- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

चितवन । चितवनमा मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री छन् ।

सोमबार साँझ करिब ७ः३० बजे खाना खाने क्रममा क्षेत्रीको घाँटीमा मासुको हड्डी अड्किएको थियो । उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेर पुरानो मेडिकल कलेज ल्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!