संगालोखबर सम्बाददाता

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ को अध्यक्षमा उद्योगी टिकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सोेमबार भएको तेस्रो साधारणसभाले विर्तामोडका व्यवसायी ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

Advertisement

महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा भीमबहादुर पौडेल, एसोशिएटतर्फको उपाध्यक्षमा राजेन्द्र राउत र कोषाध्यक्षमा रमेश राठी निर्वाचित भएका छन् । यस्तै जिल्ला नगर सदस्यमा युवराज शाक्य, कुमार भट्टराई, भुपाल राज कटुवाल, वीरेन्द्रकुमार साह र प्रितम खड्गी निर्वाचित भएका छन् ।

यस्तै एसोसिएट सदस्यहरुमा सुवास आचार्य र राजन श्रेष्ठ, वस्तुगत सदस्यमा रविनकुमार दाहाल र श्रवण कुमार अग्रवाल निर्वाचित भएका छन् । तोकिएका पदमा तोकिएको संख्यामा मात्र उम्मेद्वारी वाँकी रहेकाले सबै पदमा निर्विरोध निर्वाचित भएको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!