बुढीगंगामा वडास्तरबाट ३२ फुटबल खेलाडी छनोट, निरन्तर अभ्यास गराइने
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिताका माध्यमबाट ३२ जना फुटबल खेलाडी छनोट गरिएको छ । गत असार १३ गतेदेखि २१ गतेसम्म भएको प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो ।
बुढीगंगा गाउँ युवा परिषद्को आयोजनामा ‘तीन युग तीन नेतृत्व, विगत र वर्तमान स्थानीय नेतृत्वको सम्मान’ भन्ने नाराका साथ ८ वटा फुटबल टीम निर्माण गरेर प्रतियोगिता सञ्चालन गरिएको थियो ।
दुई सय खेलाडी सहभागि...































