विपद्जन्य अभ्यासका क्रममा सप्तकोसीमा बेपत्ता भए दुई गोताखोर
विराटनगर । सप्तकोसी नदीमा दुई गोताखोर बेपत्ता भएका छन् । विपद्जन्य घटनाको पूर्वअभ्यास गर्ने क्रममा आज दिउँसो सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सशस्त्र प्रहरीका जवान सुरज साउद र हरदेव राजवंशी छन् ।
सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपद्मा परेकाहरूलाई उद्धार गर्नका लागि उद्धार अभ्यास गराएको थियो ।
प्रहरीका अनुसार २४ मनसुनको समयमा हुन सक्ने विपद्ज...






























