संगालोखबर सम्वाददाता

रुपन्देही । रुपन्देहीमा आफ्नै घरभित्र श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ को पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् र श्रीमतीको शव फेला परेको हो ।

Advertisement

स्थानीय ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बोलिन्द्र कतारबाट छुट्टीमा आएका थिए ।

प्रहरीका अनुसार श्रीमतीको शव भुँइमा तन्नाले बेरिएको अवस्थामा र श्रीमानको शव पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको हो । श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!