मनी ट्रान्सफरमा डकैती गर्ने चार जना पक्राउ

मनी ट्रान्सफरमा डकैती गर्ने चार जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकस्थित कन्चन मनी ट्रान्सफरमा डकैती गर्ने समुहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । डकैतीका मुख्य योजनाकार फुङलिङ–२ का २९ वर्षीय राजन पर्तेल, झापाको शिवसताक्षी–१ का २६ वर्षीय चुनबहादुर सुनार, झापाको अर्जुनधारा–१० का २५ वर्षीय मणिराज पर्तेल र ताप्लेजुङको सिदिङवा–५ का २७ वर्षीय गजेन्द्र लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । गत असोज १७ गते बि...
धनकुटामा दुई प्रदेश सभा सदस्यका लागि १२ उम्मेद्वार चुनावी मैदानमा

धनकुटामा दुई प्रदेश सभा सदस्यका लागि १२ उम्मेद्वार चुनावी मैदानमा

धनकुटा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि धनकुटाबाट १२ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं.१ बाट पाँच र निर्वाचन क्षेत्र नं.२ बाट सात जनाले उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएका हुन् । प्रदेश निर्वाचन क्षेत्र नं.१ मा नेकपा एमालेका जिल्ला सचिव एवं निवर्तमान प्रदेश सभा सदस्य निरन राईले उम्मेद्वारी दिएका छन् । उनी २०७४ सालको निर्वाचनमा सोही क...
धनकुटाबाट प्रतिनिधि सभा सदस्यका लागि नौं जनाले दिए उम्मेद्वारी

धनकुटाबाट प्रतिनिधि सभा सदस्यका लागि नौं जनाले दिए उम्मेद्वारी

धनकुटा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट ९ जनाले उम्मेद्वारी दिएका छन् । धनकुटाको सामुदायिक भवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् । धनकुटाबाट निर्वाचित हुने एक प्रतिनिधि सभा सदस्यका लागि राजनीतिक दलबाट सात र स्वतन्त्र दुई जना उम्मेदवारले उम्मेद्वारी मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत राजन बास्तो...
भेडेटारमा गुडिरहेको बसमा आगो लागेपछि यात्रुको भागाभाग

भेडेटारमा गुडिरहेको बसमा आगो लागेपछि यात्रुको भागाभाग

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडकखण्डस्थित भेडेटार नजिक आज दिउँसो गुडिरहेको बसमा आगो लागेको छ । काठमाडौंबाट तेह्रथुम जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी बस भेडेटार आइपुग्न लाग्दा दिउँसो करिब ३ः३० बजे आगो लागेको हो । आगलागीमा मानवीय क्षति भने भएको छैन । गाडी गुडिरहेका बेला इन्जिनतर्फबाट आगो निस्किएपछि यात्रुहरूको भागाभाग भएको थियो । गाडीमा ३५ जना यात्रु सवार थिए । आगो लाग्नासाथ सबै यात...
धनकुटामा बुबाद्वारा छोराको हत्या

धनकुटामा बुबाद्वारा छोराको हत्या

धनकुटा । धनकुटाको उत्तरपानीमा आज बिहान बाबुले आफ्नै छोराको हत्या गरेका छन् । धनकुटाको पाख्रीवास नगरपालिका–९ उत्तरपानीका ५४ बर्षीय उपेन्द्र ठाडा मगरले छोरा ३० बर्षीय सन्तोषको हत्या गरेका हुन् । सामान्य घरायसी विवादका क्रममा बिहान करिब ८ः३० बजे उपेन्द्रले छोरा सन्तोषमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरीले घाँटीमा लागेर सन्तोषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख ...
आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैमा शुभ दिन भएकाले आज टीक...
धनकुटामा ग्यास लिक भएर घरमा आगलागी

धनकुटामा ग्यास लिक भएर घरमा आगलागी

धनकुटा । धनकुटा नगरपालिका–४ दानावारीस्थित गोपाल अधिकारीको घरमा आज अपरान्ह ग्यास लिक भएर आगलागी भएको छ । अपरान्ह करिब ४ बजे अधिकारीको भान्साकोठामा खाना पकाउने सिलिण्डरबाट ग्यास लिक भएर आगो लागेको हो । आगलागीबाट भान्साकोठा जलेर नष्ट भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । आगलागीमा परी भान्साकोठासहित त्यहाँ रहेको अन्नपात, ¥याक, भाडा लगायत  सामाग्री जलेर नष्ट हुँदा करिब...
थारु समुदायका लागि सधै सहयोग गर्छु: डा.शर्मा

थारु समुदायका लागि सधै सहयोग गर्छु: डा.शर्मा

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका लागि आफुले सधै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नोबेल अस्पतालको प्रायोजनमा सञ्चालित नोबेल मिस्टर एण्ड मिस थारु आइकनको विराटनगरमा आयोजित समापन कार्यक्रमलाई संवोधन गर्दै डा.शर्माले थारु समुदायको संस्कार, सस्कृतिको प्रवर्धनका लागि सधै सहयोग गर्ने बताएका हुन् । आफु थारु गाउँमै हुर्किएको स्मरण गर्दै डा.शर्माले थारु समुदायको...
चुनावमा थारु समुदायले डा.सुनिल शर्मालाई सघाउँछन्: सांसद मोदी

चुनावमा थारु समुदायले डा.सुनिल शर्मालाई सघाउँछन्: सांसद मोदी

विराटनगर । प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले मोरङको क्षेत्र नं.३ मा कांग्रेस उम्मेद्वार डा.सुनिल शर्मालाई सघाउँने बताएका छन् । विराटनगरमा आयोजित नोबेल मिस्टर एण्ड मिस थारु आइकन समापन कार्यक्रमलाई संवोधन गर्दै सांसद मोदीले यस्तो बताएका हुन् । नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.शर्माले थारु समुदायलाई धेरै गुन लगाएको भन्दै सांसद मोदीले अब मंसिर ४ ...
मासु खाँदा हड्डी अड्किएर एक जनाको मृत्यु

मासु खाँदा हड्डी अड्किएर एक जनाको मृत्यु

चितवन । चितवनमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री छन् । सोमबार साँझ करिब ७ः३० बजे खाना खाने क्रममा क्षेत्रीको घाँटीमा मासुको हड्डी अड्किएको थियो । उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेर पुरानो मेडिकल कलेज ल्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी क...
संखुवासभाको सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता

संखुवासभाको सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित सभाखोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता भएका छन् । खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम बेपत्ता भएका हुन् । आफ्नै गाडी लिएर सोमबार सभाखोला गएका बाबुछोरा घर नफर्केपछि मंगलवार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रदेश १–०२–००२ च ५९२० नम्बरको बलेरो जीप, कपडा, जुत्ता, मोबाइल फोन, साबुन लगायतका सामग्र...
विराटनगरबाट फर्केर भोजपुरमा ड्रागन खेती, वार्षिक १२ लाख आम्दानी

विराटनगरबाट फर्केर भोजपुरमा ड्रागन खेती, वार्षिक १२ लाख आम्दानी

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनले व्यवसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी गर्दै आएको बताए । सुख्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यवसायिक खेती गरिरहेका छन् । दस वर्षअघिबाट व्यवसायिक खेती थालेका उनले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका छन् । अहिले ती...
सरोज र पुजा बने मिस्टर एण्ड मिस थारु आइकन

सरोज र पुजा बने मिस्टर एण्ड मिस थारु आइकन

विराटनगर । सरोज चौधरी र पुजा माझी नोबेल मिस्टर एण्ड मिस थारु आइकन बनेका छन् । विराटनगरमा भएको ग्राण्ड फिनालेमा प्रतिष्प्रधिहरुलाई उछिन्दै सरोज मिस्टर थारु आइकन र पुजा मिस थारु आइकन घोषित भएका हुन् । थारु आइकनको उपाधि जितेसँगै सरोज र पुजाले जनही ५० हजार नगद पुरस्कार पाएका छन् । यता, साहिल विश्वास र सुजता चौधरी फस्ट रनरअप घोषित भए । विप्लव चौधरी र सन्ध्या सरदार सेकेण्ड रनरअप बनेका छन् । फस्ट रनरअ...
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक परिचालित हुने

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक परिचालित हुने

काठमाडौं ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्। आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए। विदेशीतर्फ हालसम्म दुईवटा संस्थाले पर्यवेक्षणका ल...
विशेष प्रहरी भन्दै ठगी गर्ने दुई जना पक्राउ

विशेष प्रहरी भन्दै ठगी गर्ने दुई जना पक्राउ

उदयपुर । उदयपुरमा आफूलाई विशेष प्रहरी भएको बताउँदै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिका–७ मुर्कुर्चीका २३ वर्षीय दिलिप भनिने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाटका ३३ वर्षीय सन्तोष चौधरी छन् । उनीहरुले आफू सिभिल (सादा पोसाकका) प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्की दिएर जवरजस्ती रकम मागेर ठगी गरेको आरोप छ । चौदण्डीगढी नगरपालिका–८ घर...
भोजपुरे खुकुरीको माग उच्च, कालिगड अभावले समस्या

भोजपुरे खुकुरीको माग उच्च, कालिगड अभावले समस्या

भोजपुर । भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमासमेत प्रख्यात छ । चाडपर्वको सुरुआतसँगै भोजपुरमा अहिले खुकुरीको मागसमेत बढेको छ । खुकुरीको माग बढेअनुसार दक्ष कालिगडको भने अभाव देखिएको खुकुरी व्यवसायीहरूको भनाइ छ । उर्मिला आरन उद्योग भोजपुरका व्यवस्थापक हिरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगडको अभावका कारण समस्या देखिने गरेको बताउछन् । उनी भन्छन्, ‘भोजपुरमा बनेका खु...
२०७९ असोज १६ गते आइतवारको राशिफल

२०७९ असोज १६ गते आइतवारको राशिफल

ई.सं. २०२२ अक्टेबर २ नेपाल सम्बत ११४२ कौलाथ्य सप्तमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष सप्तमी तिथी, चन्द्रमा धनु राशिमा, मुल नक्षत्र, सौभाग्या योग, गर करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५६ बजे, सूर्यास्त साँझ ६ :४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आ...
खोटाङमा गुडिरहेको बसमा आगलागी

खोटाङमा गुडिरहेको बसमा आगलागी

खोटाङ । खोटाङमा आज साँझ गुडिरहेको बसमा आगो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवामा गुडिरहेको बा ३ ख ८९८१ नम्बरका यात्रुवाहक बसमा आगो लागेको हो । सो बस काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै थियो । घटनामा मानवीय क्षति भने भएको छैन । तर, बस र बसमा भएका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुहरुले बताएका छन् । गुडिरहेको बसमा आ...
किरात राई पत्रकार संघले मनायो स्थापना दिवस

किरात राई पत्रकार संघले मनायो स्थापना दिवस

धनकुटा । किरात राई पत्रकार संघ धनकुटाले शनिवार १५ औं स्थापना दिवस मनाएको छ । पत्रकार महासंघ धनकुटाको सभाहलका कार्यक्रम गरेर संघले आफ्नो स्थापना दिवस मनाएको हो । किरात राई यायोख्खाका अध्यक्ष उद्धवमणी राईले दीप प्रज्वलन गर्दै ब्यानर पढेर कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै राईले किरात राई पत्रकारहरूले अझ शसक्त ढंगले कलम चलाएर अघि बढ्नुपर्नेमा जोड दिए । किरात राई पत्रकार संघका जिल्ला...
२०७९ असोज १५ गते शनिवारको राशिफल

२०७९ असोज १५ गते शनिवारको राशिफल

ई.सं.२०२२ अक्टेबर १ नेपाल सम्बत ११४२ कौलाथ्य षष्ठी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष षष्ठी तिथी, चन्द्रमा बृश्चिक राशिमा, ज्येठा नक्षत्र, आयुष्मान योग, कौलाव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५६ बजे, सूर्यास्त साँझ ६:५० बजे हुनेछ । आज जन्म लिने बच्चाको बृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल ...
पाख्रीवास नगरका कर्मचारीद्वारा ‘पेनडाउन’

पाख्रीवास नगरका कर्मचारीद्वारा ‘पेनडाउन’

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाका कर्मचारीहरूले शुक्रबार ‘पेनडाउन’ गरेर अत्यावश्यक बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेका छन् । प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई धम्की दिएको भन्दै कर्मचारीहरूले ‘पेनडाउन’ गरेका हुन् । पाख्रीवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले सूचना जारी गरेर पेनडाउन गरिएको जानकारी गराएका छन् । कर्मचारीहरूको शुक्रबा...
मोरङको उर्लाबारीमा करेन्ट लाग्दा एक जनाको मृत्यु

मोरङको उर्लाबारीमा करेन्ट लाग्दा एक जनाको मृत्यु

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ मा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका–२ का ३५ वर्षीय उद्धव परियार छन् । उनलाई निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
२०७९ असोज १४ गते शुक्रवारको राशिफल

२०७९ असोज १४ गते शुक्रवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर ३० नेपाल सम्बत ११४२ कौलाथ्य पञ्चमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष पञ्चमी तिथी, चन्द्रमा बृश्चिक राशिमा, अनुराधा नक्षत्र, प्रीति योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६:५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फ...
मोरङको पथरीशनिश्चरे, सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङको पथरीशनिश्चरे, सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहिबार मोरङको पथरीशनिश्चरे, सुन्दरहरैंचा र कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विपन्न विरामीलाई लक्षित गर्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले एकैदिन तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी विरामीहरुको निःशुल्क उपचार गराएका हुन् । सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ मा सञ्चालित शिविरमा २२५ जना विरामीको निःशुल्क उपचार गरिएको छ । ...
देवराजले जिते दौडको उपाधि

देवराजले जिते दौडको उपाधि

धनकुटा । नेपाली सेनाका देवराज बस्नेतले धनकुटामा आज भएको दौड प्रतियोगिताको उपाधि जितेका छन् । विश्व मुटु दिवसको अवसर पारेर पूर्व प्रहरी संस्थाले ‘धनकुटा रेड रेस’ आयोजना गरेको हो । धनकुटा नगरपालिका–९ स्थित रुद्रवारीबाट कोशी राजमार्ग हुँदै धनकुटा बजारसम्म दौड प्रतियोगिता गरिएको हो । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा कार्यरत बस्नेतले १ घण्टा १ मिनेट १९ सेकेण्डमा १५ किलोमि...
कविता : शिक्षा 

कविता : शिक्षा 

शिक्षा हो धनको श्रेष्ठ भविष्य बनाइदिने। शिक्षा हो चम्किलो ज्योति आँखा प्रष्ट खुलाउने।। शिक्षाले चरित्र साथै , राम्रा काम सिकाउँछ , नराम्रा कुलत फाली असल मान्छे बनाउँछ। शिक्षा हो भाग्यको रेखा लक्ष्यमा पुर्याइदिने शिक्षा हो डाक्टर पाइलट वैज्ञानिक बनाउने ।। शिक्षा आर्जनमा लागौँ सच्चा मान्छे हुने भए स्वदेश विदेशमा राम्रो नाम कमाउने भए।। शिक्षाले बासना दिन्छ, विश्वमै मगमगाउने । आफ...
२०७९ असोज १३ गते बिहीवारको राशिफल

२०७९ असोज १३ गते बिहीवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर २९ नेपाल सम्बत ११४२ कौलाथ्य चतुर्थी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष चतुर्थी तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, बिषकुन्भ योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६:५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप...
डा.शर्माले सुन्दरहरैंचा र कानेपोखरीमा गराएको शिविरबाट सात सय विरामीले पाए निःशुल्क उपचार

डा.शर्माले सुन्दरहरैंचा र कानेपोखरीमा गराएको शिविरबाट सात सय विरामीले पाए निःशुल्क उपचार

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बुधबार मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा स्वास्थ्य शिविर सञ्चालन गरेर विरामीहरुको निःशुल्क उपचार गराएका छन् । नोबेल अस्पतालका बिशेषज्ञ डाक्टरहरु लगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । कानेपोखरी गाउँपालिका–६ रमाइलोमा सञ्चालित शिविरमा ५३३ जना विरामीको निःशुल्क उपचार गरिएको छ । त्यहाँ १९८ जनाको इसीजी, २१३ जनाको रक्त पर...
रबिन्द्र मिश्र राप्रपा प्रवेश

रबिन्द्र मिश्र राप्रपा प्रवेश

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच मिश्र राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा ब्राह्मण बटुकहरुले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए । राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसह...
२०७९ असोज १२ गते बुधवारको राशिफल

२०७९ असोज १२ गते बुधवारको राशिफल

ई.सं. २०२२ सेप्टेम्बर २८ नेपाल सम्बत ११४२ कौलाथ्य तृतिया ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,असोज शुक्ल पक्ष तृतिया तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वैधृति योग, तैतिल करण । नेपालमा सूर्र्याेदय बिहान ५ः५४ बजे, सूर्यास्त साँझ ६:५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपन...
धनकुटाकी उषाले २१ हजारको मोबाइल किन्दा पाइन २ लाखको टिभी उपहार

धनकुटाकी उषाले २१ हजारको मोबाइल किन्दा पाइन २ लाखको टिभी उपहार

धनकुटा । धनकुटा नगरपालिका–६ बिच बजारकी उषा श्रेष्ठले मोबाइल किन्दा टिभी उपहार जितेकी छन् । धनकुटा नगरपालिका–७ चुवाको बोटस्थित सुनाखरी मोबाइल पसलबाट २१ हजारको मोबाइल सेट किन्दा ‘लक्की ड्र’ मार्फत श्रेष्ठले २ लाख मूल्य बराबरको टिभी उपहार जितेकी हुन् । उनले सामसुङ कम्पनीको एफ २२ मोडलको मोबाइल सेट खरिद गरेकी थिइन् । सामसुङको भाग्यशाली ग्राहक उपहार योजना अन्तर्गत श्रेष्ठले गोलाप्रथा मार्फत उपहार पाए...
error: Content is protected !!