- संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

विराटनगर । आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । साँझ ५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुका ५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ । ५ः२७ बजे ग्रहणको उन्मीलन हुनेछ भने साँझ ६ः३४ बजे ग्रहण सकिन्छ ।

Advertisement

नेपालबाट एक घण्टा २३ मिनेट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टा अघिदेखि नै सुतक लाग्ने धर्मशास्त्रविद् बताउँछन् । ग्रहणका बेला जप, स्नान, ध्यान,पाठ लगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यसअघि कात्तिक ८ गते मंगलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!