तराईमा उखरमाउलो गर्मी, तापक्रम ४० डिग्री नजिक
विराटनगर । देशका तराई भूभागमा गर्मीको प्रभाव झन् बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार जारी गरेको मौसम पूर्वानुमान अनुसार तराईका अधिकांश जिल्लामा अत्यधिक गर्मीका कारण ‘तातो दिन’ को अवस्था रहनेछ भने पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।
विभागका अनुसार आज देशकै उच्च तापक्रम भैरहवामा मापन हुने अनुमान गरिएको छ । भैरहवाको अधिकतम तापक्रम ३८ देखि ४० ...






























