- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

दाङ । दाङको घोराहीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका–१३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया श्रीमती निरुको हत्यापछि आफैले आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमतीले बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी थिइन् । शुक्रबार बिहान फेरि अस्पताल जानु पर्ने भएकाले उनीहरु घर फर्किएनन् ।

Advertisement

उनीहरू घोराही–१५ स्थित निरूकी फुपुको घरमा गएका थिए । बेलुका खाएपछि उनीहरू सुत्न गएका थिए । निरुले राति नवीनको हातखुट्टा मालिस गरिदिने भनेर तेल पनि लगेकी थिइन् ।

तर बिहान उनीहरू दुबै जना मृत फेला परेका हुन् । निरू एउटा कोठामा मृत फेला परेको र नवीन अर्को कोठामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । निरुको घाँटी थिचेर हत्या गरेपछि नवीनले अर्कै कोठामा गएर आत्महत्या गरेको खुलेको प्रहरीको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!