संगालोखबर सम्वाददाता

काठमाडौं । फेसबुकमा फेक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने एक जनालाई प्रहरीको साइबर ब्यूरो काठमाडौंले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ का १९ वर्षीय सुमीतकुमार थापा छन् ।

Advertisement

उनले नक्कली फेसबुक आइडी बनाई पीडित र अन्य अपरिचित महिलाको अश्लील तस्बिर र शब्द लेखेर पोष्ट गरेको पाइएको प्रहरीले जनाएको छ । फेक आइडीको म्यासेन्जरबाट थापाले पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुकमा म्यासेज पठाएर बदनाम गरी चरित्र हत्या गरेका हुन् ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!