संगालोखबर सम्वाददाता
फायल तस्बीर

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा करेन्ट लागेर जंगली भालुको मृत्यु भएको छ । मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारवाट करेन्ट लागेर भालु मरेको डिभिजन वन कार्यालय त्रिवेणीले जनाएको छ ।

विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा भालुलाई करेन्ट लागेको बताइएको छ । हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युतको तार चुरे जङगलका केही भाग र जमिनमासमेत प्रवाह हुने गरेका कारण घटना भएको बन कार्यालयले जनाएको छ ।

Advertisement

नाङ्गो तार र चिसो जमिन तथा हरियो रुख बिरुवा तारमा छुँदा बेला–बेला यस्ता घटना हुँने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!