स्याङ्जामा भेटिए ११५ प्रजातिका चरा
गण्डकी । मिलेनियम ट्रेक (सहस्राब्दी पदमार्ग) अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैँसेगौंडामा ११५ प्रजातिका चरा भेटिएका छन् । तनहुँको दुलेगौंडा हुँदै स्याङ्जाको रामबाछा जोडिने सो पदमार्गमा ११५ प्रजातिका चरा फेला परेको प्रकृतिका साथीहरू संस्थाको आयोजनामा हालै सम्पन्न अध्ययन अनुसन्धानका क्रममा भेटिएको हो ।
चराको अध्ययन अनुसन्धान गर्न आयोजित १९ दिने वन्यजन्तु अनुसन्धान विधि तालीममा देशका विभ...




























