- संगालोखबर सम्वाददाता
फायल तस्बीर

धनगढी । कैलालीको टीकापुर नगरपालिका–१ खड्गचोकमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ । आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको हो ।

टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरको बसमा यात्रु चढाउने क्रममा उनी ढोकाबाट खसेका थिए । ढोकाबाट खसेपछि पछाडीको चक्कामा च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!