बुबाको कुटाइबाट दुई वर्षीया छोरीको मृत्यु, श्रीमती घाइते
ओखलढुंगा । ओखलढुंगामा बुबाको कुटाइबाट छोरीको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–३ अँधेरीका ३५ वर्षीय राजेन्द्र राईले दुई बर्षीया छोरी ऋतिकालाई कुटपिट गर्दा उनको मृत्यु भएको हो ।
गएराती मादक पदार्थ सेवन गरेका राई र उनकी श्रीमतीबीच विवाद भएको थियो । सोही क्रममा उनले श्रीमती २१ वर्षीया उषा राईलाई कुटपिट गरी घाइते बनाएका थिए । प्रहरीका अनुसार आक्रमण गर्न थालेपछि छोरी लिएर भाग्न खोजेकी श्रीमतीबाट...


























