २४ कोरोना संक्रमित, १३३ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आइतवार २४ जना कोरोना संक्रमित थपिएका छन् । ३५८ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा १३, सुनसरीमा ७, धनकुटामा २ तथा पाँचथर र भोजपुरमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५, उर्लाबारी, पथरीशनिश्चरे र लेटाङमा २/२, रतुवामाई र बेलबारीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीको इटहरीमा ६ र कोशी गाउँपालिकामा १ जनामा संक्रमण देखिएक...
मोरङबाट लागुऔषधसहित तीन जना पक्राउ

मोरङबाट लागुऔषधसहित तीन जना पक्राउ

मोरङ । मोरङका तीन छुट्टाछुट्टै स्थानहरुबाट आइतवार दिउँसो लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजे बिराटनगर–१६ बाट सुन्दरहरैचा नगरपालिका–११ का ३२ बर्षीय कुशल चौधरीलाई पक्राउ गरेको छ । उनको साथवाट लुपिजेसिक–६ एम्पुल, एभिल–६ एम्पुल, डाईजेलाब–६ एम्पुल र फेनारगन–६ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तैगरी, इलाका प्रहरी कार्य...
उर्लाबारीमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

उर्लाबारीमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ । मोरङको उलाबारी नगरपालिका–४ आईतबारेमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट मोटरसाईकल चालक दमक नगरपालिका–४ का ३२ बर्षीय प्रदिप कार्कीको मृत्यु भएको हो । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ ख.६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे.६ प.३२६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा कार्की गंभीर घाईते भएका थिए । कार्कीलाई उपचारका लागि उर्लाबारीस्थ...
कवि रमेशचन्द्रको पुस्तकको परिचर्चा

कवि रमेशचन्द्रको पुस्तकको परिचर्चा

धनकुटा । पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता कृति ‘बुढो गौंडा र इष्टेनीहरु’ को परिचर्चा कार्यक्रम धनकुटामा आयोजना गरिएको छ । मिसन पोइट्रीको आयोजनामा गरिएको कार्यक्रममा अधिकारीको नविन पुस्तकमा समावेश गरिएका कविताबारे कवि तथा भाषाविद्हरुले समिक्षा तथा समालोचना गरे । सो अवसरमा भाषाशास्त्री प्रा.डा. टङ्कप्रसाद न्यौपानेले परिवेशबाट उठान गरिएको कृतिभित्र समग्र मुलुकप्रतिको चिन्तन, समसामयिक परि...
महाकाली नदी मिचेर बाँध बाँध्दै भारत

महाकाली नदी मिचेर बाँध बाँध्दै भारत

दार्चुला । महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो । बाढीले निरन्तर पुर्याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो । नेपालले खोलाको किनारभन्दा सरदर सय मिटर वरै तटबन्ध बनाइरहेको थियो । भारतको आपत्ति थियो– ‘सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा हाम्रो भूभाग डुब्न सक्छ । बनाउने भएर अलि परैबाट बनाउनू ।’ नेपालले तटबन्ध अझ वर सा...
कक्षा ११ को पाठ्यक्रम विवाद अदालतमा, ४ लाख विद्यार्थी मारमा

कक्षा ११ को पाठ्यक्रम विवाद अदालतमा, ४ लाख विद्यार्थी मारमा

काठमाडौं । शैक्षिक सत्रको आधा समय सकिनै लाग्दा कक्षा ११ मा पाठ्यक्रम कार्यान्वयनमा अन्योल देखिएसँगै झन्डै ४ लाख विद्यार्थी मारमा परेका छन् । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले आदेश दिएपछि समस्या उब्जिएको हो । केही विद्यालयले नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिरहेका छन् । केहीले पुरानो र नयाँ पाठ्यक्रमलाई समायोजन गरेर शिक्षण गरिरहेका छन् । सरकारले चालु शैक्षिक सत्रदेखि कक्षा ११...
२०७७ पुष १९ गते आईतबार/आजको राशिफल

२०७७ पुष १९ गते आईतबार/आजको राशिफल

बि.सं.२०७७ साल पुष १९ गते ंआईतबार ई. सं. २०२१ जनवरी ३ नेपाल सम्बत ११४१ थिंलाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण चतुर्थी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र ४ः.१० सम्म त्यसपछि पूर्व फाल्गुनी नक्षत्र, प्रीति योग १०ः२० सम्म त्यसपछि आयुष्मान योग, बालव करण ८ः३८ सम्म त्यसपछि तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ५ः२२ बजे हुनेछ । आज जन्म लिने ब...
धनकुटामा प्रचण्ड–नेपाल समूहको मशाल जुलुशमा ओली समर्थकको हस्तक्षेप प्रयास (भिडियोसहित)

धनकुटामा प्रचण्ड–नेपाल समूहको मशाल जुलुशमा ओली समर्थकको हस्तक्षेप प्रयास (भिडियोसहित)

धनकुटा । धनकुटामा शनिवार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले निकालेको मशाल जुलुशमा केपी ओली समर्थक समूहले हस्तक्षेप प्रयास गरेको छ । संसद् विघटनको विरोधमा अनेरास्ववियूको प्रचण्ड–नेपाल पक्षको अगुवाईमा धनकुटा बजारमा निकालिएको मशाल जुलुशमा ओली समर्थक युवाहरु प्रवेश गरेर जुुलुश बिथोल्ने प्रयास गरेका हुन् । संसद् विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी ग...
प्रदेश १ का तीन जिल्लामा थपिए ३० कोरोना संक्रमित, ९५ डिस्चार्ज

प्रदेश १ का तीन जिल्लामा थपिए ३० कोरोना संक्रमित, ९५ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शनिबार ३० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरीमा ८ र झापामा ६ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १०, बुढीगंगामा ४, लेटाङमा २ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको इटहरीमा ४, धरानमा २, रामधुनी र हरिनगरमा १/१, झापाको विर्तामोडमा २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमल गाउँपालिकामा १/१ जनामा संक्रम...
झापामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । झापा गाँउपालिका–६ शर्णामतीस्थित भित्री सडकखण्डमा मे.१ त.५९८९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल हिडिरहेकी स्थानीय ४० बर्षीया कुमारी बराईलीको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाईते भएकी बराईलीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...
मोरङ र सुनसरीबाट गाँजासहित तीन जना पक्राउ

मोरङ र सुनसरीबाट गाँजासहित तीन जना पक्राउ

बिराटनगर । मोरङ र सुनसरीबाट गाँजासहित तीन जना पक्राउ परेका छन् । मोरङको केराबारी गाउँपालिका–१० खदम खोलाबाट गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा केराबारी–७ का १७ बर्षीय विशेष राई र १९ बर्षीय बिपिन लिम्बु छन् । ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको टोलीले शुक्रबार बेलुका २ केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको इटहरी उप–महानगरपालिका–९ बाट...
बालकको बीभत्स हत्या

बालकको बीभत्स हत्या

जनकपुरधाम । ‘मेरो सोना राजा, मेरो अभि मलाई छोडेर कहाँ गयौ ?’ ३० वर्षीया रामपुकारी राय ५ वर्षीय छोरो अभिनन्दन खोज्दै भक्कानिँदै थिइन्। छोराहरू जेठो ११ वर्षीय दीपक, माइलो ८ वर्षीय करण र छोरी ८ महिनाकी आरुषीकुमारी साथमै थिए। छिमेकी र आफन्त उनीहरूलाई सम्झाइबुझाइ गरिरहेका थिए। दीपक पनि भक्कानो छाडेर रोइरहेका थिए। करण दाइ दीपकलाई भन्दै थिए, ‘म भाइसँग दुई दिनदेखि खेल्न पाएको छैन। मेरो भाइ ल्याइदेऊ।’ छ...
नेकपा आधिकारिकता र चुनाव चिह्न विवाद: निर्वाचन आयोगले माग्यो थप कागजात

नेकपा आधिकारिकता र चुनाव चिह्न विवाद: निर्वाचन आयोगले माग्यो थप कागजात

काठमाडौं । सत्तारूढ दल नेकपाको आधिकारिकता र निर्वाचन चिह्नको विषय निर्वाचन आयोगमा पुगे पनि आयोगले त्यस सम्बन्धमा कुनै छानबिन थालेको छैन । आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले पेस गरेको कागजातमा केही अपुग भएको भन्दै थप कागजात माग गरेको छ । सत्तारूढ दल नेकपा दुई समूहमा विभाजन भएपछि दुईमध्ये कुन पक्ष आधिकारिक हुने र चुनाव चिह्न कसले पाउने भन्ने बारेमा बहस र विवाद भइरहेको छ । प्...
error: Content is protected !!