संगालोखबर सम्बाददाता
फायल तस्बीर

झापा । झापा गाँउपालिका–७ स्थित कानोमाई खोलाको पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा झापा गाँउपालिका–६ शरणामतिका २२ बर्षीय सनम तामाङको मृत्यु भएको हो ।

मंगलबार साँझ करिव ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १३ प ९०० नम्बरको मोटरसाइकल पुलमा अनियन्त्रित भई दुर्घटना हुँदा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!