- संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

काठमाडौं । निर्वाचन आयोगले देशभरका एक सय वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाउने निर्णय गरेको छ । आयोगले ती मतदान केन्द्रमा सांकेतिक भाषा सूची राखेर मतदान केन्द्रमा खटिने कर्मचारीलाई सांकेतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरणसमेत दिने जनाएको छ ।

त्यस्तै, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल सामग्री, रंगीचंगी डोरी तथा पोल, ¥याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपांगता भएका व्यक्तिका लागि टेवुल तथा कुर्सीको व्यवस्था गरिनेछ ।

Advertisement

अपांगता भएका व्यक्तिको अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुलाई आयोगलाई मतदान केन्द्रहरुलाई अपांगमैत्री बनाउन माग गरेका थिए । आयोगले यसपटक देशभर १० हजार ८९२ स्थानमा २२ हजार २२७ वटा मतदान केन्द्र तोकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!