यूएईलाई हराउँदै नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनोट

यूएईलाई हराउँदै नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनोट

विराटनगर । नेपाल यू-१९ महिला टी-२० क्रिकेटमा छनोट भएको छ । यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालकी सना प्रवीनले ३५, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १३, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् । यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यू...
ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा प्रमुख दलहरू उम्मेदवारको टुङ्गो लगाएर चुनावी अभियानमा होमिएका छन् । उम्मेदवारको टुङ्गो लागेसँगै दलहरूले मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी गतिविधिलाई तीव्रता दिएका हुन् । उनीहरूले घरदैलो अभियानसँगै चुनावी प्रचारप्रसार तिव्र पारेका छन् । ग्रामथानमा सबैभन्दा पहिला नेकपा माओवादी केन्द्रले उम्मेदव...
उद्योग सङ्गठन मोरङलाई एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड 

उद्योग सङ्गठन मोरङलाई एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड 

विराटनगर । उद्योग सङ्गठन मोरङले एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड प्राप्त गरेको छ । २७ वढी देशका ८१ वटा औद्योगिक र व्यापारिक चेम्बरलाई पछि पार्दै मोरङले अवार्ड जितेको हो । उद्योग सङ्गठन मोरङले क्यासी अवार्ड लोकल चेम्बर, विग क्याटेगोरी उत्कृष्ट चेम्बरको अवार्ड र दुई हजार डलर प्राप्त गर्न सफल भएको छ । कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज र सिङ्गापुर म्यानुफ्याक्चर...
पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा मोरङ र सुनसरीका चारजना पक्राउ

पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा मोरङ र सुनसरीका चारजना पक्राउ

विराटनगर । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरूलाई कपिलवस्तु जिल्लाको बुद्धभूमि गाउँपालिका-२ बाट पक्राउ गरिएको हो ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा प्र ०३-००१ ख १९९२ नम्बरको ट्रकलाई चेकजाँच गर्दा पशुलाई निर्दयी व्यवहार गरेको पाइएको थियो ।  पक्राउ पर्नेमा विराटनगर-३ मानगढका ३८ वर्षीय हेमु श्रेष्ठ, २७ वर्षीय रमेश श्रेष्ठ...
कोशीमा बन्यो दुई दलीय संयन्त्र, यस्ता छन् निर्णय

कोशीमा बन्यो दुई दलीय संयन्त्र, यस्ता छन् निर्णय

विराटनगर । कोशी प्रदेशमा दुई दलीय संयन्त्र निर्माण गरिएको छ । सत्तारुढ नेकपा एमाले र नेपाली काङ्ग्रेसको संयन्त्र निर्माण गरिएको हो । दुई दलीय संयन्त्रमा कोशीका संस्थापक मुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ । संयन्त्रमा एमालेका तर्फबाट प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र पार्टीका प्रदेश अध्यक्ष घनश्याम...
धरानबाट ३०७ किलो गाँजासहित पक्राउ परे कृषि फर्म सञ्चालक राई 

धरानबाट ३०७ किलो गाँजासहित पक्राउ परे कृषि फर्म सञ्चालक राई 

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ खैरेनीबाट गाँजासहित कृषि फर्मका सञ्चालक पक्राउ परेका छन् । सुप्रिम एग्रिकल्चर कृषि फर्मका सञ्चालक धरान-१३ का ४४ वर्षीय मनिराज राई ३०७ किलो गाँजासहित पक्राउ परेका हुन् ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कृषि फर्मबाट गएराति गाँजा बरामद गरेको हो ।  गाँजाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा ...
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

विराटनगर । आज सुनको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६२ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक लाख ६२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य बढेको छ । आज तोलामा १५ रुपैयाँ बढेर चाँदी तोलामा एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी त...
आठ किलो गाँजासहित दुई जना पक्राउ

आठ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । मोरङको विराटनगर र कटहरीबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । गाँजाको कारोबार भइरहेको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले कटहरी गाउँपालिका-१ का ४१ वर्षीय गोपालकुमार राजवंशीको घरबाट पाँच किलो गाँजा बरामद गरेको छ । घरको कोठाभित्र प्लाष्टिकमा पोको पारेर राखेको गाँजासहित राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ...
काँकडभिट्टा नाकाबाट पाँच अर्ब भन्दा बढीको प्लाइबोर्ड भारत निर्यात

काँकडभिट्टा नाकाबाट पाँच अर्ब भन्दा बढीको प्लाइबोर्ड भारत निर्यात

झापा । झापाको काँकडभिट्टा नाकाबाट ५ अर्ब भन्दा बढीको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको छ । २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म ५ अर्ब ९२ करोड ५ लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । पहाड क्षेत्रमा पाइने उत्तिस, कदम, मौवा लगायत कमसल मानिने ‘कु-काठ’ बाट भेनियर पत्ती र प्लाइबोर्ड बन्ने गरेको छ । गोलिया काठबाट भेनियर प...
२०८१ कार्तिक २८ गते बुधबार/आजको राशिफल

२०८१ कार्तिक २८ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ कार्तिक २८ गते बुधबार ई.सं.२०२४ नोभेम्बर १३ नेपाल सम्वत् ११४५ कछलाथ्व द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल द्वादशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, वज्र योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः२३ बजे, सूर्यास्त साँझ ०५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा र...
धनकुटाका कृषि वैज्ञानिक पौडेलको निधन

धनकुटाका कृषि वैज्ञानिक पौडेलको निधन

धनकुटा । धनकुटाको पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डा.कृष्ण पौडेलको निधन भएको छ । पाख्रीवास नगरपालिका-३ चेतनामार्ग घर भएका ४२ वर्षीय पौडेलको डेंगु संक्रमणबाट निधन भएको छिमेकी नगेन बस्नेतले जानकारी दिए । केही दिन अघिदेखि ज्वरो आएपछि उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्र...
समाज बदल्न एमालेको जित आवश्यक छ : शंकर पोखरेल

समाज बदल्न एमालेको जित आवश्यक छ : शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाज बदल्न एमालेको जित आवश्यक रहेको बताएका छन् । एमाले मोरङले ग्रामथान गाउँपालिकामा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले स्थानीय तहमा आधुनिक विकाससँगै प्रविधिको प्रयोग बढाउनु पर्ने बताए । उनले उपनिर्वाचन एमालेको मिसन ८४ का लागि ठुलो अवसर भएको उल्लेख गरे । यसका लागि पार्...
विराटनगर किङ्ग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

विराटनगर किङ्ग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किङ्ग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न भएको छ । कोशी प्रदेशका पाँच जिल्लामा हुने ट्यालेन्ट हन्ट इलाम पछि झापामा सम्पन्न भएको हो । झापाको बिर्तामोडको युनाइटेड क्लबमा एक सय बढी खेलाडीहरूबीच ट्यालेन्ट हन्ट आज सकिएको हो । टिमका क्रिकेट कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले झापाबाट पाँच जना खेलाडी छनोट गरेका छन् । छानिएका खेलाडीलाई विराटनगरमा ह...
पाथिभरामा डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने

पाथिभरामा डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने व्यवस्था मिलाइएको छ । ताप्लेजुङ स्थित लक्ष्मी सनराइज बैँकसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले भक्तजनका लागि डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने व्यवस्था मिलाएको हो । पाथीभरा क्षेत्र विकास समितिले लक्ष्मी सनराइज बैँकमा भेटी खाता सञ्चालन गरेको छ । अब खाताको ‘क्यूआर कोड’ मार्फत भक्तजन र दाताहरूले भेटी जम्मा गर्न सक...
छिन्ताङ हत्याकाण्डका सहिदहरूको स्मृति दिवस भोलि, सहिदभूमिमा स्थानीय बिदा

छिन्ताङ हत्याकाण्डका सहिदहरूको स्मृति दिवस भोलि, सहिदभूमिमा स्थानीय बिदा

धनकुटा । २०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डका सहिदहरूको स्मृति दिवसको अवसरमा सहिदभूमि गाउँपालिकाले भोलि बुधबार पालिका क्षेत्रमा स्थानीय बिदा दिएको छ । सहिदहरूको सम्मानमा हरेक वर्ष बिदा दिँदै आएको गाउँपालिकाले यो वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा गत कात्तिक १३ गते बसेको कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको थियो । गाउँपालिकाको तर्फबाट प्रमुख प्रश...
के हुन्छ पूर्वमन्त्री अधिकारीको सांसद पद ?

के हुन्छ पूर्वमन्त्री अधिकारीको सांसद पद ?

विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी अहिले चर्चाको शिखरमा छन् । जापान भ्रमण प्रकरणले चर्चित बनेका अधिकारी अहिले प्रहरी हिरासतमा छन् । लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका अधिकारीको सांसद पद के होला ? भन्ने धेरैको चासो छ । हिजो कोशी प्रदेश सभाले सांसद अधिकारी पक्राउ परेको सूचना टाँस गरिसकेको छ । तर उनको सांसद पद निलम्बन नभएको ...
दीपक मनाङे कारागार चलान

दीपक मनाङे कारागार चलान

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे कारागार चलान भएका छन् । आज पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले डिल्लीबजार कारागार चलान गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज काठमाडौंबाट पक्राउ गरेर अदालतको फैसला कार्यान्वयन अधिकारी समक्ष पेश गरेको थियो । अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन् । कात्तिक २० गते सर्वोच्च अदालतले गुरुङलाई ज्यान ...
पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

पर्यटकीय सम्भावना बोकेको लेगुवा झरना ओझेलमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ र ३ स्थित चोक्ताङमा रहेको लेगुवा झरना ओझेलमा परेको छ । भौतिक पूर्वाधार र प्रचारप्रसारको अभावले झरना ओझेलमा परेको हो । लेगुवा झरना नजिकै धोबीखोला र झाँक्री झरना पनि छन् । जसले यो स्थानको रौनकता बढाएको छ । तर पर्यटनको प्रचुर सम्भावना बोकेर पनि यो स्थान भौगोलिक विकटताका कारणले पछि परिरहेको छ । पछिल्लो समय फाट्टफुट्ट मानिसहरू झरनाको अवलोकनका लागि आउन थालेका...
साना दललाई पाखा लगाउन काँग्रेस-एमाले मिलेका हैनन् : महासचिव पोख्रेल 

साना दललाई पाखा लगाउन काँग्रेस-एमाले मिलेका हैनन् : महासचिव पोख्रेल 

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस एमाले मिलेर सरकार बनाउनुमा साना दललाई पाखा लगाउने नियत नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले साना दललाई पाखा लगाउने उद्देश्य नलिइएको स्पष्ट पारेका हुन् । तर, साना दलले म्याजिक नम्बर पायौँ भन्दै शासन गर्ने परम्परा अन्त्य गर्नुपर्ने उनले बताए । राजनीति मैदानमा होमिएका जुनसुकै दलले आफूलाई ब...
सुनसरीको बराहक्षेत्रमा एकादशी मेला शुरु, पाँच लाख तीर्थालु आउने अनुमान

सुनसरीको बराहक्षेत्रमा एकादशी मेला शुरु, पाँच लाख तीर्थालु आउने अनुमान

सुनसरी । सुनसरीको बराहक्षेत्रमा हरिबोधनी एकादशी मेला आजबाट सुरु भएको छ । ३० गतेसम्म लाग्ने मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट तीर्थयात्री आउने गर्दछन् । चार दिनसम्म लाग्ने मेलालाई लक्षित गरेर आवश्यक तयारी गरिसकिएको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । प्रत्येक वर्ष मेलामा उल्लेख्य भक्तजनहरूको सहभागिता हुने गरेको छ । बराहक्षेत्रलाई संसारको चारधामको रूपमा लिने भएकाले मेला ...
सांसद दीपक मनाङे पक्राउ

सांसद दीपक मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ परेका छन् । उनलाई आज सानो भर्‍याङबाट पक्राउ गरिएको हो । मनाङेलाई ज्यान मार्ने उद्योग मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो । उनलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा मनाङेलाई सजाय सुनाइएको थियो...
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

विराटनगर । आज सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६२ हजार छ सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक हजार घटेर सुन तोलामा एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ३० रुपैयाँ घटेर चाँदी एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा एक हजार नौ सय...
२०८१ कार्तिक २७ गते मङ्गलवार/आजको राशिफल 

२०८१ कार्तिक २७ गते मङ्गलवार/आजको राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै विश्वासघात गर्न सक्छन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति मिल्नेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गरेको कार्यमा वाधा आइपर्ला । ...
सहिदभूमिका युवा एक महिनादेखि बेपत्ता

सहिदभूमिका युवा एक महिनादेखि बेपत्ता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-२ छिन्ताङका युवा हरी कार्की एक महिना अघिदेखि बेपत्ता छन् । गुठिखेत घर भएका २७ वर्षीय कार्की गत असोज २७ गतेबाट परिवारसँग सम्पर्कविहीन भएका हुन् । परिवार स्रोतका अनुसार दशैं टीकाको दिनसम्म उनी घरमै थिए । टीकाको भोलिपल्टबाट उनी बेपत्ता भएको हरीका दाजु रुद्रबहादुरले जानकारी दिए । ‘टीकाको भोलिपल्टबाट भाइ सम्पर्कमा छैन, कहाँ छ, के भयो केही अत्तोपत्तो छैन,’ दाजु र...
महिला टी-२० क्रिकेटमा राजविराज विजयी  

महिला टी-२० क्रिकेटमा राजविराज विजयी  

विराटनगर । प्रथम नेपाल हव महिला टी-२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पाहुना टोली राजविराज विजयी भएको छ । आज विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमा राजविराजले घरेलु टोली विराटनगरलाई ८ विकेटले पराजित गरेको हो । ३ खेलको सिरिजमा विराटनगरले २ र राजविराजले १ मा जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन बनाएको थियो ।...
कोशीका सांसद अधिकारी पक्राउ बारे प्रदेश सभाले निकाल्यो सूचना

कोशीका सांसद अधिकारी पक्राउ बारे प्रदेश सभाले निकाल्यो सूचना

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ परेको बारे प्रदेशसभा सचिवालयले सूचना टाँस गरेको छ ।   आज कोशी प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सूचना जारी गरेका हुन् । सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख गरिएको छ । अधिकारीलाई पक्राउ थरी थप अनुसन्धानका ल...
गाउँमै डेरी खुलेपछि महालक्ष्मीका कृषक हर्षित

गाउँमै डेरी खुलेपछि महालक्ष्मीका कृषक हर्षित

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ स्थित मूलखर्कका कृषक दूध बेच्न घण्टौँ हिँड्नुपर्थ्यो । डेरी टाढा भएकाले हिँड्नु उनीहरूको बाध्यता थियो । स्थानीय सिताराम कटवालले डेरी सञ्चालनमा ल्याएपछि भने दुग्ध कृषकको बाध्यता हटेको छ । करिब तीन वर्ष अघि कटवालले एक सय ५० लिटर दूध सङ्कलन गर्न सक्ने गरी डेरी सञ्चालन गरेका थिए । अघिले दैनिक आठ सय लिटरभन्दा बढी दूध सङ्कलन गर्न थालेका छन् । उनले स्थानीय दुई ...
ग्रामथान उपनिर्वाचन : प्रमुख दलले टुङ्ग्याए उम्मेदवार

ग्रामथान उपनिर्वाचन : प्रमुख दलले टुङ्ग्याए उम्मेदवार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदको लागि हुने उपनिर्वाचनका लागि प्रमुख दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार टुङ्गो लगाएर प्रचारप्रसार तीव्र बनाएका छन् । नेपाली काङ्ग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाएको छ । पालिका कमिटीबाट ११ जनाको नाम सिफारिस भएकोमा काङ्ग्रेसले सरदारलाई उम्मेदवार बनाएको हो । माओवादी केन्द्रले पूर्ववडाध...
ब्राउन सुगरसहित पाँच जना पक्राउ

ब्राउन सुगरसहित पाँच जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । हिजो साँझ अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर-१७ मटेहर्वाबाट विराटनगर-११ का ३७ वर्षीय राजेन्द्र पोखरेल र विराटनगर-१० का ४२ वर्षीय कुशल थापालाई ५९० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको हो ।  आज सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुन तोलामा एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ५ रुपैयाँ घटेर चाँदी एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ए...
धरान आउँदै प्रधानमन्त्री ओली

धरान आउँदै प्रधानमन्त्री ओली

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओली आज धरान आउँदैछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली धरान आउन लागेका हुन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली बिहान १० बजे विराटनगर विमानस्थल हुँदै धरान आउने सुनसरीका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यू बिहान १० बजे विराटनगर एयरपोर्ट हुँदै धरान आउँदै ...
error: Content is protected !!