विराटनगर । आज सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।