संगालोखबर


विराटनगर । कोशी प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा सुझाव संकलन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोग तथा संगालो खबर मिडिया प्रालिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सुझाव संकलन गरिएको हो ।

पत्रकारितामा आबद्ध महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा वर्ग लगायतसँग विराटनगरमा गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न समूह बनाएर सुझाव संकलन गरिएको हो ।

Advertisement

कार्यक्रममा पत्रकार अनुज सापकोटाले पत्रकारहरूको सुरक्षाका निम्ति प्रदेश सरकारले काम गर्नुपर्ने लगायतका सुझाव दिए । ‘पछिल्लो समय पत्रकारहरूले दिनहुँ धम्की खानुपर्ने अवस्था छ’, उनले भने, ‘यसको निराकरणका लागि प्रदेश सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्छ भन्ने मेरो सुझाव छ ।’

यस्तै उनले पत्रकार र पत्रिकासँग सम्बन्धित संस्थालाई प्रदेश सरकारले समान रूपमा हेर्नुपर्ने बताए । यस्तै ब्रम्हदेव मेहताले मूलधारका मिडियामा पिछडा वर्गको उपस्थिति न्यून रहेको भन्दै यसतर्फ पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

‘विशेष गरी नेतृत्वदायी तह, सम्पादक वा व्यवस्थापकीय तहमा पिछडा वर्गको उपस्थिति न्यून छ’, उनले भने, ‘थोरै पारिश्रमिकमा काम गर्नुपर्दा पत्रकारहरूलाई थप समस्या छ । समयमै तलब नपाउने समस्याले पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको छ ।’

पत्रकार बाबुराम भण्डारीले पत्रिका, रेडियो र अनलाइनमा विज्ञापन अभाव भएको बताए । उनले विज्ञापन अभावका कारण सञ्चारमाध्यम बन्द हुँदा त्यसमा कार्यरत पत्रकार र कर्मचारी बेरोजगार हुने अवस्था सिर्जना भएको उल्लेख गरे ।

प्त्रकार एन्जु सिवाकोटीले विशेषगरि महिला पत्रकारहरू असुरक्षित रहेको बताइन् । यस विषयमा खासै चासोका साथ नहेरिने गरेको भन्दै उनले यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताइन् ।

यस्तै पत्रकार नवीन कर्णले प्रदेश सरकारले अन्य भाषाका सञ्चारमाध्यमलाई पनि प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उनले मैथिली, थारू लगायतका भाषाहरूको कार्यक्रम गर्न समेत प्रदेश सरकारलाई सुझाव दिए ।

कार्यक्रममा संकलन भएका सुझाव प्रदेश सरकारलाई बुझाउने आयोजक संस्थाका अध्यक्ष रविन कटेलले बताए । यसले सञ्चारमाध्यमका लागि प्रदेश सरकारले बनाउने आगामी नीति निर्माण र बजेट निर्माणमा भूमिका खेल्ने उनले बताए ।

दुई दिनसम्म सञ्चालन भएको अन्तरक्रिया कार्यक्रमको सहजिकरण अग्रज पत्रकार यज्ञ शर्माले गरेका थिए । कार्यक्रममा ५० बढी सक्रिय पत्रकारहरू सहभागि थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!