कविता : कस्तो प्रजातन्त्र

कविता : कस्तो प्रजातन्त्र

लकडाउनको त्यो लामो समय अनि गुमेको रोजगारी खाली खल्ती र भोको पेटमा लात हान्ने कस्तो प्रजातन्त्र ल्यायौ र सरकार। जनता मरिरहेको बेला औषधिमा भ्रष्टाचार गर्ने सीमा पारी रोइरहेका जनताको वास्ता नगर्ने आखिर कस्तो प्रजातन्त्र ल्यायौ र सरकार। भोक लाग्यो भन्दा खान दिने घर बाहिर निस्किन हुन्न भनी चेतना जगाउने अनि घर-घरमा अन्न पुर्याउने अभियान्ताबाट कमिसन नपाउदा यस्तो काम गर्न हुन्न भनी ...
प्रदेश संरचनालाई अस्थिरतातर्फ डोर्याउने कार्य भईरहेको छ : मुख्यमन्त्री राई

प्रदेश संरचनालाई अस्थिरतातर्फ डोर्याउने कार्य भईरहेको छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा उठेका कानुनी र वैधानिक प्रश्नहरुको निरुपण गर्न सरकार तयार रहेको बताएका छन् । शुक्रबार प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेश १ मा संघीयताको मुटुका रुपमा रहेको प्रदेश संरचनालाई अस्थिरता र अराजकतातर्फ डोर्याउने कार्य भईरहेको बताए । उन...
तेह्रथुममा चट्याङ लागेर एक जनाको मृत्यु

तेह्रथुममा चट्याङ लागेर एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका–७ फिर्केमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब ३ बजे चट्याङ लागेर फिर्केका ५४ बर्षीय कृष्ण खड्काको मृत्यु भएको हो । घर नजिक रहेको गोठमा खोले पकाउँदै गरेका बेला चट्याङ लाग्दा खड्का बेहोस भएका थिए । स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका क्रममा साँझ करिब पौने ७ बजे खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
मोरङको विराटचोक–घिनाघाट सडक बिस्तारको काम अवरुद्ध (भिडियो रिपोर्टसहित)

मोरङको विराटचोक–घिनाघाट सडक बिस्तारको काम अवरुद्ध (भिडियो रिपोर्टसहित)

विराटनगर । प्रदेश १ सरकारको लगानीमा निमार्णाधिन मोरङको विराटचोक–घिनाघाट सडक बिस्तारको काम अवरुद्ध भएको छ । निर्माण कम्पनीले भुक्तानी नपाएपछि सडक निर्माणको काम अवरुद्ध भएको हो । प्रदेश गौरवको योजनाका रुपमा रहेको सो सडक गतवर्ष मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए । दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्ने योजनाका साथ २२ किलोमिटर सडकलाई ३ भागमा विभाजन गरि काम थालिएको थियो । १० किलोमिटरको व...
हत्या भएको १७ दिनपछि भागरथीको दाहसंस्कार गरिदैं

हत्या भएको १७ दिनपछि भागरथीको दाहसंस्कार गरिदैं

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेशले...
भागरथीको शव बुझ्न परिवारद्वारा अझै अस्वीकार

भागरथीको शव बुझ्न परिवारद्वारा अझै अस्वीकार

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरे पनि आफन्तले अझै शव बुझेका छैनन् । प्रहरीले अभियुक्त दिनेश भट्टलाई बुधबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेको छ । प्रहरीले मृतक भागरथीको आफन्त पर्ने दिनेशलाई पक्राउ गरेको भए पनि प्रमाण देखाउनुपर्ने भन्दै शव बुझ्न अस्वीकार गरेको भागरथीका आफन्तले बताएका छन् । यसैबीच भागरथ...
आज प्रजातन्त्र दिवस, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

आज प्रजातन्त्र दिवस, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले आजको दिनले दिगो शान्ति, सुशासन, विकास...
रित्तिदैछन् गाउँ

रित्तिदैछन् गाउँ

काठमाडौं । गाउँबाट सहर पस्ने क्रम अत्यधिक बढेको छ। बसाइसराइका कारण कतिपय गाउँ मानवविहीन हुन थालेका छन्। तर, तराई/मधेस र सहरी क्षेत्रमा मान्छे नै मान्छे हुन थालेका छन्। शिक्षा, स्वास्थ्यको सहज पहुँचसँगै भौतिक सुखसुविधा प्राप्तिका लागि गाउँ छाड्ने गरेको देखिन्छ। २०६८ को जनगणना अनुसार तराई/मधेसको १७ प्रतिशत भूभागमा ५२ प्रतिशत जनसंख्याको बसोबास छ। पूर्वाधार विज्ञ किशोर थापा अबको जनगणनामा ६० प्रतिशत...
२०७७ फागुन ७ गते शुक्रबारको राशिफल

२०७७ फागुन ७ गते शुक्रबारको राशिफल

बि.सं.२०७७ साल ७ गते शुक्रबार ई. सं. २०२१ फेब्रुअरी १९ नेपाल सम्बत ११४१ पोहेलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, माघ शुक्ल सप्तमी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, एन्द्र योग, वणिज करण ११ः१३ बजे सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः३७ बजे, सूर्यास्त साँझ ५ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा...
आइपीएलमा छनोट भएनन् सन्दीप

आइपीएलमा छनोट भएनन् सन्दीप

काठमाडौं  ।  सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए । उनलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेलेका थिए । उनी त्यो बेला रु ३२ ल...
धनकुटाको नुनथलामा भारी हिमपात, हिउँले ढाक्दा सडक अवरुद्ध (फोटो फिचरसहित)

धनकुटाको नुनथलामा भारी हिमपात, हिउँले ढाक्दा सडक अवरुद्ध (फोटो फिचरसहित)

धनकुटा । धनकुटाको उत्तरी क्षेत्रमा बिहिबार भारी हिमपात भएको छ । जिल्लाको नुनथला, चित्रे लगायत क्षेत्रमा हिमपात भएको हो । सो क्षेत्रमा करिब एक फिट हिउँ जमेको सिधुवाका स्थानीय सुमन पौडेलले जानकारी दिए । पौडेलका अनुसार सुरुमा सामान्य असिनासहित पानी परेको थियो । पछि हिमपात भएको हो । हिमपातका कारण सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । नुनथला–चित्रे खण्डमा हिउँले सडक ढाक्दा दिउँसो करिब १ घण्टा सडक अव...
फोनिजले स्मारिका छाप्ने

फोनिजले स्मारिका छाप्ने

धनकुटा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले संस्थाको स्थापनाकालदेखि हालसम्मका गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ । फोनिजको विहिवार वसेको वैठकले आगामी जेष्ठ मसान्तसम्ममा स्मारिका प्रकाशन गर्ने निर्णय गरेको हो । धनकुटा शाखाको स्थापनाकालदेखि हालसम्म सञ्चालन भएका गतिविधिलाई अभिलेखीकरण गर्दै दस्तावेजको रुपमा स्मारिका प्रकाशन गर्ने निर्णय भएको फोनिज अध्यक्ष सन्तबीर लामाले ज...
मोरङको बुढीगंगामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङको बुढीगंगामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ । मोरङमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुढीगंगा–२ स्थित राजमार्गमा एम्बुलेन्सकले ठक्कर दिँदा ग्रामथान–२ की ४५ बर्षीया रम्वादेवी महतोको मृत्यु भएको हो । बुधबार दिउँसो करिव साढे २ बजे ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १–०२–००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई रम्वादेवीलाई ठक्कर दिएको होे । ठक्करबाट गंभीर घाइते भएकी रम्वादेवीको बुढिगंगास्थित...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

विराटनगर । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुन तोलाको ६०० रुपैयाँले घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन तोलाको ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । केही दिनयता सुनको मूल्य घट्दो क्रममा छ । त्यस्तै गरी आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलाको १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रुपैय...
सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनीमा गएराती पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा रामधुनी ३ का २२ बर्षीय सुरज चौधरी छन् । राती पौने १० बजे को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१ प ३१४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक चौधरी गम्भिर घाइते भएका थिए । घाईते चौधरीलाई उपचारका लागि विराटनगरस्थित बिराट नर्सिङ होम लगिएको थियो । उपचारका क्रममा राती साँढे ११ बजे उनको मृत्य...
विप्लव समूहका मोरङ इन्चार्ज विक जेल चलान

विप्लव समूहका मोरङ इन्चार्ज विक जेल चलान

विराटनगर । नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ इञ्चार्ज धनबहादुर विक जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गा खड्काको इजलासले विकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि विकलाई बुधबार मोरङ कारागार चलान गरिएको हो । संखुवासभाको मादी–४ ओखरबोटेका विक उद्योगी व्यवसायीलाई धम्क्याउँदै चन्दा असुलेको आरोपमा पक्राउ परेका थिए । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको आरोप...
प्रचण्डको सुरक्षामा खटिए पूर्वलडाकु

प्रचण्डको सुरक्षामा खटिए पूर्वलडाकु

काठमाडौँ । सरकारले पूर्वपदाधिकारीहरूको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । सशस्त्र द्वन्द्वकालमा उनी बटालियन कमान्डरसम्...
डाक्टरको परामर्श शुल्क बढ्दा बिरामी मर्कामा

डाक्टरको परामर्श शुल्क बढ्दा बिरामी मर्कामा

काठमाडौं । डाक्टरहरूले परामर्श तथा जाँच्ने शुल्क बढाएसँगै बिरामी मर्कामा परेका छन् । चिकित्सकीय परामर्श शुल्क अत्यधिक रूपमा बढेपछि उपचार गर्न नसक्ने बिरामी स्वास्थ्य सेवा लिन पाउने हकबाट समेत वञ्चित हुने देखिएको छ । यसले विपन्न र गरिब नराम्ररी प्रभावित हुनेछन् । नेपाल चिकित्सक संघ र एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले पुनरावलोकन भएको चिकित्सकीय परामर्श शुल्क लिन आग्रह गरेका ...
ताप्लेजुङमा सुत्केरी गाईलाई भत्ता

ताप्लेजुङमा सुत्केरी गाईलाई भत्ता

ताप्लेजुङ । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँपालिकाका पशु शाखा प्रमुख एन्जलबाबु कार्कीले बताए । आव २०७५/७७ मा एक हजार सुत्केरी गाईलाई भत्ता...
देश ठूलो संकटमा फस्दैछ: नेता भण्डारी

देश ठूलो संकटमा फस्दैछ: नेता भण्डारी

धनकुटा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले मुलुक ठूलो संकटमा फस्दै गएको बताएका छन् । धनकुटामा वुधवार आयोजित काँग्रेसको कार्यकर्ता भेलालाई संवोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । प्रतिनिधिसभा पुर्नस्थापना भए पनि देश ठूलो संकटमा फस्ने र अब मुलुक सहज रुपमा अगाडि बढ्न निकै चुनौति सामना गर्नुपर्ने नेता भण्डारीको तर्क छ । पूर्व मन्त्रीसमेत रहेका भण्डारीले ...
धनकुटाका विद्यार्थीद्वारा न्याय माग्दै प्रदर्शन

धनकुटाका विद्यार्थीद्वारा न्याय माग्दै प्रदर्शन

धनकुटा । बैतडीकी बालिका भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई कडा कारबाहीको माग गर्दै धनकुटाका विद्यार्थीहरुले बुधवार जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन् । दोषीलाई कडा कारबाही गरी पीडित पक्षलाई न्याय दिलाउँन माग गर्दै राष्ट्रव्यापी बाल स्वयम्सेवक सञ्जालको अगुवाइमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । न्याय मार्न पाईदैन, न कसैको पक्षमा न कसैको विपक्षमा हामि छौं न्यायको आशमा, ढिलो न...
२०७७ फागुन ६ गते बिहिबारको राशिफल

२०७७ फागुन ६ गते बिहिबारको राशिफल

बि.सं.२०७७ साल फागुन ६ गते बिहिबार ई.सं. २०२१ फेब्रुअरी १८ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ शुक्ल षष्ठी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, ब्रम्हा योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः३८ बजे, सूर्यास्त साँझ ५ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा...
हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा

हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन् । “त्यस्ता जघन्य घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन मन्त्रालय प्रतिबद्ध छ”, उनले सामाजिक सञ्जालमार्फत भने, “बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानूनी कारवाहीको दायरामा आइसकेको छ ।” मन्त्री थापाले संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर...
धनकुटाका नेता मादेन र खतिवडाले अस्वीकार गरे बामदेव पक्षले दिएको पद

धनकुटाका नेता मादेन र खतिवडाले अस्वीकार गरे बामदेव पक्षले दिएको पद

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका नेता उठान मादेन र पुन्यप्रसाद खतिवडाले पार्टी उपाध्यक्ष बामदेव गौतम समूहले दिएको पद अस्वीकार गरेका छन् । केपी ओली र प्रचण्ड–माधव समूहको विवादका कारण नेकपा फुटको संघारमा रहेका बेला उपाध्यक्ष गौतमले पार्टी एकताको नाममा अभियान चलाइरहेका छन् । सोही अभियानमा दिइएको जिम्मेवारी नेता मादेन र खतिवडाले अस्वीकार गरेका हुन् । दुवै जनाले पद अस्वीकार गरेको भन्...
विराटनगरका मुख्य सडकमा रोकिएन पेटी अतिक्रमण

विराटनगरका मुख्य सडकमा रोकिएन पेटी अतिक्रमण

विराटनगर । विराटनगर महानगर त्यसमा पनि प्रदेशको राजधानी प्रवेश गर्ने कोशी राजमार्गमा नियमित भइरहेको सडक अतिक्रमणलाई सम्बन्धित निकायले रोक्न सकेको छैन । चारलेन सडकमा ब्यवस्थित पेटी बनेपनि किनार र पेटी अतिक्रमणले पैदलयात्रीले सडकबाट हिंड्नु पर्ने बाध्यता छ । विराटनगर प्रवेशद्वार दक्षिण तर्फको सडकको दुबै पेटी र किनारमा निर्माण सामग्रीले पेटी बन्द गरि दिएको छ । पसलेले ब्यापार गरेका छन् भने ग्यारेज स...
पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापा । झापा गाँउपालिका–७ स्थित कानोमाई खोलाको पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा झापा गाँउपालिका–६ शरणामतिका २२ बर्षीय सनम तामाङको मृत्यु भएको हो । मंगलबार साँझ करिव ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १३ प ९०० नम्बरको मोटरसाइकल पुलमा अनियन्त्रित भई दुर्घटना हुँदा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रशारण लाइन नबन्दा अर्बौं गुमाउँदै निजी क्षेत्र

प्रशारण लाइन नबन्दा अर्बौं गुमाउँदै निजी क्षेत्र

काठमाडौं । २५ मेगावाट सिंगटी खोला जलविद्युत् आयोजनाको निर्माण अघिल्लो फागुनमा सकिएको थियो । आयोजनाले अहिले विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा भए पनि प्रसारण लाइन नपुग्दा बिजुली उत्पादन गरेको छैन। यस्तो समसया सिंगटी आयोजनाको मात्र होइन, मुलुकमा एक सय मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सक्ने अवस्थामा पुगेका आयोजना पनि प्रसारण लाइनको पहुँदा नपुग्दा उत्पादन नगरी बसेका छन् । मुलुकमा भने भारतबाट ...
भोक लाग्दा माटो खान्छन् टुहुरा बालिका

भोक लाग्दा माटो खान्छन् टुहुरा बालिका

बैतडी । १० वर्षीया सविता, नौ वर्षीया सुनिता र पाँच वर्षीया र मिला एकै परिवारका टुहुरा दिदीबहिनी हुन् । फुसले छाएको घर भत्किने अवस्थामा पुगेको छ भने खाने अन्न छैन । भोकले छटपटाउँदा उनीहरू माटो खान्छन् । जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने–ओछ्याउने थप कपडा छैन । दिउँसो घाम तापेर र राति आगो बालेर बस्ने गरेका छन् । यो कुनै चलचित्रको कथा जस्तो लाग्ने पीडा बैतडीको सिगास गाउँपालिका–८, न्वादेउका ती...
२०७७ फागुन ५ गते बुधबारको राशिफल

२०७७ फागुन ५ गते बुधबारको राशिफल

बि.सं.२०७७ साल फागुन ५ गते बुधबार ई.सं. २०२१ फेब्रुअरी १७ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ ुशुक्ल षष्ठी, चन्द्रमा मेष राशिमा, अश्रिव्नी नक्षत्र, शुक्ल योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः३९ बजे, सूर्यास्त साँझ ५ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर ज...
पेट्रोलियम पदार्थको भाउ बढ्यो

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँका दरले बढाएको हो । मूल्य बृद्धि भएपछि अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेल ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमले जनाएको छ । यसअघि पनि निगमले माघ २८ गते पेट्रोल, डिजेल, मट्टिते...
सिधुवाले जित्यो महालक्ष्मी मेयर कपको उपाधि

सिधुवाले जित्यो महालक्ष्मी मेयर कपको उपाधि

धनकुटा । सिंहदेवी युथ क्लव सिधुवाले धनकुटाको जितपुरमा सञ्चालित दोस्रो महालक्ष्मी मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा आयोजक जितपुर ‘ए’ लाई ट्राइबेकरमार्फत ३–१ गोल अन्तरले पराजित गर्दै सिंहदेवीले उपाधिमाथि कब्जा जमाएको हो । खेलको सुरुवाती चरणमा जितपुरका टिम क्याप्टेन मनिस गुरुङले कर्नरबाट आएको बललाई हेडमार्फत गोल गर्दै टिमको खाता खोलेका थिए । पहिलो हाममा...
error: Content is protected !!